६ आश्विन २०८१ आइतबार
image/svg+xml

चीनबाट नेपाली फर्काउन सरकारको तयारी

प्राणघातक कोरोना भाइरसको महामारी फैलिएसँग विश्व स्वास्थ्य संगठनले विश्वव्यापी संकटकाल घोषाणा गरेको छ । छिमेकी मुलुक चीनमा करिब तीन सयजनाले ज्यान गुमाइसकेको र १२ हजार हाराहारीमा संक्रमित भएको तथ्यांक सार्वजनिक भएपछि नेपाल सरकारले कोरोना भाइरसको सम्भावित जोखिम रोक्न प्रयास थालेको हो । कोरोनाको महामारी फैलिएको चीनको हुबेमा रहेका नेपालीलाई घर फर्काउन नेपाल सरकारले तयारी थालेको हो ।

सरकार र पार्टी नेतृत्वको कडा आलोचना

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी केन्द्रीय समिति बैठकमा बोल्ने केन्द्रीय सदस्यहरुले जनताबाट सरकार टाढा हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् ।

गैरकानुनी क्रसरसामु सरकार निरीह

प्रदेश दुईका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले सम्बन्धित पक्ष गैरजिम्मेवार हुँदा क्रसर उद्योगले प्राकृतिक स्रोतको दोहन गरेको बताए।

नेकपा नेतृत्वको सरकार पूण रुपमा असफल : राप्रपा

राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको बताएको छ। पार्टीको केन्द्रीय कार्यसमिति बैठकमा अध्यक्ष कमल थापाले प्रस्तुत गरेको राजनीतिक कार्यपत्रमा नेकपा नेतृत्वको सरकार पूर्ण रुपमा असफल भएको ठहर गरेको हो।

नेपाली चियाको ट्रेडमार्कलाई मान्यता दिँदै भारत

सरकारले पहिलोपटक अन्तर्राष्ट्रिय बजारमा चिया प्रवद्र्धनको लागि सुरु गरेको ट्रेडमार्क (लोगो)‘नेपाल टी क्वालिटी फ्रमहिमालय’ दर्ता प्रक्रिया अन्तर्गत भारत सरकारले अदालती सुनुवाइ पश्चात जर्नलमा नो अब्जेक्सनको लागि सूचना निकालेको छ।

'सरकार कब्जाको बाटोमा गयाे'

नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले चिनियाँ कम्युनिस्ट पार्टीबाट प्रशिक्षण लिएको वर्तमान सरकार दुईतिहाइको दम्भ देखाएर एकतन्त्रीय बन्दै गइरहेको आरोप लगाएका छन्।

तत्काल सरकारमा जाने सम्भावना छैन : संयोजक यादव

राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका अध्यक्ष मण्डलका संयोजक तथा सांसद महेन्द्रराय यादवले तत्काल आफ्नो सरकारमा जाने कुनै सम्भावना नरहेको प्रस्ट पारेका छन्। रिपोटर्स क्लबमा बोल्दै (राजपा) सरकारमा जाने चर्चा चरिरहेको सन्दर्भमा अध्यक्ष मण्डलका संयोजक यादवले सरकारमा जानेबारे पार्टिभित्र कुनै छलफल नभएको र तत्काल सरकारमा जाने सम्भावन नरहेको बताए।

एमसीसीबारे सञ्चारमन्त्रीले भने : आफू पनि केही गर्न नसक्ने, सहयोगमा पनि शंका गर्ने ?

सरकारका प्रवक्ता गोकुल बास्कोटाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयनमा आइसकेको बताएका छन्।

पोखरी मासेर स्थानीय सरकारको भवन !

प्रदेश र केही स्थानीय सरकारहरुले समेत एक गाँउ एक पोखरीको अवधारणा अनुरुप कृतीम पोखरी निर्माण गरीरहेका बेला रुपन्देहीको तिलोत्तमा नगरपालिकाले भएको पोखरी मासेर भौतिक संरचना बनाउँदै छ। सार्वजनिक तालतलैया तथा पोखरी संरक्षणको दायित्व स्थानीय सरकारको हो। तर तिलोत्तमाले नमुना काम देखाउने लहडमा वडा नं ११ को सार्वजनिक पोखरी माथि पिल्लर उठाएर वडा कार्यालय बनाउन लागेको हो।

सडक निर्माणमा संघ गुहार्दै प्रदेश

विकास निर्माणमा केन्द्रले सहयोग नगरेको आरोप लगाउँदै आएका प्रदेश सरकारको कार्य क्षमता सोचे अनुरुप देखिएको छैन।

सरकारी मूल्य नै पाउँदैनन् उखु किसान

सरकारले चालू सिजनका लागि उखुको मूल्य पाँच सय ३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको छ। तर, सरकारले निर्धारण गरेको मूल्य यहाँका उखु किसानले पाउन सकेका छैनन्।

चीनमा रहेका विद्यार्थीको आरोप : स्वदेश फर्काउने विषयमा सरकार मौन बस्यो

चीनको हुवे प्रान्तको उहान तथा आसपासबाट हाल महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसबाट जोखिममा परेको क्षेत्रमा रहेका नेपाली विद्यार्थीहरुले आफूलाई फर्काउन सरकार माैन बसेकाे आरोप लगाएका छन्।

सरकारविरुद्ध आवाज उठाउनुको कुनै अर्थ : प्रधानमन्त्री

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले डरलाग्दो ढंगले सरकारविरुद्धको प्रचार आक्रमण अघि बढेको गुनासो गरेका छन्। बुधबार काठमाडौमा नेपाल कम्युनिष्ट पार्टी नेकपाको केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन्।

सरकारले गलत मनसायले कानुन ल्याउन खोजेको छ : कांग्रेस नेता पौडेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारले हरेक कानूनहरु गलत मनसायका साथ ल्याएको बताएका छन्।

भावनामा बगेर सरकारको विरोध नगरौं : मन्त्री भट्टराई

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले भावनामा बगेर सरकारले गरेका कामको विरोध नगर्न आग्रह गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्