२१ आश्विन २०८१ सोमबार
image/svg+xml

पत्नी हत्या आरोपमा पक्राउ

पत्नी हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। फेदाप गाउँपालिका १ साबिक सिम्ले ५ बस्ने चन्द्रबहादुर लिम्बूले श्रीमती इन्द्रकुमारीको हत्या गरेको भनी भनी मृतकका भाइ बोधराजले प्रहरीमा उजुरी दिएका थिए। उक्त उजुरीका आधारमा प्रहरीले अभियुक्त लिम्बूलाई आइतबार पक्राउ गरेकाे हो।

विश्वभर आत्महत्याको दरमा कमी

सन् १९९० यता विश्वभर नै एक तिहाइभन्दा बढीले आत्महत्याका घटनामा कमी आएको एक अध्ययनले देखाएको छ।

बुहारीले गरिन ससुराको हत्या

ओखलढुङ्गामा बुहारीले आफ्नै ससुराको हत्या गरेकी छन्। सिद्धिचरण नगरपालिका–४ रुम्जाटारकी ३० वर्षीय तारादेवी गुरुङले करिब ७५ वर्षका आफ्ना ससुरा रामकाजी गुरुङको हत्या गरेकी हुन्।

आमाले आफ्नै छोराको हत्या गरेको पुष्टी

सल्यानमा एक महिलाले आफ्नै ४ वर्षीय छोराको हत्या गरेकी छन्। जिल्लाको छत्रेश्वरी गाउँपालिका–४ सुँगुरखोरकी यमुना भनिने एलिसा खत्रीले विष सेवन गराएर छोराको हत्या गरेको प्रहरीले जानकारी दिएको छ। उनले आफ्नो ४ वर्षीय छोरा समिर खत्रीलाई हत्या गरेको एक महिनाको अनुसन्धानले पुष्टि गरेको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रमुख प्रहरी नायव उपरिक्षक बीरेन्द्रबहादुर शाहीले जानकारी दिए।

दिदीकाे देवरसँग प्रेममा रहेकी किशाेरी घरभित्रै मृत फेला, हत्या आशंकामा बुवा पक्राउ

बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको चोटपटक लागेको अवस्थामा अर्धनग्न शव गत सोमबार राति घरमा भेटिएपछि प्रहरीले उनका बुवा ४५ वर्षीय तुरुन्तलाललाई पक्राउ गरेको जनाएको छ।

गाई मारेको अभियोगमा ३ जना पक्राउ

गाई मारेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ। पूर्वी मकवानपुरको बकैया गाउँपालिका १२ का उनीहरूलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको हो। पक्राउ पर्नेमा बकैया गाउँपालिका १२ निगालेका ५४ बर्से कृष्णबहादुर गोले, १८ बर्से विजय न्यासुर र बकैया ११ का १८ बर्सेसुवास टुप्पा रहेका जिल्ला प्रहरी प्रमुख बुद्धिराज गुरुङले जानकारी दिए। उनका अनुसार गोप्य सूचनाका आधारमा प्रहरी टोलीले उनीहरूलाई गाई काटिरहेको अवस्थामा फेला पारेको हो।

‘निर्मलालाई राम्रोसँग चिन्दिन्, दोषी प्रमाणित गरे जेल जान तयार छौं’

दिदी बबिता बमले आफूहरु दोषी प्रमाणित भए जेल जान तयार रहेको बताइन्। आफूले निर्मला पन्तलाई राम्रोसँग नचिनेको पनि दाबी गर्दै उनले भनिन्, ‘निर्मला हाम्रो घरमा एक/दुई चोटी आएकी हुन्। तर, म राम्रोसँग चिन्दिन्।’

‘अब यस्तो कहिल्यै नहोस्’

