२१ आश्विन २०८१ सोमबार
image/svg+xml

रिकभर भएन डिलिट गरिएका फुटेज

निर्मला हत्या भएको साउन १० गते ओपेरा होटल र महेन्द्रनगरमा राखिएका सिसी क्यामेराका डिलिट गरिएका फुटेज रिकभर हुन नसकेको प्रहरीले बताएको छ।

सर्लाहीमा विद्यालय सञ्चालकको विभत्स हत्या

सर्लाहीमा एक निजी विद्यालय सञ्चालकको विभत्स हत्या भएको छ। ढुंग्रेखोलाको जिरायत स्थित सुपर भिजन बोर्डिङ्ग स्कुलका सञ्चालक एवं सोही विद्यालयका शिक्षक मालिक महतोको शुक्रबार राती हत्या भएको हो।

सर्लाहीमा एक युवकको विभत्स हत्या

सर्लाहीको दक्षिण–पश्चिम क्षेत्रस्थित बरहथवामा १ युवकको विभत्स ढंगले हत्या गरिएको छ। बरहथवा नगरपालिका–५ का विलास महतोका ३० वर्षीय छोरा मालिक महतोको हत्या भएको हो।

निर्मला हत्या प्रकरण : प्रदीपविरुद्ध प्रमाण खोज्दै प्रहरी

निर्मला पन्तको हत्यामा आरोप स्विकारेको भनिएका भीमदत्त पन्त नगरपालिका १८ का प्रदीप रावलको डिएनए रिपोर्ट नमिलेपछि प्रहरी उनलाई नै दोषी ठहर गर्न अरु प्रमाण जुटाउन लागेको छ। प्रदीपसँगै पक्राउ परेका विशाल चौधरीको डिएनएको रिपोर्ट भने प्रहरीले अझै सार्वजनिक गरेको छैन।

श्रीमान विदेशमा, परपुरुषसँगको सम्बन्धबाट जन्मिएको शिशु मार्दा श्रीमती प्रहरी खोरमा

आफैंले जन्माएकाे नबजात शिशुको हत्या आरोपमा एक महिला पक्राउ परेकी छन्। भानु नगरपालिका ३ दोरदोर बस्ने ३७ बर्षाीया लक्ष्मी गन्दर्भ नबजात शिशुको हत्या आरोपमा पक्राउ परेकी हुन्। मंगलबार भानु ३ चण्डीथोकस्थित पाखो बारीमा महिलाले लगाउने सुरुवालले घाँटीमा कसेर बेरेको अवस्थामा लिङ्ग पहिचान नभएको नवजात शिशुको शव फेला परेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए।

पत्रकार मारिने क्रम बढ्योः सीपीजे

पत्रकारहरुको अन्तर्राष्ट्रिय संस्था कमिटी टु प्रोटेक्ट जर्नालिस्ट(सीपीजे)ले सन् २०१८मा गतवर्ष भन्दा मारिने पत्रकारको संख्या बाढेको जनाएको छ। विश्वभरमा रिपोर्टिङकै क्रममा ३४जनासहित जम्मा ५३ जना पत्रकारकाे हत्या भएकाे सीपीजेले जनाएको हो ।

निर्मला हत्या प्रकरणको प्रतिवेदन बुझाइयो

कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको बलात्कार र हत्या अनुसन्धानका लागि प्रहरीका तर्फबाट गठित समितिले आफ्नो प्रतिवेदन बुझाएको छ। समितिका संयोजक एआइजी धिरु बस्न्यातले ५ सय ३२ पृष्ठको प्रतिवेदन प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाललाई बुझाएका हुन्।

ढुंगाले हानेर एकको हत्या

रुपन्देहीको तिलोत्तमा नगरपालिकामा एक जना युवाको ढुङ्गाले हानेर हत्या गरीएको छ। तिलोत्तमा ७ दल्गाका २६ वर्षीय अशोक मुसहरकाे बुधबार राती ढुंगाले हानेर हत्या गरीएको प्रहरीले बताएकाे छ।

प्रहरी गतिविधिले स्थानीय असन्तुष्ट

साउन १० गते साथी रोशनी बमको घरमा गएकी निर्मला पन्त हराएपछि आमा दुर्गादेवी र छिमेकीले अनेक बिन्ती गर्दा पनि प्रहरी खोजीमा गइदिएन। युवती हराउने र खोजी गर्दा बलात्कारसहित हत्या भएको अवस्थामा फेला पर्ने घटना भइरहेका बेला प्रहरीको यो व्यवहारले स्थानीय असन्तुष्ट बने। निर्मला हराएको बम दिदीबहिनीको घरबाट अनुसन्धान गर्नू भन्दा प्रहरीले इन्कार ग-यो।

आमाले आत्महत्या गरेपछि चार बालबालिकाको बिचल्ली

विद्यालयबाट घर आउँदा, बेनी नगरपालिका वडा नम्बर २ की १० वर्षीया सुस्मिता किसानले कल्पनै नगरेको दृश्य देखिन्। उनकी आमा मैया साँघुरो कोठामा डोरीले पासो लगाएर झुन्डिएकी थिइन्। सपना हो कि विपना छुट्याउनै गाह्रो भयो सुस्मितालाई। तर यो यथार्थ थियो।

प्रहरीसँग छैन पक्राउ र रिहा विवरण

प्रहरीले कुनै व्यक्तिलाई पक्राउ गरिसकेपछि कसैको रोहबरमा छाड्ने प्रावधान छ। साउन ९ गते राति पाले चौधरीको पसलमा मासु र नगद चोरी भयो। उनले प्रहरीलाई जाहेरी दिए। सालघारी प्रहरी पोस्टबाट गएको प्रहरी टोलीले चौधरीकै पसलनजिकबाट साउन १० गते बिहान १० बजेतिर प्रदीप रावललाई पक्राउ गरेर लगे। उक्त पक्राउबारे प्रहरीले स्विकारोक्ति छ तर कुनै लिखित विवरण नहुँदा कतिबेला रिहा गरिएको भन्ने स्पष्ट हुन सकेको छैन।

निर्मलाका हत्याराको पहिचान ढिलोचाँडो हुन्छ, धैर्य गरौं : प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको १४ वर्षीया बालिका निर्मला पन्तको घटनामा दोषीलाई कारवाहीमा ल्याउन सरकार निरन्तर अनुसन्धानमा लागिरहेको बताएका छन्।

रुसका एक प्रहरीले गरे ५६ जनाको हत्या

रुसको एक अदालतले सोमबार एक पूर्व प्रहरीलाई ५६ जनाको हत्यामा दोषी ठहर गरेको छ। यसअघि पनि उनले करिब २२ जना महिलाको हत्या गरेको अभियोगमा उनलार्इ जन्म कैदको सजाय सुनाइसकिएको छ।

मृत अवस्थामा बालक फेला

कञ्चनपुर कृष्णपुर नगरपालिका– ४ अत्तरिया टोलमा आज एक बालक मृत अवस्थामा फेला परेका छन् । स्थानीय खड्क बमका करिब १२ वर्षीय छोरा विवेक मृत अवस्थामा फेला परेको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्