२१ आश्विन २०८१ सोमबार
image/svg+xml
समाज

साथीको हत्या आरोपमा एक युवक पक्राउ

रुकुम - जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) ले हत्या आरोपमा एक युवकलाई पक्राउ गरेको छ। जिल्लाको आठबीसकोट नगरपालिका–५ का २८ वर्षीय धनबहादुर विकलाई आफ्नै साथीको हत्या आरोपमा पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।

विकले गाउँकै २२ वर्षीय रविन सार्कीलाई कुटपिट गर्दा उनको उपचारको क्रममा मृत्यु भएको थियो। गत मंसिर ७ गते नगरपालिका–९ राडी बजारबाट घर आउँदै गरेका सार्कीलाई विकले नगरपालिका–४ गिदीविसा भन्ने ठाउँमा कुटपिट गरेको प्रहरीले बताएको छ। कुटपिटबाट गम्भीर घाइते भएका सार्कीको गत मंसिर ११ गते मेडिकल कलेज कोहलपुर बाँकेमा उपचारका क्रममा मृत्यु भएको थियो।

उक्त घटना भन्दा पहिले सार्कीले विकलाई कुटपिट गरेको घाइते बनाएको जिल्ला प्रहरी कार्यालय रुकुम (पश्चिम) का प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुमित खड्काले जानकारी दिए। त्यसैको बदलामा सार्कीलाई कुटपिट गरेको उनले बताए। सार्कीले घाइते विकको उपचारको लागि खर्च भएको दुई हजार रुपैयाँ समेत नदिएका कारण विवाद सिर्जना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको डिएसपी खड्काले बताए।

कुटपिटपछि फरार भएका विकलाई प्रहरीले जाजरकोटको बगरा भन्ने स्थानबाट गत मंसिर १० गते नै पक्राउ गरेको भएपनि अनुसन्धानका कारण विहिबार मात्रै सार्वजनिक गरेको हाे। विक विरुद्ध कर्तव्य जान सम्बन्धिको मुद्दा दर्ता गरिएको प्रहरीको भनाई छ। उनलाई जिल्ला अदालतबाट म्याद थप गरी घटनाको बारेमा थप अनुसन्धान भइरहेको डिएसपी खड्काले जानकारी दिए। 

 

प्रकाशित: २० मंसिर २०७५ ११:५३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App