२१ आश्विन २०८१ सोमबार
image/svg+xml

हजुरआमाको हत्या गर्नेलार्ई जन्मकैद

हजुरआमालाई कुटपिट गरी हत्या गरेको अभियोगमा एक महिलालाई जन्मकैदकाे सजाय दिइएको छ। जिल्ला अदालत भोजपुरले नातामा हजुरआमा पर्ने ईश्वरमाया राईलाई कुटपिट गरेर हत्या गरेको अभियोगमा टेम्के मैयुङ गाउँपालिका ९, लेखर्ककी २६ वर्षीय रिमा भनिने रेम कुमारी राईलाई जन्मकैदकाे सजाय सुनाएको हो।

श्रीमानकाे कुटपिटबाट श्रीमतीकाे मृत्यु

गुलरियामा श्रीमानकाे कुटपिटबाट श्रीमतीकाे मृत्यु भएकाे छ। साेमबार गुलरिया नगरपालिका वडा नं ५ का ३५ वर्षीय मोहन बोहराले २७ बर्षीय श्रीमती शुष्मा कुँवरकाे कुटपिट गरि हत्या गरेकाे जिल्ला प्रहरी कार्यलयले जनाएको छ।

खुकुरी प्रहार गरी कुमालको हत्या

रामपुर नगरपालिका–४, सदावर्त स्थित जलदेविस्थान पाल्पामा धारिलो हतियार प्रयोग गरि एक जनाको विभत्स हत्या भएको छ। स्थानीय ५५ वर्षीय भल बहादुर कुमालको घाँटीमा खुकुरी प्रहार गरि हत्या भएको हो।

‘दाइजोका लागि छाेरीकाे हत्या’ गरिएको माइतीकाे आरोप

गत बर्ष धुमधामसंग बिहे भएर वीरगन्जबाट ससुराल घर नेपालगन्ज गएकी माधुरी बर्णवाल घरको पंखामा झुण्डिएको अवस्थामा मृत फेला परेको मंगलवार उताबाट खबर आयो। हतार्ताहर नेपालगन्ज पुगेको माधुरीका बाबु, आमा र दाजुले उनको हत्या भएको बुझिएको बताएका छन्। घरभित्रै झुण्डिएको भेंटिएकी २६ बर्षीय माधुरीलाई श्रीमानका परिवारकाले प्रहरीलाई खबर नगरी अस्पताल पुर्याएका थिए।

श्रीमानले श्रीमतीको हत्या गरेको आरोप

मलङ्गवा नगरपालिका ६ खुटौनाकी १८ वर्षीया किरण देवी साहको हत्या भएको माइती पक्षले दावी गरेको छ। माइती पक्षको अवरोधका कारण शनिबार राती ८ बजे देखि नै मृतकको शव सदरमुकाममलंगवा स्थित जिल्ला अस्पतालको पोष्टमार्टम गृहमै थन्किएको छ।

पुरुषको हत्या अभियोगमा ३ महिला कारागार चलान

सोलुखुम्बुमा एक पुरुषको हत्या गरेको घटनामा ३ महिलालाई कारागार चलान गरिएको छ। माप्य दूधकोशी गाउँपालिका वाकु निवासी ४३ वर्षका अमरबहादुर मगरको हत्या आरोपमा ३ महिलालाई कारागार चलान गरिएको जिल्ला अदालतका श्रेष्तेदार देवेन्द्र ढकालले बताए। महिलाहरुले प्रहरीसंग गरेको कागजात, मृतकसंगको सम्बन्ध, कल डिटेल, अदालत समक्ष गरिएको बयानको आधारमा कारागार चलान गरिएको उनले बताए।

बम्जन आश्रम फलोअप: नुनका पोका र कोइला लिएर फर्कियो सिआइबी टोली

‘तपस्वी’ रामबहादुर बम्जनको बाँडेगाउँस्थित आश्रम दुई दिन नियन्त्रणमा लिएर अनुसन्धान गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोली फर्केको छ।अनुयायी हत्या गरी गाडेको आरोप लागेको आश्रमबाट नुनका खाली पोका र कोइलाका नमूना संकलन गर्दै सिआइबी टोली फर्केको हो।

