१४ मंसिर २०८१ शुक्रबार
image/svg+xml

परिवर्तन

मेरो बिहेमा आउनुभएका मामामाइजू जुवाइँ ‘क्षेत्री’ भन्ने थाहा पाएर घरतिरै फर्केको कुरा आफन्तले सुनाउँदा मन खिन्न भयो। एउटी आमा, एउटा मामा। आमापछिको मामा भन्छन्। त्यसमा पनि मलाई त सानैदेखि मावलीले हुर्काएको। मामा र हजुरआमाको धेरै माया लाग्थ्यो।

छुटेको रहर

‘अनि ––!’सरिताले उत्सुकता पोखी। ‘अनि––!’ रमा बोल्दै गई। एकडेढ महिनामा पाखा नसरेपछि मात्र थाहा हुन्थ्यो, बुढाले रातिराति गिजोल्दा रहेछन्। के गर्छेस्, आफ्नो चरित्रमा आफैं शंका गर्न नमिल्ने –– ! भयो कुरा नगर्। चरमोत्कर्ष त छुटेको रहर मात्रै भो!

बिजुलीको

त्यस्तो अवस्थामा एउटी बच्चीलाई देख्दा मन थाम्न सकेनन्। घरमा आए पनि धेरैबेरसम्म उनको मन बिजुलीतिरै कुदिरह्यो। सधैं हँसिलो देखिने आफ्ना श्रीमान् बादलको अनुहार खिन्न देखेर ज्योतिले हजुर आज अलिक खिन्न जस्तो लाग्छ किन होला भन्दै चिया टेबलमा राखिन।

जनैपूर्णिमा

उनी हजार भोल्टको बिजुली लागेजस्तो गरेर झस्के। उभिन नसकेर थुचुक्क बसे। चुच्चे नाकको टुप्पामा चोर औंला टेकाए र केही सोचेजस्तो मुद्रा बनाए।

औंठी

उमेर हद सकिनेबेला हुन लाग्दा मैले नाम निकाल्नसकें अनि स्थायी जागिर भएपछि सुरुका दुई महिनाको तलब जोगाएर औंठी बैंकबाट निकालें। त्यसपछि मैले यो औंठी कहिल्यै बैंकमा राख्नुपरेन।समय, परिस्थिति र बाध्यताले गर्दा तिमीले वाचा तोड्यौ तर जिन्दगीभरका लागि सम्झना भने छोडेर गयौ। औंठीले पनि बोलिरहेजस्तो लाग्छ, ‘वाचा हारे पनि माया मारेको छैन।’

सोच

सबैभन्दा अचम्म त उसलाई चौथो केटाको कुरा सुनेपछि लाग्यो। उसले भन्यो,“ तिम्रा ममीका छोरीछोरी रहेछन्। कोही त आमा गोता जान्छन् रे। तिमीसँग बिहे गरेपछि तिम्रा पनि छोरीछोरी भए भने वंश धान्ने मान्छे हुँदैनन् भनेर ममीले मान्नुभएन।”

बेमौसमी चुनाव

‘हो ध्रुवे। हिँडेर पुग्ने तीन घन्टाको बाटो दौडियो भने आधा घन्टामै पुगेजस्तै चुनाव पनि दौडेर आयो भने चाँडै आउँछ।’ध्रुवेले कुरा बुझेजस्तो गरी टाउको हल्लायो र बाले सुन्ने गरी बर्बरायो– नेतालाई पनि साँढेले लखेटेको रहेछ है बा!’

