७ आश्विन २०८१ सोमबार
image/svg+xml

कोरोना भाइरस नियन्त्रणमा उच्च सतर्कता अपनाउन सरकारको निर्देशन

चीनमा फैलिएको कोरोना भाइरसको प्रभाव नेपालमा पर्न नदिन सरकारले उच्च सतर्कता अपनाउन निर्देशन दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सरोकारवाला निकायलाई १२ बुँदे निर्देशन दिएको हो।

११ प्रतिशतले खर्चमा कमी

सरकारले चालु आर्थिक वर्षलाई आर्थिक समृद्धि र विकास निर्माणको रूपमा व्याख्या गरे पनि भौतिक पूर्वाधारको महत्वपूर्ण हिस्सा ओगटेको सडक विभागको प्रगति भने घटेको छ।

सरकारले मानवअधिकार आयोगका अधिकारहरु हनन गर्न हुदैन : नेता खाँड

सांसद बालकृष्ण खाँडले मानवअधिकार आयोगका अधिकारहरु सरकारले संकुचन गर्न नहुने बताएका छन्।

सरकारमा सहभागितालाई लिएर राजपामा विवाद

राष्ट्रिय जनता पार्टी नेपालभित्र सरकारमा जाने विषयलाई लिएर गम्भीर मेतभेद उत्पन्न भएको छ। पार्टीभित्र आन्तरिक छलफल र निर्णय नै नगरी पार्टी सरकारमा जानखोजेको भन्दै नेताहरूले असन्तुष्टि जनाएका छन्।

उखु किसानको रकम बिचौलियाले हातमा

सरकार, उखु किसान र चिनी उद्योगीबीच माघ ७ भित्रै उखुको सम्पूर्ण भुक्तानी चुक्ता गर्ने सम्झौता हुँदा किसान निकै खुसी भएका थिए।

तीन चिनी उद्योगीको खाता रोक्का

सरकारले उधारो उखुको बाँकी रकम किसानलाई भुक्तानी नगर्ने चिनी उद्योगीको आर्थिक कारोबार रोक्का गर्न प्रक्रिया अघि बढाएको छ।

बसुन्धरास्थित ११ रोपनी व्यक्तिको कब्जामा

काठमाडौंको बसुन्धरास्थित ११ रोपनी सरकारी जग्गा व्यक्तिले कब्जा गरेर उपभोग गरिरहेको पाइएको छ। बसुन्धराको इसान बाल तथा महिला अस्पतालसँगै रहेको ११ रोपनी सरकारी जग्गा व्यक्तिले हडपेर टहरा बनाई भाडा खाइरहेको टोखा नगरपालिकाका कर्मचारीले नागरिकलाई बताए।

सरकारको ध्यान ठूला विद्युत आयोजनामा

सरकारले अब ठूला क्षमताका जलविद्युत आयोजना निर्माणलाई प्राथमिकता दिने भएको छ। १० वर्षमा १५ हजार विद्युत उत्पादन गर्ने लक्ष्य पूरा गर्न ठूला आयोजनालाई जोड दिइएको हो।

उच्च शिक्षामा छात्रवृत्ति पाउन ६ कक्षादेखि सरकारीमा पढ्नुपर्ने

प्रतिनिधि सभाको विधेयक समितिबाट हालै पास भएको शिक्षा सम्बन्धि ऐन संशोधन गर्न बनेको विधेयकले उच्च शिक्षामा छात्रवृत्ति पाउन अब ६ देखि १० कक्षासम्म सरकारी विद्यालयमा अध्ययन गरेको हुनुपर्ने बाध्यकारी व्यवस्था गरेको छ।

कांग्रेस नेता भन्छन् : सरकार नाता र दातामा लाग्यो

नेपाली कांग्रेसका युवा नेता एवं पूर्व सांसद रामहरी खतिवडाले वर्तमान सरकार नाता र दातामा लागेको बताएका छन्। सोमबार प्रेस युनियन गोरखा शाखाले आयोजना गरेको पत्रकार भेटघाटमा उनले भने ‘बालुवाटार बाट सिंहदरबार जान नसक्ने प्रधानमन्त्री छन्, उहाँको वरपर बस्नेहरुले देश चलाएका छन्, सरकार भष्ट्राचारमा चुर्लुम्म डुबेको छ।’

सदरमुकाममा प्रदेश सरकार मातहतका कार्यालय खोल्न दोलखा कांग्रेसको माग

नेपाली कांग्रेस दोलखाले सबै जिल्ला सदरमुकामहरुमा प्रदेश सरकार र प्रादेशिक मन्त्रालय मातहतका सरकारी कार्यालय खोल्न बागमती प्रदेश सरकारसँग माग गरेको छ।

डडेल्धुरामा हराउदै गैरसरकारी संस्था

कुनै समय एनजिओ आईएनजियोको जिल्ला भनेर चिनिने डडेल्धुरामा अहिले गैरसरकारी संघसंस्था हराउदै जान थालेका छन्। जिल्ला प्रशासन र गैरसरकारी संस्था महासंघमा दर्ता भएका संघ संस्थाहरु नविकरण नै हुन छाडेपछि हराउदै गएको संकेत मिलेको हो।

बहुमतले सरकारमा उन्माद चढ्यो : प्रदिप पौडेल

नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदिप पौडेलले पछिल्लो समयमा नेकपमा सरकारलाई बहुमतको उन्माद चढेकाले संविधान विपरितका काम गरेर संवैधानिक व्यवस्थालाई कुल्चिन लागेको बताए।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्