इतिहास ले एउटा किताब लेखेका छन्। त्यसको शीर्षक छ ‘अब यस्तो कहिल्यै नहोस्’। उनले यसमा बहादुर शाहको पालादेखि भएका दुर्घटना, हत्या, षड्यन्त्र आदि समेटेका छन्। उनको शीर्षकबाट नै के बुझिन्छ भने नेपालमा फेरि यस्ता रगतको खोलो नबगोस्। इतिहासमा जे भयो त्यो भयो। अब फेरि यस्ता दुःखद घटनाहरू हेर्न र देख्न नपरोस्। भनाइको तात्पर्य हो, नेपाली समाज र राज्य शान्तिपूर्वक चलोस्, अगाडि बढोस् र चिरस्थायी होओस्। हुन पनि हो बाबुराम आचार्यले जस्तै नेपाली जनताले चाहेको त्यही हो।

खुकुरी प्रहार गरी महिलाको हत्या

धादिङको नीलकण्ठ नगरपालिका– १४ धुवाकोट, रातमाटेकी एक महिलाको खुकुरी प्रहार गरी हत्या गरिएको छ। मंगलबार बिहान खेतमा घाँस काट्न गएकी २५ वर्षीय मनिका आले मगरको हत्या भएको प्रहरीले जानकारी दिएको छ।

युवकको हत्या गर्ने समूह पक्राउ, उजुरी दिनै डराउँछन पीडित

कैलालीको अत्तरियामा शनिवार एक युवकको हत्या र ३ जना घाइते हुने गरी खुकुरी प्रहार गर्ने मुख्य अभियुक्त सहित ४ जनालाई प्रहरीले सोमवार सार्वजनिक गरेको छ।  युवकको हत्यामा संलग्न मुख्य अभियुक्त कैलाली गोदावरी नगरपालिका २ का २१ बर्षीय बिनोद ऐर रहेको कैलालीका प्रहरी उपरीक्षक आभुषण तिम्सिनाले बताए।

श्रीमतिको हत्या गरी आफैं आत्महत्या

कैलालीको जानकी गाउँपालिका–७ गोलौरीमा एक व्यक्तिले श्रीमतिको हत्या गरी आफैं आत्महत्या गरेका छन्। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार आइतबार बिहान साढे ५ बजेतिर ३५ वर्षका प्रेमलाल चौधरीले ३२ वर्षकी श्रीमति रमा चौधरीको हत्या गरी आफैं आत्महत्या गरेका छन्।

पत्रकार ढकालको हत्या आरोपमा दुई पक्राउ

पत्रकार मनोहर ढकालका हत्या आरोपमा दुई जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ।  पक्राउपर्नेमा हेटौँडा–११ नवलपुरका १९ वर्षीय अनमोल पुडासैनी र मनहरी–१ का प्रवीण वाइबा रहेका छन्।

आफ्नै शिशु मार्ने आमा पक्राउ

आफ्नै शिशुलाई मारेर फालेको अभियोगमा प्रहरीले बुधबार एक महिलालाई पक्राउ गरेको छ। काठमाडाैं महाबौद्धस्थित आफ्नै कोठामा गत मंगलबार नवजात शिशु जन्माइ मारेर फरार हुँदै आएकी कपिलवस्तुकी मञ्जु चौधरीलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय काठमाडौँले जनाएको छ।

कोहलपुर यूवक हत्या काण्ड, फरार आरोपी नियन्त्रणमा लिन गोली प्रहार

पुस २७ गते सुर्खेत सिम्ता गाउँपालिका—४ का दिपक सिंहलाई बाँकेको कोहलपुरको बसपार्क स्थित खुला चौरमा मा घाँटी रेटेर हत्या गरेर फरार भएका आरोपीलाई बाँके प्रहरीले बर्दियामा बुधबार दिउँस  गोली प्रहार गरेको छ।

रुखमा झुण्डिएर आत्महत्या

बुढीगंगा नगरपालिका वडा नम्बर १ अम्कोटका ४० वर्षीय खगेन्द्र पाध्यायले रुखमा झुण्डिएर आत्महत्या गरेका छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्