२२ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

नेकपाकाे सरकार बरालियो : नेता थापा

फाइल तस्बिर

सोलुखुम्बु - नेपाली कांग्रेसका नेता गगन थापाले नेकपा नेतृत्वको सरकार दुई तिहाईको दम्भमा बरालिएको आरोप लगाएका छन्। सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिकाको बासामा कांग्रेसद्वारा आयोजित आमसभामा नेता थापाले सरकार लोभ र पापमा लिप्त भएकाले जनमुखि निर्णय लिन नसकेको बताए।

नेता थापाले माओवादी र एमाले मिलेर बनेको नेकपाको घर ढल्ने जिकिर गरे। उनले भने, ‘यो सरकारसँग को खुसी छ? कोही छैन्। प्रधानमन्त्री संसदमा बोल्दै गर्दा नेकपाकै सांसदलाई टेबल ठोक्न लाज लागेको दृष्यले सरकारले कस्तो काम गर्दैछ भन्ने कुरा प्रष्ट भएको छ।’ सरकार दुई तिहाईको दम्भ बोकेर एकलौटी रुपमा अघि बढेको उनले आरोप लगाए।

निर्मला पन्त बलात्कारमा संलग्नलाई कारबाहीको दायरामा ल्याउन नसक्नु, राष्ट्रिय चिकित्सा शिक्षा विधेयक जबरजस्ती पारित गर्नुले सरकार जनमूखि निर्णयबाट भाग्दै गरेको अनुभूति जो कोहीलाई हुन थालेको सांसद थापाको भनाइ छ। थापाले भने, ‘सरकार एक पछि अर्को भ्रष्टाचारमा डुब्दैछ। प्रधानमन्त्रीले भ्रष्टाचार गर्दिन भनेपनि उनका आसेपासे भ्रष्टाचारमा मुछिनुलाई हामीले गफ नठान्ने? कांग्रेस गरिब भएर जनतालाई धनी बनाउन चाहने पार्टी भएको उनले दाबी गरे।

पार्टीले नेता तथा कार्यकर्तालाई मिलाएर लैजाने कुरामा कुनै शंका नगर्न थापाले आग्रह गरे। उनले अर्काे निर्वाचनमा जिल्लाका आठ वटै स्थानीय तहमा विजयी हुने किसिमले गतिविधि संचालन गर्न कार्यकर्तालाइ सुझाव दिए।

प्रकाशित: १९ माघ २०७५ १२:०९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App