कुपुत्र

अध्यक्षले युवराजको बाबुतर्फ दृष्टि लगायो। अश्रुवर्षा भइरहेका ती वृध्द आँखाहरूबाट कुपुत्रको दावी सुनेर एकाएक अग्निवाण बर्सिरहेको उसले देख्यो र कडकिँदै अध्यक्षले भन्यो – बावुआमा बाँचुन्जेल पालनपोषण र औषधिमुलो गर्नुपर्छ भनेर घरबाट निकाल्ने अनि अहिले पाँचछ वर्षपछि साखुल्ले भएर लास माग्ने तँ नकचरो र कुपुत्र होस्। जा लास पाऊँदैनस् तैंले । हामी नै गर्छौं दाहसंस्कार।

फस्ट डेटिङ

तपाई त केट्रिना केइफजस्तो पो देखिनुहुन्छ? नितेशले तन्नेरी भावमा छिल्लिए। छ्या,तपाई भनेको सुहाएन।अँ, साथीहरूले पनि तेरो अनुहार कताकता मिल्छ, भन्छन्। तपाई पनि सलमान खानजस्तै ज्यान र पाखुरा त देख्छु। जवाफसँगै कलाले पनि फुर्काइन्। लल तिमी भनौंला अनि बिहे भयो? छैन, म जस्तीलाई कस्ले हेर्छ? तपाईको नि?

सूर्यका घामजस्ता बलिया कविताहरू

कवि लाकोजूको ‘घाम फुल्ने याम’ले समाजका हरेक पक्ष, वर्ग र क्षेत्रको समस्या मात्र नभएर तिनीहरूमा लुप्त अवसरहरूलाई पत्रि चित्रण गरेका छन्। समाजको सिंगो र सग्लो चित्रको प्रतिरुपको रूपमा प्रकाशित ‘घाम फुल्ने याम’ भित्रका कविताहरूले सिंगो समाजको प्रतिनिधित्व गरेको छ।

सपनाको सन्धान

उपन्यासका केही सीमा छन्। यो उपन्यास भुइँमान्छे, प्रकृति र दुनियाँको सम्बन्धमा कुनै दार्शनिक गहिराइको उत्खननतिर अलि कम र विकासवादी दृष्टितिर अलि बढी केन्द्रित छ।

हातविहीन करिमीले पानीमा भेटेको स्वतन्त्रता

अरू बालबालिकाभन्दा शारीरिक रूपमा भिन्न थिएँ। जब मैले मेरा अभिभावक म जन्मँदा भविष्यका बारेमा चिन्तित हुँदै धेरै रोएका थिए भन्ने सुनें, मलाई निकै दुःख लाग्यो। मलाई कसरी हुर्काउने भन्नेमा उहाँहरू दुबिधामा हुनुहुन्थ्यो।

मानव सेवा नै धर्म

हामीमा नभई नहुने अर्को महत्त्वपूर्ण कुरा हो, परोपकारको भावना। परोपकार नै ठूलो धर्म हो। गरिब, असहाय, दीनदुःखीको सेवा हामी सबैले गर्नुपर्छ। उनीहरूको सेवा गर्नु नै भगवान्को सेवा गर्नु हो। भन्ने गरिन्छ, मानव सेवा नै माधव सेवा हो। संसारमा भएका सबै धर्मले यही भन्छ।

जसका चित्र दुई अर्ब रूपैयाँसम्ममा बिके, तिनै गरिबीले मरे

आज उनकै देश नेदरल्यान्ड्सको राजधानी अम्स्टर्डममा उनकै नामबाट खोलिएको संग्रहालयमा उनका चित्र राखिएका छन्, उनका चित्रमध्ये कुनै कुनै दुई अर्ब रूपैयाँसम्म बिक्री हुन्छन्। उनले अभाव र गरिबीमै जिन्दगी बिताए, आज उनका चित्र बेचेर उनको देश नेदरल्यान्ड्स धनी भएको छ। त्यसबापतको रोयल्टी उनका भाइ थियो भ्यानगगका सन्ततिले पाउँछन्।

‘सूर्य गिरफ्तार’ले औँलाएका केही आयाम

यस कृतिमा कवि राईले देश, समाज, व्यक्तिगत अनुभूति तथा समाजमा सुषुप्त रूपमा रहेको असमानता, विभेद र जातीय–वर्गीय विभाजनको मनोवृत्तिलाई समेत उजागर गर्दै कतै ज्याक डेरिडाको विनिर्माणवादको आभास गराएका छन्, मार्क्सवादी दृष्टिकोण त हरेक कवितामा झल्किन्छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्