८ आश्विन २०८१ मंगलबार
image/svg+xml

कांग्रेस सभापतिको मतगणना जारी, देउवाको अग्रता कायमै

बिहान दुई हजार ६७६ मत गणना हुँदा सभापति देउवाले १२६५, सभापतिका अरु उम्मेदवारहरु क्रमशः डा.शेखर कोइरालाले ९८३, प्रकाशमान सिंहले २०३, विमलेन्द्र निधिले १६० र कल्याण गुरूङले १४ मत प्राप्त गरेकाे समितिले जनाएको छ।

कांग्रेस सभापतिको मतगणना जारी,बढ्यो मतान्तर

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सोमबार भएको निर्वाचनको मतपरिणामअनुसार सभापति पदमा प्रधानमन्त्री एवं पार्टीका वर्तमान सभापति शेरबहादुर देउवाले अग्रता लिएका छन्।

को बन्लान् कांग्रेस महामन्त्री

नेपाली कांग्रेसको नयाँ नेतृत्वका लागि सोमबार राति सम्पन्न निर्वाचनमा दुई महामन्त्री पदमा पाँच नेताबीच तीव्र प्रतिस्पर्धा हुने देखिएको छ।

कांग्रेस सभापतिमा देउवाको सम्भावना

दोस्रो कार्यकालका लागि प्रतिस्पर्धामा उत्रिएका देउवाका लागि उनका समकक्षी नेता रामचन्द्र पौडेल नेतृत्वको प्रतिस्पर्धाबाट बाहिरिँदा सभापतिमा पुग्न सहज हुने देखिएको छ।

महाधिवेशनबाट नयाँ यात्रा थाल्नुछ: गगन थापा

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिएका युवा नेता गगन थापाले निर्वाचन चलिरहँदा आफूलाई मतदान गर्न आग्रह गरेका छन्।

कांग्रेस महाधिवेशनः १६ सय मत खस्यो

मध्यान्ह १२ बजेदेखि सुरु भएको मतदानमा दिउँसो ३ः३० बजेसम्म १६ सय मत खसेको निर्वाचन समितिका सदस्य सचिव जगनाथ श्रेष्ठले जानकारी दिए। १३२ पदका लागि ४८७ उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।

कांग्रेस महाधिवेशन: पदाधिकारी र सदस्यका लागि मतदान अझै सुरु भएन

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा केन्द्रीय पदाधिकारी र सदस्य निर्वाचनका लागि मतदान अझै सुरु हुन सकेको छैन। मतदान

नेतृत्व पुस्तान्तरण गर्छु

नेपाली कांग्रेसमा महाधिवेशन भएकै नेतृत्व परिवर्तनका लागि हो। महाधिवशेनमार्फत शेरबहादुरको ठाउँमा अरू कोही नेतृत्वमा आइदिए हुन्थ्यो भन्ने चाहेका छन्। त्यस हिसाबले हेर्ने हो भने राम्रो माहोल बनेको छ।

पार्टीलाई विधानमा चलाउँछुः शेखर कोइराला, सभापतिको उम्मेदवार

नेपाली कांगे्रसका ऊर्जावान, गतिशील कार्यकर्ताले परिवर्तन खोजिरहेका छन् ।

विगतमा नेतृत्व प्रतिस्पर्धामा कसले कति मत पाए

पाँचौं महाधिवेशनबाट नेतृत्वका लागि नेताहरू प्रतिस्पर्धामा उत्रिन थालेका हुन्। आठौं महाधिवेशनमा भने कृष्णप्रसाद भट्टराई सर्वसहमतिबाट नेतृत्वमा चयन भए।

कांग्रेस १४औँ महाधिवेशनः केन्द्रीय पदाधिकारी र सदस्यका लागि मतदान हुँदै

भृकुटीमण्डपको प्राङ्गणमा प्रदेश नं २ र गण्डकी प्रदेशका मतदाताका लागि मतदान गर्ने व्यवस्था गरिएको छ। भृकुटीमण्डपको हलमा भने प्रदेश नं १,वाग्मती र सुदूरपश्चिम प्रदेशका महाधिवेशन प्रतिनिधिका लागि मतदान गर्ने व्यवस्था मिलाइएको उनले बताए।

रामचन्द्रको राजनीति

उनको चित्त त्यतिबेला मात्र दुखेको हो, जतिबेला आफ्नै समूहले पनि उनको कुरा सुनेन। आफ्नै समूहबाट दुईजना उम्मेदवार प्रकाशमान सिंह र शेखर कोइराला सभापतिको उम्मेदवार भएपछि पौडेल प्रतिस्पर्धाको मैदानबाट बाहिरिएका छन्।

राजनीतिक सन्न्यासी रामचन्द्र

आफू लडेको लोकतन्त्रका लागि र अरू लडेको सत्ताका लागि देख्ने दृष्टिदोषबाट मुक्त हुन नसक्नु नै उनको कमजोरी रह्यो।

कांग्रेस नेतृत्व चयनमा युवा प्रतिनिधि निर्णायकः पहिलो चरणमै जित्ने देउवा रणनीति, अन्यको दाउ दोस्रो चरणमा

सभापतिको प्रतिस्पर्धामा शेरबहादुर देउवा, शेखर कोइराला, विमलेन्द्र निधि, प्रकाशमान सिंह र कल्याण गुरुङ छन्। वर्तमान सभापतिसमेत रहेका देउवा सोमबार हुने निर्वाचनबाटै परिणाम आफ्नो पक्षमा पार्ने रणनीतिमा छन्।

‘तीनै तहको निर्वाचनमा कांग्रेसलाई बहुमतमा पुर्‍याउँछु’

१४औं महाधिवेशनमा पनि सभापति पदका लागि उम्मेदवारी दिएका देउवाले आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा आफू निर्वाचित भए कांग्रेस नेतृत्वको वर्तमान सरकार टिकिरहने र पार्टीले पनि आगामी निर्वाचनमा बहुमत हासिल गर्ने दाबी गरेका हुन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्