२७ श्रावण २०७९ शुक्रबार
अर्थ

विमानस्थल ट्याम्पो पार्क होइन

नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ट्याम्पो पार्क नभएको बताएका छन्। वायुसेवा सञ्चालक संघले क्यानको निर्णयप्रति विरोध जनाउँदै बुधबारदेखि सबैखाले उडान रोक्ने निर्णय गरेपछि महानिर्देशक अधिकारीले यस्तो प्रतिक्रिया दिएका हुन्।

पत्रकार सम्मेलन गरी महानिर्देशक अधिकारीले संघको निर्णयका कारण जनताले दुःख पाए प्राधिकरण चुप लागेर नबस्ने बताए। त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा ११ वटा अन्तर्राष्ट्रिय र १७ वटा आन्तरिक विमान पार्किङ क्षमता भएकोमा अहिले ३४ वटा पार्किङ भइरहेका छन्।

अन्तर्राष्ट्रियतर्फका २३ वटा जहाज पार्किङ गर्न मिल्नेगरी पूर्वाधार निर्माण भइरहेको र डेढ वर्षभित्र सम्पन्न हुने उनले बताए। क्यानले ५५ वटा जहाज र हेलिकोप्टरलाई रात्रि पार्किङ गर्न १० वटा विमानस्थलमा तोकेको छ।

क्यानले चन्द्रगढी, विराटनगर, जनकपुर, भरतपुर, भैरहवा, पोखरा, सिमरा, नेपालगन्ज, धनगढी, रामेछाप र सुर्खेत विमानस्थलमा पार्किङ गर्न भनेको छ। यसका लागि सम्बन्धित विमानस्थल तयार रहेको अधिकारीले बताए।

प्रकाशित: ८ असार २०७९ ०७:२३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App