coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

महाधिवेशनबाट नयाँ यात्रा थाल्नुछ: गगन थापा

नेपाली कांग्रेसको १४औँ महाधिवेशनमा महामन्त्रीको उम्मेदवारी दिएका युवा नेता गगन थापाले निर्वाचन चलिरहँदा आफूलाई मतदान गर्न आग्रह गरेका छन्। सोमबार एक अपिल जारि गर्दै थापाले आफ्नो प्यानललाई सहयोग गर्न आग्रह गरेका हुन्।  

नेपाली कांग्रेसलाई कस्तो बनाउने र कस्तो नेतृत्व छनोट गर्ने भन्ने दूरगामी महत्वको क्षणमा रहेको बताउँदै थापाले भने, 'हाम्रो पार्टीको गौरवशाली विगतबाट प्रेरणा लिंदै भावी पुस्ताले भरोसा गर्ने आधुनिक एवं गतिशील कांग्रेस बनाउन हामीले यो महाधिवेशनबाट नयाँ यात्रा थाल्नुछ।'

गगन थापाको अपिलः

आदरणीय महाधिवेशन प्रतिनिधि साथीहरू, नेपाली कांग्रेसलाई कस्तो बनाउने र कस्तो नेतृत्व छनोट गर्ने भन्ने दूरगामी महत्वको क्षणमा हामी छौं । हाम्रो पार्टीको गौरवशाली विगतबाट प्रेरणा लिंदै भावी पुस्ताले भरोसा गर्ने आधुनिक एवं गतिशील कांग्रेस बनाउन हामीले यो महाधिवेशनबाट नयाँ यात्रा थाल्नुछ । यसका लागि पार्टीको विचार, कार्यक्रम र नेतृत्वमा नयाँपन चाहिएको छ। ‘समुन्नत नेपालस् सम्मानित नेपाली’  बनाउने हाम्रो संकल्प पुरा गर्न पार्टी पुनर्जनागरण र रुपान्तरणको अभियानमा हामीलाई साथ सहयोग र विवेकपूर्ण निर्णय गर्न हार्दिक अपील गर्दछु।

प्रकाशित: २७ मंसिर २०७८ १०:५८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App