१२ पुस २०८२ शनिबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीले तानाशाही शैली अपनाए: सांसद श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद एवं पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले प्रधानमन्त्रीले तानाशाही शैली अपनाएको आरोप लगाएकी छन्।

सरकारले नयाँ पुस्तामाथि आक्रमण गरिरहेको र प्रधानमन्त्रीको विश्वसनीयता घट्दै गएको उनको दाबी छ। नागरिकन्युजको ‘फ्रन्टलाइन’ कार्यक्रममा बोल्दै उनले यस्तो धारणा व्यक्त गरिन्।

सांसद श्रेष्ठले प्रधानमन्त्रीले युवा सङ्घलाई आक्रमण गर्न आदेश दिएको, कुलमान घिसिङलाई हटाइएको र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहको सिफारिसमा प्रमुख प्रशासकीय अधिकृत नफेरिएको जस्ता घटनालाई तानाशाहीको उदाहरणका रूपमा प्रस्तुत गरिन्।

“प्रधानमन्त्रीले कानुनप्रति होइन, व्यक्तिप्रति उत्तरदायी हुनुपर्ने भाष्य स्थापित गर्नुभयो,” उनले भनिन्, “यो विधिको शासन होइन, तानाशाही हो।”

उनले बिचौलिया र चाकडीबाज नेतातन्त्रले देश बिगारेको उल्लेख गर्दै यस्तो प्रवृत्तिलाई विस्थापित गर्नुपर्ने बताइन्।

“हामी देशको झोले बन्ने हो, कुनै पार्टीको होइन,” उनले जोड दिइन्। सरकारको कार्यशैलीले स्वतन्त्रता र विधिको शासनमाथि प्रश्न उठेको उनको भनाइ छ।

प्रकाशित: ३ वैशाख २०८२ २०:२० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App