२२ आश्विन २०८१ मंगलबार
image/svg+xml

नेकपाकाे सरकार बरालियो : नेता थापा

नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा नेतृत्वको सरकार दुई तिहाईको दम्भमा बरालिएको आरोप लगाएका छन्। सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको बासामा कांग्रेसद्वारा आयोजित आमसभामा नेता थापाले सरकार लोभ र पापमा लिप्त भएकाले जनमुखि निर्णय लिन नसकेको बताए।

दर्जन बढी सरकारी सवारीसाधन प्रहरी नियन्त्रणमा

शनिबार बिदाको दिन सञ्चालनमा आएका दर्जन बढी सरकारी सवारीसाधन जिल्ला ट्राफिक कार्यालय जुम्लाले नियन्त्रणमा लिएको छ।

सरकारी गाडीमा आगजनी, नेविसंघका ६ नेता पक्राउ

नेपाल विद्यार्थी संघले कास्कीको पोखरामा सरकारी गाडी जलाएको छ। नेविसंघ कार्यकर्ताले पोखराको मासबारस्थित घरेलु कार्यालय अगाडि शनिवार बिहान शिक्षा विकास तथा समन्वय इकाइ कास्कीको भ्यान जलाएका हुन्। शनिवारको दिन पनि सरकारी गाडी चलाएर सरकारी सेवा सुबिधाको दुरुपयोग गरेको भन्दै गाडी जलाइएको संघका नेता अनुराग शाहले जानकारी दिए।

पोखरामा सरकारी गाडीमा आगजनी

शनिबार बिहानै कास्कीमा सरकारी गाडीमाथि आगजनी भएको छ। कास्की प्रहरी प्रमुख ओम रानाका अनुसार आगजनी कसले गरेको भन्ने अझै पत्ता लाग्न सकेको छैन।

स्वयम्भूका दुई आँखाले...

सरकारले स्वयम्भूको गर्भ अध्ययन शुरु गरेको छ। भूगर्भविद् डा. रञ्जनकुमार दाहाल नेतृत्वको टोलीले अध्ययनको जिम्मा पाएको छ। दाहालका अनुसार स्वयम्भूको जमिन आफ्नो धरातलमा छैन। स्वयम्भूको थुम्को दायाँबायाँ पहिरो जान सक्ने वा भासिन सक्ने खतरा छ।

स्याफ्रुबेंसी–रसुवागढी सडक स्तरोन्नति गरिने

रसुवागढी नाका जोड्ने स्याफ्रुबेंसी–रसुवागढी सडकको स्तरोन्नति गरिने भएको छ। चीन सरकारको सहयोगमा सडकको स्तरोन्नति गर्न लागिएको गल्छी–त्रिशूली–मैलुङ–स्याफ्रुबेंसी–रसुवागढी सडक योजनाले जनाएको छ। सडक सीमाभित्र रहेका घर टहरा हटाउने, विद्युत्का पोल सार्ने लगायतका काम भइरहेको छ।

आर्थिक अनियमितता भएको छानविन उपसमितिको दाबी

कर्णाली प्रदेश सरकारले वैशाख १ गते घोषणा गरेको ‘कर्णाली–रारा पर्यटन वर्ष–२०७५’को उद्घाटन कार्यक्रममा अनियमितता भएको पाइएको छ। प्रदेश सरकारले संसद्लाई एउटा र समितिलाई अर्को खर्च विवरण उपलब्ध गराएपछि अनियमितताको आशंकामा छानबिनका लागि सार्वजनिक लेखा समिति समितिले कात्तिक १६ गते तीन सदस्यीय उपसमिति गठन गरेको थियो।

सरकारकाे कुटनीतिक ब्रिफिङ्मा अमेरिकी राजदूत अनुपस्थित

काठमाडौस्थित अन्तराष्ट्रिय समुदायका लागि शुक्रबार आयोजना गरेको कूटनीतिक ब्रिफिङ्मा अमेरिकी राजदूत र्यान्डी बेरी अनुपस्थित भएका छन्।

सरकारले सही बाटो र नीति लिएको छ : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले सही बाटो र सही नीति लिएको बताएका छन्। नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)का सांसदहरूसँग आज बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री ओलीले कुनै पनि विषयलाई राम्रोसँग अध्ययन गरेर संसदमा प्रस्तुत हुन सुझाव दिएका छन्।

मुख्यमन्त्रीको गाडीमा ‘माफिया सरकार’ लेखेको आरोपमा १३ विद्यार्थी पक्राउ

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको गाडीमा ‘माफिया सरकार’ लेखेको आरोपमा प्रहरीले नेपाल विद्यार्थी संघका १३ जना नेता कार्यकर्तालाई पक्राउ गरेको छ।

