१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

प्रधानमन्त्रीबाट हटाउन भारत लाग्यो : ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रियता कमजोर नभएको बताएका छन्। मदन भण्डारीको जन्मजयन्तीको कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेपालको नक्सा छापेवापत कसैले यो देशको प्रधानमन्त्रीलाई हटाउँछु भन्ने दिवा सपना नदेख्न समेत चेतावनी दिए।

टिचिङका डा. भण्डारीले गाए प्रधानमन्त्रीको गीत

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा रचित गीत एक कलेजो प्रत्यारोपण चिकित्सकले गाएका छन्। टिचिङ अस्पताल महाराजगंजका कलेजो प्रत्यारोपण चिकित्सक डा. रमेश सिंह भण्डारीले सो गीत गाएका हुन्।

सचिवहरूमाथि सल्लाहकार हाबी

प्रधानमन्त्री र मन्त्रीका सल्लाहकार तोकिएको विषयमा सल्लाह दिनुको साटो विभिन्न नीतिगत निर्णयमा सहभागी हुने, कर्मचारीलाई विभिन्न खालका दबाब र निर्देशन दिने, स्पष्टीकरण सोध्ने, मन्त्रालयलाई विभिन्न निर्णय लिन बाध्य पार्ने जस्ता कार्यमा संलग्न हुने गरेको पाइएको छ।

'अख्तियारको प्रस्तावित व्यवस्थाले निजी क्षेत्रलाई समस्या भए छलफल गरौं'

प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तेस्रो संशोधन विधेयकले प्रस्ताव गरेको विषयले निजी क्षेत्रलाई समस्या पार्ने भए आफू छलफल गर्न तयार भएको बताएका छन्।

प्रधानमन्त्रीलाई पाँच करोडको सुरक्षा उपकरण

कोरोना कहरबीच प्रहरी जनशक्ति सुरक्षा उपकरणबिनै फिल्डमा खटिरहेको अवस्थामा नेपाल प्रहरीकै ५ करोड खर्चेर प्रधानमन्त्रीका लागि सुरक्षा उपकरणसहितको गाडी खरिद प्रक्रिया अन्तिममा पु-याइएको छ।

प्रधानमन्त्री रोजगार कार्यक्रम : लकडाउनमा बेरोजगारलाई रोजगारी

अनुत्पादक क्षेत्रमा बजेट खर्चेर आलोचना खेपिरहेको प्रधानमन्त्री रोजगार कार्यक्रमले प्रदेश १ का केही जिल्लामा भने उदाहरणीय काममा लगानी गरिरहेको छ । सडक, खानेपानी, खेल मैदान निर्माण जस्ता अत्यावश्यक पूर्वाधारमा काम लगाएर लकडाउनको सदुपयोग गरिरहेका छन् ।

प्रधानमन्त्री रोजगार कार्यक्रम : लकडाउनमा बेरोजगारलाई रोजगारी

जिल्लाका ९ स्थानीय तहमा चालू आर्थिक वर्ष १ करोड ७२ लाख ४७ हजार रुपैयाँको प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालनमा छ । यसअन्तर्गत स्थानीय तहले सडक, खेलमैदान, खानेपानी, सिँचाइलगायत योजना सञ्चालन गरिरहेका छन् ।

मैले प्रतिरोधी क्षमता बढाउन आग्रह गरेको हुँ : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन्।

आयुर्वेद र योग हाम्रा असाधारण औषधि हुन्ः प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले शरीरको प्रतिरोधी क्षमता बढाउन आफूले गरेको आग्रहलाई मजाकमा नउडाउन आग्रह गरेका छन्। अन्तर्राष्ट्रिय योग दिवस मूल समारोह समितिले आज आयोजना गरेको भर्चुअल कार्यक्रममा प्रधानमन्त्री ओलीले भान्सामा हामीले प्रयोग गर्दै आएका बेसार, अदुवा, मेथीजस्ता मसला औषधिमय भएको कुरा पूर्वज ऋषिमुनी र आयुर्वेदको खोज तथा प्रयोगबाट प्रमाणित भएकाले तिनको प्रयोग बढाउन आग्रह गरे।

त्रियुगामा यसवर्षको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’ सुरु

सदरमुकाम त्रियुगा नगरपालिकाले यसवर्षको ‘प्रधानमन्त्री रोजगार कार्यक्रम’को सुरुवात गरेको छ । नगरपालिकाले वडा नं. १२ पुरानो गाईघाटमा बोटेटोल र जनप्रेमी टोलमा १ वटा नाला निर्माण योजनाबाट यो कार्यक्रमको सुरुवात गरेको हो ।

प्रधानमन्त्रीलाई जे बोल्न पनि छुट ?

मुलुकको कार्यकारी प्रमुख देश र जनताप्रति जिम्मेवार हुनुपर्छ। कार्यकारी प्रमुखले जनताको आशा र अपेक्षा सम्बोधन गर्नुका साथै व्यक्त गर्ने धारणा पनि तथ्य, तथ्यांकमा आधारित र जिम्मेवारपूर्ण हुनुपर्छ।

अस्ट्रेलियामाथि साइबर आक्रमण बढेको प्रधानमन्त्री मोरिसनको भनाइ

‘एक सम्पन्न मुलुकमा रहेर अस्ट्रेलियालाई लक्षित गरी साइबर आक्रमण भइरहेको र यसका कारण सरकारका सबै तहहरू, व्यवसाय, आधारभूत सेवा र महत्वपूर्ण पूर्वाधार क्षेत्रलाई प्रभावित गर्न खोजिएको प्रधानमन्त्री स्कट मोरिसनले बताएका छन्।

कार्टुनः हाच्छ्युँ

आजको नागरिक दैनिकमा प्रकाशित कार्टुन। कार्टुनले कोभिड १९ बारे प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको टिप्पणीप्रति व्यंग्य गरेको छ।

‘सुत्केरी, जण्डिसका विरामी र गर्भवतीले बेसार खान हुन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको वैठकमा विहिबार सुत्केरी, गर्भवती, रक्तअल्पता र जण्डिसका विरामीले बेसार खानु हुँदैन भनेपछि चिकित्सकहरू आश्चर्य चकित भएका छन्। प्रधानमन्त्रीको भाषण लगत्तै वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसीले आफ्नो सामाजिक संजाल फेसवुक र ट्वीटरमा समेत लेखेका छन्, ‘यसरी गलत सूचना जनतालाई दिनु हुन्न प्रधानमन्त्री ज्यु, कुन किताबमा लेखेको छ, जण्डिसमा बेसार खान हुन्न भनेर ।’

नागरिकता विधेयकमा कांग्रेसको प्रस्ताव : संविधानको व्यवस्था अनुसारै अघि बढौं

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल नागरिकता ऐन २०६३ लाई संशोधन गर्न बनेको विधेयक र अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)मा सहमतिको प्रयास सुरु गरेका छन्। दुबै विषयमा पार्टीभित्र एकमत हुन नसकेका बेला नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले बिहीबार प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससँग साझा धारणा बनाउनका लागि छलफल गरेका हुन् ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्