९ आश्विन २०८१ बुधबार
image/svg+xml

खोटाङका १ हजार ६५४ जना संक्रमणमुक्त

१० स्थानीय तह रहेको जिल्लामा १ हजार ६५४ जनाले संक्रमण जित्दा र ९ जनाको मृत्यु हुँदा हाल सक्रिय संक्रमितको संख्या ३९४ जना रहेको स्वास्थ्य कार्यालय खोटाङका प्रमुख पुण्यप्रसाद सिग्देलले जानकारी दिए।

गोरखा र स्याङजामा डेल्टा भेरियन्ट पुष्टि

स्याङजा र गोरखामा कोरोनाको डेल्टा भेरियन्ट फेला परेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले बताएको छ।

खोप उपलब्ध गराउन जी–२० को पहल आवश्यक

जी–२० देशका अर्थमन्त्रीको बैठकले विश्वलाई कोभिड–१९ विरुद्धको खोप उपलब्ध गराउन ठोस योजना ल्याउन आवश्यक छ। उक्त बैठकमा अमेरिका, बेलायत, युरोपियन युनियन, रुस, चीन, भारतजस्ता खोप उत्पादन गर्ने प्रमुख देश सहभागी रहने भएकाले यी राष्ट्र मिलेर काम गरेमा सन् २०२२ को सुरुसम्म सम्पूर्ण विश्वलाई खोप उपलब्ध गराउन सक्छन्।

अपांग र विपन्नलाई सहयोग

कोभिड–१९ का कारण जारी निषेधाज्ञा तथा गरिबीका कारण दुःख पाइरहेका करिब १ सय परिवारलाई चामल, नुनलगायत खाद्यान्न सहयोग गरिएको छ।

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच समझदारी पत्रमा हस्ताक्षर

प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरीक्त महानिरीक्षक निरज बहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच उक्त समझदारी–पत्रमा हस्ताक्षर गरेका हुन्।

प्रधानमन्त्रीबाट ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान

प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ महामारीमा अग्रमोर्चामा रही सेवा गर्ने दुई स्वास्थ्यकर्मीलाई २०७७ सालको ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार’ प्रदान गरेका छन्।

रुपन्देहीका १५ स्थानीय तहको बजेट १२ अर्ब बढी

कोभिड–१९ रोकथाम तथा नियन्त्रणसंगै स्वास्थ्य, कृषि र पूर्वाधारलाई विशेष जोड दिएर रुपन्देहीका १५ वटा स्थानीय तहले १२ अर्ब बढीको बजेट ल्याएका छन् ।

स्वास्थ्यमन्त्री श्रेष्ठले गरे खोप ल्याउने प्रतिबद्धता

स्वास्थ्य तथा जनसंख्या मन्त्री कृष्ण गोपाल श्रेष्ठले कोभिड–१९ विरुद्धको खोप ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन्।

कोभिड–१९ को दीर्घ असरले रोगबारे के खुलासा गर्दै छ?

सुरुको संक्रमणको केही महिनापछि पनि कोभिड–१९ का बिरामी विभिन्न लक्षणहरूसँग जुध्न बाध्य छन्। महामारी सुरु भएको एक वर्ष भइसकेको पृष्ठभूमिमा वैज्ञानिकहरूको ध्यान दीर्घ कोभिड के कारणले हुन्छ भन्नेमा छ।

अक्सिजन प्लान्ट अझै अनिश्चित

दोस्रो लहरको कोभिड–१९ महामारीका बेला अक्सिजन प्लान्ट जडान गर्न पूर्वीपहाडी जिल्लालाई बजेट छुट्टिएपनि कार्यान्वयन अनिश्चित बनेको छ। प्लान्टका लागि दररेट नै पेश हुन नसक्दा खरिदप्रक्रिया अघि बढ्न नसकेको हो ।

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या पाँच लाख नाघ्यो

ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण सुरुभएयता हालसम्म यस प्रकोपबाट ज्यान जाने व्यक्तिको संख्या ५ लाख नाघेको छ।

राष्ट्रपतिद्वारा कोभिड–१९ नियन्त्रणमा भइरहेको कामबारे जानकारी

राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग कोभिड–१९ रोकथाम र नियन्त्रणमा भइरहेको कामबारे जानकारी लिएकी छन्।

डेल्टा भेरियन्ट हालसम्मकै खतरनाक

कोभिड–१९को डेल्टा भेरियन्ट एकबाट अन्यमा सबैभन्दा बढी सर्ने तथा घातक प्रकृतिको छ। तर सौभाग्यले यो भाइरस रोक्न खोप प्रभावकारी देखिएको छ। कोरोना महामारीका कारण जारी विभिन्न खाले बन्देज समाप्त हुने भएकाले सोमबार अर्थात् जुन २१ लाई बेलायती नागरिक स्वतन्त्रताको दिन (फ्रिडम डे) का रूपमा मनाउने तयारीमा थिए।

चीनले लगायो कोराेनाविरुद्धको एक अर्ब डोज खोप

चीनले शनिबारसम्ममा देशभर कोभिड–१९ विरुद्धको एक अर्बभन्दा बढी डोज खोप लगाएको छ। राष्ट्रिय स्वास्थ्य आयोगले आधुनिक चीनको इतिहासमा यो सबैभन्दा ठूलो खोप अभियान रहेको जनाएको छ।

गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान

लिखु गाउँपालिकामा आइसोलेशन सञ्चालन गर्नका लागि दुई थान अक्सिजन कन्सन्ट्रेटर मेशिन, पाँच थान श्यया तथा श्ययालाई आवश्यक पर्ने सम्पूर्ण स्वास्थ्य सामग्रीहरु लिखु ओखलढुङ्गा कोभिड–१९ नियन्त्रण सहयोग समितिका संयोजक सुरेन्द्र बोगटीलाई प्रदान गरे।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्