२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

खुकुरी प्रहार गरी कुमालको हत्या

पाल्पा- रामपुर नगरपालिका–४, सदावर्त स्थित जलदेविस्थान पाल्पामा धारिलो हतियार प्रयोग गरि एक जनाको विभत्स हत्या भएको छ। स्थानीय ५५ वर्षीय भल बहादुर कुमालको घाँटीमा खुकुरी प्रहार गरि हत्या भएको हो।

हत्याको आरोपमा रामपुर नगरपालिका–४, का छिमेकी ४० वर्षीय मनोज थापालाई जिल्ला प्रहरी कार्यालयले नियन्त्रणमा लिई अनुसन्धान अगाडि बढाएको पाल्पा प्रहरी प्रमुख विश्वमणी पोखरेलले बताए। आइतबार राती ८ बजे घरछेउकै बाटोमा हिँडिरहेको समयमा कुमालको हत्या भएको हो।

पक्राउ परेका मनोजलाई जिल्ला प्रहरी कार्यालय पाल्पामा ल्याई अनुसन्धान अगाडि बढाइएको छ। पहिलेदेखिसँगै खानपान गर्दै आएका कुमाल र थापाबीच पुरानो रिसिवी हुनसक्ने प्रहरी प्रमुख पोखरेलले बताए। घटनाबारे थप अनुसन्धान गर्न जिल्लाबाट डिएसपी विनोद घिमिरेको टोली घटनास्थल पुगेको छ।

दिनभर गिटी वालुवाको मिस्त्री काम गरेर खाने कुमालको हत्या साझ खाने क्रममा भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। हत्याको अभियोग लागेका थापालाई एक घरमा लुकेर बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको बताएको छ।

प्रकाशित: २३ पुस २०७५ ०२:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App