१९ आश्विन २०८१ शनिबार
image/svg+xml

बाह्य क्षेत्रको स्थायित्वलाई उपयोग गर्नुपर्छः ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले अर्थतन्त्रको आन्तरिक क्षेत्र सुधारका लागि बाह्य क्षेत्रको स्थायित्वलाई उपयोग गर्नुपर्ने बताएका छन।

कहाँ चुक्यौँ त हामी?

युवा पलायन रोक्ने, पानीलाई उत्पादनसँग जोडेर बढी भन्दा बढी समय नेपालमा अल्मल्याउने र पर्याप्तरूपमा गुणस्तरीय पूर्वाधार विकास नगर्ने हो भने देश विकासको कल्पना गर्न सकिँदैन।

के भारतीय आर्थिक मोडेल नेपाललाई अनुकरणीय छ?

भारतीय आर्थिक तथा मौद्रिक नीतिको प्रभाव नभनिकनै नलेखिकनै पनि हाम्रो अर्थतन्त्रमा पर्ने गरेको छ भन्ने कुरा हाम्रा शासक र तिनका नीति निर्माताले व्यवहारमा लागु गरेका कुराबाटै प्रष्ट हुन्छ। हामीले हाम्रै यथार्थ धरातलमा फर्किएर हाम्रो विकास रणनीति तर्जुमा गर्न जरुरी छ। विकासका नाममा भारतीय मोडेलको पक्षपोषण गर्न छौडौँ।

अर्थतन्त्रमा समस्या त छ,तर चिन्ताजनक अवस्था छैन :प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहालले ‘अहिले मुलुकको अर्थतन्त्र समस्यामा भए पनि सुधारका प्रयास चालिरहेकाले चिन्ताजनक अवस्थामा नरहेको बताएका छन्।

आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित

मुलुकको अर्थतन्त्रमा देखिएको समस्याका कारण चालु आर्थिक वर्ष मुलुकको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा सीमित हुने अनुमान गरिएको छ।

असललाई प्रोत्साहन र गलत गर्नेलाई कारबाही गरौं: सहकारी अभियन्ता

मुलुकका सहकारी अभियन्ताले अर्थतन्त्रको महत्त्वपूर्ण खम्बाका रूपमा रहेको तथा स्थापनाको मूल्यमान्यतामा सञ्चालन भइरहेका सहकारी संस्थालाई शंकाको दृष्टिले नर्हेन सुझाव दिएका छन्।

चौबाटोमा भारत

प्रधानमन्त्री मोदी र उनका सल्लाहकार व्यक्तिगतरूपमा भ्रष्ट छैनन् र विभिन्न काण्डका बाबजुद उनीहरूको भारतीय जनता पार्टीले सन् २०२४ को आमचुनाव जित्ने देखिन्छ।

अर्थतन्त्रको वास्तविक आकार

सारांशमा भन्नुपर्दा महामारीपछि अन्य मुलुकले जस्तो फाइदा उठाउन सके त्यस्तो फाइदा लिन हामी असफल भएका छौँ। यस्तोमा केन्द्रीय तथ्यांक विभागले अनुमान गरेजस्तै यो वर्ष साढे ५ प्रतिशतको आर्थिक वृद्धि हुन्छ भन्नेमा ढुक्क हुने अवस्था छैन।

अर्थतन्त्रको असजिलो

कोरोना कालको दुई वर्ष पुग्दा/नपुग्दै अर्थतन्त्रका सूचकले त्यति राम्रो संकेत गरेका छैनन्। सरकारले सुधारका उपाय अपनाउन नसके आगामी दिनमा असजिलो पर्ने संकेत परिसूचकहरूले दिएका छन्।

अर्थतन्त्रको अमूर्त चित्र

अर्थमन्त्री शर्माले प्रतिस्थापन विधेयक ल्याएर चालु बजेटलाई परिमार्जन गर्ने घोषणा गरेका छन्। यो उनलाई संविधानले दिएको अधिकार हो। शर्माले सत्ता सहयात्री दलबीचको साझा न्यूनतम कार्यक्रम, नीति र प्राथमिकता, कोभिड-१९ सिर्जित चुनौतीसमेतको सम्बोधन हुने गरी छिट्टै विधेयक प्रस्तुत गर्ने बताएकाले राहतको आशा अझै मरेको छैन।

राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले उत्प्रेरणा देओस् : राष्ट्रपति

राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले परिकल्पना गरेको समाजवादोन्मुख राष्ट्रिय अर्थतन्त्रको स्थापनाका लागि गणतन्त्र दिवसले सबैलाई थप उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेकी छन्।

काठमाडौं अर्थतन्त्रको पनि राजधानी

अर्थतन्त्रमा एउटै क्षेत्र हाबी हुँदा यसले कुनै पनि बेला चुनौती सिर्जना गर्न सक्छ। अर्थतन्त्रको हिस्सामा यस्तै अवस्था रहे काठमाडौं उपत्यकामा केही गरी लामो समयसम्म समस्या आए यसले मुलुककै अर्थतन्त्रलाई जटिल समस्यामा पार्नेछ।

२०७५/७६ मा अर्थतन्त्रको आकार ३४ खर्ब ६४ अर्ब

गएको आवमा नेपालको कुल गार्हस्थ्य उत्पादन(जीडीपी) ३० खर्ब ३१ अर्ब पुगेको छ । गत वर्ष तथ्यांक सार्वजनिक गर्दा विभागले ३० खर्ब सात अर्ब रुपैयाँ रहेको तथ्यांक सार्वजनिक गरेको थियो।

बिचौलिया अर्थतन्त्रको समाजशास्त्र

मेरो टोलको तरकारी पसलमा यतिखेर चालीस रुपियाँमा एक किलो गोलभेँडा र तीस रुपियाँमा एक किलो बन्दा किन्न पाइन्छ। तरकारी छ्यालब्याल उत्पादन हुने यो मौसममा सस्तिएको समयमै पनि यति मूल्य तिर्नुपर्दा मेरो मुटु चसक्क हुन्छ। ठीक यसै समयमा राष्ट्रिय सडक सञ्जालको केन्द्र भागमा पर्ने चितवनमा किसानको बारीबाट प्रतिकिलो दुई रुपियाँमा तरकारी उठ्न सकिरहेको छैन।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्