२१ आश्विन २०८१ सोमबार
image/svg+xml

प्रधानमन्त्रीद्वारा निजगढमा दुई धावनमार्गसहितको विमानस्थल बनाउन निर्देशन

प्रधानमन्त्री शेरबहादुर देउवाले बाराको निजगढमा दुई धावनमार्ग ‘रनवे’ सहितको विमानस्थल निर्माण गर्न नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणलाई निर्देशन दिएका छन्।

टिआइएबाट थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान गर्दै

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टिआइए) भएर थप दुई अन्तर्राष्ट्रिय एयरलाइन्सले नियमित उडान गर्ने भएका छन्।

मोबाइल एपले नेपाली भाषा प्रयोगकर्तालाई सहज भएको छ: मन्त्री आले

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाली बृहत् शब्दकोष’को मोबाइल एप निर्माण भएपछि विश्वभरका नेपाली भाषा प्रयोगकर्तालाई सहज र सजिलो भएको बताएका छन्।

विमानस्थल ट्याम्पो पार्क होइन

नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ट्याम्पो पार्क नभएको बताएका छन्।

वायुसेवा संघको गैरजिम्मेवारी आपत्कालीन उडान पनि नगर्ने

वायुसेवा सञ्चालक संघले बुधबारदेखि देशभर आन्तरिक उडान बन्द गर्ने घोषणा गरेको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले दुई दिनअघि विभिन्न कम्पनीका ५५ वटा विमान र हेलिकोप्टरले रातिको समयमा काठमाडौंबाहिर तोकिएका आधार विमानस्थलमा पार्किङ गर्नुपर्ने निर्णय गरेको थियो।

दुई हप्ताभित्र एयर अरेबिया र फ्लाई दुबईले भैरहवाबाट उडान भर्ने

गएको जेठ २ गतेदेखि औपचारिकरुपमा सञ्चालनमा आएको भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट थप दुई विदेशी वायुसेवा कम्पनीले पनि अब नियमित उडान भर्ने भएका छन्।

विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा दुई पाइलट अनिवार्य

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल सरकारले तोकेका विशिष्ट व्यक्तिको हेलिकप्टर उडानमा अबदेखि अनिवार्य रुपमा दुई जना पाइलट राख्नुपर्ने निर्णय गरेको छ।

नागरिक उड्डयनलाई दुई निकाय बनाइँदै

सरकारले आगामी आर्थिक वर्षको बजेटमा पनि प्राधिकरणलाई २ निकायमा विभाजन गर्ने घोषणा गरेको छ।

पोखरा–जोमसोम उडानमा प्राधिकरणको कडाइ

पोखरा–जोमसोम उडानका क्रममा दुई साताअघि तारा एयरको जहाज मुस्ताङमा दुर्घटनामा पर्‍यो। दुर्घटनाग्रस्त जहाजका चालक दलका सदस्यसहित सबै यात्रुको मृत्यु भयो।

दीगो पर्यटन विकासमा जोड दिन आग्रह: सहायक महासचिव कान्नी

नेपाल पर्यटन बोर्डले युएनडीपीका सहायक महासचिव तथा एसिया प्रशान्त क्षेत्रीय निर्देशक कान्नी वाग्नाराजासँग युएनडीपी अन्तर्गत बोर्डले गरेका कार्यक्रमको विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको छ।

मन्त्री आलेको प्रस्तावमा अध्यक्ष नेपालको रोक

नागरिक उड्डयन प्राधिकरणको स्वामित्वमा विभिन्न विमानस्थल आसपास रहेको ९१ रोपनी जग्गा निजी क्षेत्रलाई दिन गरिएको प्रस्ताव मन्त्रिपरिषद्मा पुगेर अड्किएको छ।

नागरिक उड्डयन प्राधिकरणको निर्देशनः जनवरी एकभित्रै पोखराबाट प्याराग्लाइडिङ अन्यत्र सार्नु

नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले भने पोखराको आकाशमा पर्यटक घुमाउने प्याराग्लाइडिङलाई आगामि जनवरी १ अगावै अन्यत्र सर्न निर्देशन दिएको छ। पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएपछि पोखराको आकाशमा हुँदै आएको प्याराग्लाइडिङ उडान के हुने भन्नेमा अन्योल भईरहँदा हवाई क्षेत्रको नियामक निकाय क्यानले हवाईजहाज र प्याराग्लाइडिङको उडान एकैपटक सम्भव नहुने भन्दै जनवरी १ अगावै अन्यत्र सर्न निर्देशन दिएको हो।

वायु सेवा निगमका महाप्रबन्धक पौडेल बर्खास्त

सरकारले नेपाल वायु सेवा निगमका महाप्रबन्धक डिमप्रसाद पौडेललाई बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई बर्खास्त गरेको संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ।

उडान अवरूद्ध गरिएको रूसी विमानबारे कुटनीतिक विवादमा श्रीलङ्का

एयरोफ्लोट विमानलाई पक्राउ गर्ने निर्णयको पछाडि द्वीपहरूको राष्ट्र, श्रीलङ्काको सरकार नरहेको श्रीलङ्काको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थलले गरेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्