९ आश्विन २०८१ बुधबार
image/svg+xml
स्वास्थ्य

‘सुत्केरी, जण्डिसका विरामी र गर्भवतीले बेसार खान हुन्छ’

प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय सभाको वैठकमा विहिबार सुत्केरी, गर्भवती, रक्तअल्पता र जण्डिसका विरामीले बेसार खानु हुँदैन भनेपछि चिकित्सकहरू आश्चर्य चकित भएका छन्। प्रधानमन्त्रीको भाषण लगत्तै वीर अस्पतालका कलेजो रोग विशेषज्ञ डा. सुधांशु केसीले आफ्नो सामाजिक संजाल फेसवुक र ट्वीटरमा समेत लेखेका छन्, ‘यसरी गलत सूचना जनतालाई दिनु हुन्न प्रधानमन्त्री ज्यु, कुन किताबमा लेखेको छ, जण्डिसमा बेसार खान हुन्न भनेर ।’ 

विहिबारै नागरिकसितको कुराकानीमा डा. केसीले कलेजोका विरामीहरू पहेंलो हुनुमा बेसारको कुनै भूमिका नरहेको र आधुनिक चिकित्सा शास्त्रमा जण्डिस रोगमा बेसारले असर गर्छ भन्ने बारेमा कतै उल्लेख नभएको बताए । ‘सामान्य बेसारले केही बिगार्दैन, मसलाको रुपमा खाएकोले केही असर गर्दैन, आयुर्वेद चिकित्सामा छ भने जानकारी छैन’ उनले भने ।  

सुत्केरीले बेसार खानु हुँदैन भन्ने प्रधानमन्त्री ओलीकै भाषणमा टिप्पणी गर्दै प्रसुतिगृह अस्पतालकी बरिष्ठ स्त्रीरोग बिशेषज्ञ डा. मधुलक्ष्मी श्रेष्ठले सुत्केरी र गर्भवतीले मसलाको रुपमा बेसार खाँदा कुनै असर गरेको नपाइएको र उनीहरूको उपचार पद्धतिमा समेत कतै उल्लेख नभएको बताइन् । ‘अत्यधिक धेरै खाएमा त जुन सुकै कुराले असर गर्न सक्छ’ उनले भनिन् । बरु गर्भवतीले चुरोट र औषधीहरू भने खान नहुने नियम रहेको उनले बताइन् । ‘टिमुर, बेसार खान हुँदैन भन्ने मैले कतै पढेको छैन, होमियोप्याथीमा छ भने जानकारी छैन’ उनले भनिन् ।

प्रकाशित: ४ असार २०७७ १६:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App