टीकापुर जाँचबुझ आयोगको प्रतिवेदन गृहले लुकायो

कैलालीको टीकापुरमा ७ जना सुरक्षाकर्मीसहित एक दूधे बालकको ज्यान जानेगरी भएको हत्याकाण्डको जाँचबुझ आयोगको प्रतिवेदन अहिलेसम्म सार्वजनिक भएको छैन। गृहमन्त्रालयमा थन्केको सो आयोगको प्रतिवेदन सरकारले अहिलेसम्म सार्वजनिक गरेको छैन। एक बालक तथा ७ प्रहरीको मृत्यु भएको सो घटनाको अनुसन्धान गर्न सरकारले उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको थियो तर, प्रतिवेदन भने सार्वजनिक गरेको छैन।

सिलौटाले प्रहार गरी बृद्दको हत्या आरोपितलाई जन्मकैद

सप्तरी महादेवा गाउँपालिका–४ साविक डाँढा गाविस–८ का एक वृद्धलाई बोक्सोको आरोपमा हत्या गर्ने आरोपितलाई जिल्ला अदालत सप्तरीले जन्मकैदको फैसला गरेको छ। महादेवा गाउँपालिका–४ मनियारी पर्साही मुसहरी टोलका ६१ वर्षीय भोला सदालाई बुधबार जन्मकैद सजायको फैसला गरेको अदालतका स्रेस्तेदार दिलकुमार वर्देवाले जानकारी दिए।

३ हजारमै हत्याको सुपारी !

सर्लाही स्थित बरहथवामा केही दिन अघि निजी विद्यालय संचालक हत्यामा संलग्न आरोपित अभियुक्तले ३ हजार रुपैंया लिएर घटना गराएको प्रहरी अनुसन्धानबाट खुलेको छ। पेशेवर हत्याराले लाखौं लिएर हत्याको सुपारी लिने गरेको समाचारहरु आउने गरेको भएपनि बरहथवा नगरपालिका–५ हात्तीडण्डा निवासी ३० वर्षीय मालिक महतोको हत्याका आरोपीले योजनाकारसँग ३ हजार रुपैंया मात्रै लिएर घटना गराएको देखिएको हो।

‘कोलम्बियाली राष्ट्रपतिको हत्या प्रयास’

कोलम्बियाका राष्ट्रपति इभान डुक्युको हत्या गर्ने प्रयास भएको दाबी गरिएको छ। कोलम्बियाका विदेशमन्त्री कार्लोस होल्मस ट्रुजिल्लोले भेनेजुएलाका तीन नागरिकले राष्ट्रपतिको हत्या गर्न लागेको दाबी गरेका हुन्। उनले हत्या गर्न लागेको अभियोगमा तीन जना भेनेजुएली नागरिकलाई पक्राउ गरिएको पनि जानकारी दिएका छन्।

विद्यालय संचालकको हत्या आरोपी सार्वजनिक

निजी विद्यालय संचालक मालिक महतोको हत्यामा संलग्न भएको आरोपमा २ जनालाई पक्राउ गरी प्रहरीले मंगलबार सार्वजनिक गरेको छ। बरहथवा नगरपालिका–५ हात्तीडण्डा निवासी ३० वर्षीय मालिकको गत शुक्रबार राती भएको हत्यामा संलग्न आरोपमा पक्राउ परेका दुई जनालाई ईलाका प्रहरी कार्यालय बरहथवामा संचारकर्मी माझ सार्वजनिक गरिएको हो।

ससुराको हत्या, बुहारी प्रहरी नियन्त्रणमा

अपरिपचत व्यक्तिले आइतबार राति सिगास गाउँपालिका– ९ श्रीभावरका ६० वर्षीय जसु बोहराको हत्या गरेको छ भने उनकी २१ वर्षीया बुहारी लक्ष्मीलाई घाइते बनाएको छ । प्रहरीले घटनापछि घाइते लक्ष्मीलाई नियन्त्रणमा लिएको छ ।

निर्मला हत्या प्रकरण : भिआइपी अभिव्यक्ति नै भ्रामक

उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले कञ्चनपुर भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको हत्यारा पत्ता लागिसकेको अभिव्यक्ति दिएको दुई सातापछि नेपाल प्रहरीले भने हत्यारा अझै पत्ता नलागेको बताएको छ।

आत्महत्या गर्न लागेका युवाको उद्धार

आत्महत्या गर्न लागेका एक युवकलाई प्रहरीले उद्धार गरेकाे छ। आइतवार खोटाङ दिक्तेल रुपाकोट मझुवाकोट १३ नुनथला बस्ने मानसिक अवस्था ठिक नभएका १८ बर्षीया एक युवा घर नजिकै रहेको जंगलको रुखमा पासो लगाई झुण्डिई आत्महत्या गर्न लागेको अवस्थामा तत्काल प्रहरी टोली खटिई गई उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्