आग्रह, दुराग्रह र सत्याग्रह

राजनीति धेरै थोक हो– यसका असंख्य आयाम छन्, असंख्य पाटा छन्। यीमध्ये एउटा पाटोमा राजनीति भनेको आग्रह÷दुराग्रहले सजिलै प्रवेश पाउने थलो पनि हो। जुनसुकै कालखण्डमा, जुनसुकै देशमा, जस्तोसुकै व्यवस्थामा बनेका जस्तासुकै पार्टीको सरकारले पनि राजनीतिक आग्रह/दुराग्रहको सामना गर्नैपर्ने हुन्छ। जस्तोसुकै पार्टीको सरकारले पनि प्रतिपक्षीप्रति कुनै न कुनै किसिमको आग्रह/दुराग्रह पालेकै हुन्छ। स्वाभाविक आग्रहको मात्रा कति छ र अस्वाभाविक दुराग्रहको मात्रा कति छ भन्ने कुरा भने त्यो देशमा लोकतन्त्रको परिपक्वता र राजनीतिक संस्कारको विकासले निर्धारण गर्ने कुरा हो। जहाँ लोकतन्त्र परिपक्व भइसकेको छ, त्यस्ता देशमा दुराग्रहको मात्रा कम हुन्छ र आआफ्ना निर्देशक सिद्धान्तबाट परिभाषित आग्रहबीच मात्र प्रतिस्पर्धा बढी हुन्छ। लोकतन्त्र परिपक्व नभइसकेको देशमा भने विचारको प्रतिस्पर्धा भन्दा बढी दुराग्रहको भूमिका हुन्छ।

भूमिसँग नजोडिएको लोकतन्त्र

नयाँ संविधान बनेर लागु भएको पनि ३ वर्ष बितिसकेको छ। यसबीचमा राज्य भन्छ– शौचालय बनाउन सुविधा दिन्छौँ, सिँचाइका लागि कुलो बनाइदियौँ, उत्पादनका लागि बीउ किन्न अनुदान दियौँ। तर जसको भूमि नै उसले कहाँ बनाउँछ शाौचालय, कहाँ रोप्छ सरकारले दिएको बीउ ? कहाँ लगाउँछ सरकारको कुलो ? संविधान कार्यान्वयनका सन्दर्भमा आएका यी प्रश्नको उत्तर जरुरी छ।

छोटो समयमा नै संघीयता संस्थागत : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा छोटो समयमा नै संघीयता संस्थागत बनेको बताएका छन्। उनले अधिकार माग्ने नाममा कुनै पनि सरकारबीच द्वन्द्व नभएको उल्लेख गर्दै संघीयता कार्यान्वयन भइरहेको बताए। दमकमा बिहीबार बृहत् बाल महोत्सव उद्घाटन गर्दै ओलीले मुलुकले अभूतपूर्व सफलता हासिल गरेको दाबी गरे।

सरकारविरुद्ध राँके जुलुस

सरकारको बिरोधमा नेपाल तरुण दल र नेविसंघ खोटाङले राँके जुलुस निकालेको छ। विरोधका बाबजुद राष्ट्रियसभाबाट चिकित्सा शिक्षा विधेयक पारित गराएको, वाइड वडी विमान खरिदलगायतका भ्रष्टाचारीलाई संरक्षण गरेको, निर्मला पन्तलगायतका पीडित जनतालाई न्याय दिन नसकेको लगायतका आरोप लगाउँदै नेविसंघ दिक्तेल रूपाकोट मझुवागढी नगर समितिको आयोजनामा बिहीबार साँझ दिक्तेलमा राँके जुलुस निकालिएको हो।

सरकारी धारणाबाट अमेरिका आश्वस्त हुन सकेन

भेनेजुयलामा उत्पन्न संकटबारे सरकारले सार्वजनिक गरेको धारणाबाट अमेरिका आश्वस्त हुन सकेको छैन। भेनेजुयलामा उत्पन्न आन्तरिक संकटप्रति अमेरिकाको भूमिकालाई लिएर सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीका अध्यक्षमध्येका एक पुष्पकमल दाहालले कडा टिप्पणी गेरेका थिए। त्यसको केही दिनपछि सरकारले आधिकारिक धारणा सार्वजनिक गरे पनि अमेरिका आश्वस्त हुन नसकेको कूटनीतिक स्रोत बताउँछ। सत्तारुढ दल नेकपाको विज्ञप्तिबाट चिढिएको अमेरिका सरकारको लचिलो धारणा आएपछि आश्वस्त हुने अनुमान गरिएको थियो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्