२१ आश्विन २०८१ सोमबार
image/svg+xml

टिचिङ अस्पतालभित्र आत्महत्या

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्ज परिसरभित्र एक वृद्धले आत्महत्या गरेका छन्। काठमाडौँ महानगरपालिका–३ धारामार्ग बस्ने ७६ वर्षीय कृष्णबहादुर बोहराले आइतबार साँझ झुण्डिएर आत्महत्या गरेका हुन्।

आमा भन्छिन् : अपराधी पत्ता लागेमात्र मनले शान्ति पाउँछ

‘आँसु चुहाएर मात्र पीडा देखिने होइन। चौबीसै घण्टा मेरो छाती जलिरहेको हुन्छ’, बलात्कारपछि हत्या गरिएकी निर्मला पन्तकी आमा दुर्गादेवीले भनिन्, ‘छोरीको पीडाले तीनचार महिना रुँदा आँखाको आँसु पनि सकिन थाल्यो।’ वास्तविक अपराधी छिटो पत्ता लागोस् भन्ने उनको चाहना छ। ‘मलाई न्याय चाहिएको हो। अपराधी पत्ता लागेमात्र मन शान्त हुन्छ’, उनले भनिन्।

नक्कली अभियुक्त खडा गरेको भन्दै महिला संघद्वारा गृहमन्त्रीको राजीनामा माग

नेपाल महिला संघले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तका हत्यारालाई पत्ता लगाउन नसकेको भन्दै गृहमन्त्री राम बहादुर थापाको राजीनामा माग गरेको छ।  महिला संघले आइतबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गरी निर्मलाको हत्यारा पत्ता लगाउन वर्तमान सरकार असफल भएको दाबी गर्दै गृहमन्त्री थापाको राजीनामा माग गरेको हो।

'गरिब भएकै कारण अन्याय नहोस्’

निर्मला पन्तको हत्या प्रकरणमा छानबिनका लागि पछिल्लोपटक पक्राउ परेका प्रदीप रावल र विशाल चौधरी दुवै गरिब परिवारका हुन् । प्रहरीले दुवैजनासँग काठमाडौंमा बयान लिइरहेको छ ।

डिएनए रिपोर्ट पर्खंदै प्रहरी

निर्मला पन्तको बलात्कारपछि हत्या भएको अनुसन्धानका क्रममा प्रहरीले डिएनए परीक्षणको रिपोर्ट पर्खन थालेको छ।

अनुसन्धान रावल र चौधरीमा केन्द्रित

निर्मला पन्त हत्याको चार महिनापछि प्रहरीले उनकै छिमेकी वडाका दुई युवकमा अनुसन्धान केन्द्रित गरेको छ।

रावलको बयानपछि थप दुई पक्राउ

निर्मला पन्तको हत्या प्रकरण छानबिनका लागि केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले नियन्त्रणमा लिएका प्रदीप रावलको बयानका आधारमा कञ्चनपुबाट दुई जनालाई पक्राउ गरी काठमाडौं ल्याइएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका– १८ का १७ वर्षीय दिनेश चौधरी र विश्वास चौधरीलाई पक्राउ गरी काठमाडौं ल्याइएको हो। प्रहरीले उनीहरुका अभिभावकलाई पनि सँगै ल्याएको छ।

साथीको हत्या आरोपमा एक युवक पक्राउ

जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ। जिल्लाको आठबीसकोट नगरपालिका–५ का २८ वर्षीय धनबहादुर विकलाई आफ्नै साथीको हत्या आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रदेश नम्बर एक : ११ महिनामा ५४ जनाको हत्या

सन् २०१८ को ११ महिनामा प्रदेश नम्बर १ मा ५४ जनाको हत्या भएको छ। इन्सेक नम्बर एक कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र मानवीय अवस्थाको स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रकृतिका घटनामा ५४ जनाले ज्यान गुमाएको उल्लेख छ।

निर्मला प्रकरणमा पक्राउ परेका रावलको बयान पुनः शुरु

निर्मला पन्त हत्या प्रकरणको छानविनका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले नियन्त्रणमा राखेका प्रदीप रावलको बयान आज विहान ७ बजेदेखि पुनःशुरु भएको छ। आइजीपी २ बजेराती फिर्ता भएपछि रोकिएको बयान शुरु भएको हो।

हत्यारा खोज्न फेरि अर्को टोली

कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी निर्मला पन्तको बलात्कारपछि हत्या घटनामा गृह मन्त्रालयले अनुसन्धानका लागि विशेषज्ञ टोली गठन गर्ने तयारी गरेको छ।

निर्मलाका हत्यारालाई केही दिनमै बाहिर ल्याएर कारबाही गर्छाैंः प्रवक्ता विश्वकर्मा

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्कबहादुर विश्वकर्माले बलात्कारी र भ्रष्टाचारीलाई कुनै पनि हालतमा नछोड्ने बताएका छन्। गृहजिल्ला कालिकोट पुगेका नेता विकले देशमा भ्रष्टाचारले सीमा नाघेकाले अब पार्टीले कारवाहीको निशाना तयार गरेको दाबी गरे।

‘हत्यारा पत्ता लगाउने नसक्ने सुरक्षाकर्मी मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्नको लागि मात्रै हो ?’

राष्ट्रिय जनता पार्टीका नेता लक्ष्मणलाल कर्णले वर्तमान सरकार पूर्ण रुपमा असफल भैसकेको पनि आरोप लगाएका छन्। सरकारले मुलुकमा शान्ति, सुरक्षा र अमनचयन समेत कायम गर्न नसकेको भन्दै सुरक्षाकर्मी हत्यारा पत्ता लगाउन राखिएको हो कि मन्त्री र प्रधानमन्त्रीलाई स्यालुट ठोक्न भनी प्रश्न गरे।

शिकार खेल्न गएका साथीको गोली हानी हत्या

करिब १० दिनदेखि घरबाट हराइरहेका धरान १७, उदय टोल (नमस्ते चोक) का एक युवालाई आफ्नै साथीहरुले वनमा शिकार खेल्न जादा हत्या गरेको खुलेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्