coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
अर्थ

दीगो पर्यटन विकासमा जोड दिन आग्रह: सहायक महासचिव कान्नी

नेपाल पर्यटन बोर्डले युएनडीपीका सहायक महासचिव तथा एसिया प्रशान्त क्षेत्रीय निर्देशक कान्नी वाग्नाराजासँग युएनडीपी अन्तर्गत बोर्डले गरेका कार्यक्रमको विषयमा छलफल तथा अन्तरक्रिया सम्पन्न गरेको छ।

बोर्डमा आयोजित कार्यक्रममा युएनडीपीका सहायक महासचिव तथा एसिया प्रशान्त क्षेत्रीय निर्देशक वाग्नाराजाले बोर्डसँग युएनडीपीको पुरानो सहकार्य रहेको उल्लेख गर्दै पछिल्लो समय युएनडीपीसँग भएको सहकार्य र यसबाट भइरहेका कामको प्रशंसा गरेको छ।

पर्यटन मजदुरका लागि रोजगारी सिर्जना तथा पर्यटकीय गन्तव्य विस्तार जस्ता कार्यले दीगो पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने विश्वास व्यक्त गर्दै उनले दिगो पर्यटन विकासमा जोड दिन आग्रह गरे। साथै उनले पर्यटन आर्थिक विकासको महत्वपूर्ण क्षेत्र भएको समेत बताए।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव तथा पर्यटन बोर्डका अध्यक्ष महेश्वर न्यौपानेले युएनडीपी जस्तो संस्थाको सहकार्यले नेपालको पर्यटन विकासमा सकारात्मक प्रभाव पारेको चर्चा गर्दै सरकारले दीगो पर्यटन प्रर्वद्धन, आर्थिक विकास र रोजगारी सिर्जनामा ध्यान दिइरहेको बताए।

यस्तै बोर्डका कार्यकारी प्रमुख डा. धनञ्जय रेग्मीले नेपालमा पर्यटनको संस्थागत विकासमा युएनडीपीको योगदान रहेको उल्लेख गर्दै आउने दिनमा पनि निरन्तर सहयोगको अपेक्षा गरेको बताए।

बोर्डका निर्देशक मणिराज लामिछानेले बोर्डले एसटीएलआरपी कार्यक्रमका माध्यमबाट करिब ६ हजारलाई अल्पकालीन रोजगारी दिन सकिएको जानकारी दिँदै कार्यक्रममा स्थानीय तह तथा पर्यटनसँग सम्बन्धित संस्थाहरूसँग सहकार्य गरिएको बताए।

यसै बीच युएनडीपीका सहायक महासचिव वाग्नाराजा, युएनडीपीको नेपालका लागि आवासीय प्रतिनिधि आएसान्यी मेगागन्गोडा लावे, डेपुटी आवासीय प्रतिनिधि बर्नाडो कोकोले एसटीएलआरपी परियोजना अन्तर्गत काठमाडौंको चन्द्रगिरीमा निमार्ण गरिएको फुट ट्रेल तथा साइकल ट्रेलको निरीक्षण समेत गरेका थिए।

प्रकाशित: २९ जेष्ठ २०७९ ०२:१४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App