३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

‘निर्मलालाई राम्रोसँग चिन्दिन्, दोषी प्रमाणित गरे जेल जान तयार छौं’

काठमाडौं– कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कार हत्या काण्डमा आफूहरुको कुनै संलग्नता नरहेको बम दिदीबहिनीले स्पष्ट पारेका छन्। उनीहरुले यो प्रकरणमा दोषी प्रमाणित गरे आफूहरु जस्तोसुकै सजाय पनि भोग्न तयार रहेको बताए। 

सोमबार रिपोर्टर्स क्लबमा पत्रकार सम्मेलन गर्दै उनीहरुले आफूलाई मानव अधिकारकर्मी भन्नेहरुले चरित्र हत्या गर्नेगरी स्थलगत अध्ययन तथा अनुसन्धान नै नगरी गलत प्रतिवेदन बाहिर ल्याएको पनि आरोप लगाए। निर्मलाकी साथीसमेत रहेकी रोशनी बमले भनिन्, ‘निर्मला मेरी साथी हुन्। यो प्रकरणमा मिडियाले पनि सत्य कुरा बाहिर ल्याउनुपर्छ।’

दिदी बबिता बमले आफूहरु दोषी प्रमाणित भए जेल जान तयार रहेको बताइन्। आफूले निर्मला पन्तलाई राम्रोसँग नचिनेको पनि दाबी गर्दै उनले भनिन्, ‘निर्मला हाम्रो घरमा एक/दुई चोटी आएकी हुन्। तर, म राम्रोसँग चिन्दिन्।’

प्रहरी अनुसन्धानले आफूहरुलाई दोषी सावित गरी नसकेको अवस्थामा गत असोजमा नेपाल मानव अधिकार संगठनको नामबाट चरित्र हत्या गर्नेगरी र आफूहरुलाई उक्त हत्याको मतियार भन्दै प्रतिवेदन बाहिर ल्याएको भन्दै उनले कडा आक्रोश पोखिन्। 

‘न हामीलाई भेटे, न हाम्रा छिमेकीहरुलाई नै सोधे यसलाई कसरी प्रमाणित गर्छन्? मेरी दिदी अहिलेसम्म त्यो होटेलमा गए नगएको उनीहरुले बुझ्न समेत चाहेनन्’, उनले भनिन्।

संगठनको प्रतिवेदन सार्वजनिक भएपछि आफूहरु बहिष्कृत, अपमानित र नारकीय सामाजिक जीवन विताउन बाध्य भएको बताउँदै रोशनीले थपिन, ‘हाम्रो पढाई छुटेको छ, सामाजिक बेइज्जती भएको छ। आफन्त र विद्यालयका साथीहरुले हामीलाई अपराधी र अनैतिक चरित्रका मानिसका रुपमा हेर्ने गर्न थालेको छन।  उक्त झुटो प्रतिवदेनले गर्दा हाम्रो व्यक्तिगत जीवनमा पारेको क्षतिको क्षतिपूर्ति हुनुपर्छ।’

प्रहरीले अनुसन्धानका लागि भन्दै आफूहरुलाई दुईपटक पक्राउ गरेको सुनाउँदै उनले थपिन्, ‘म ७ दिन र दिदी २० दिन हिरासतमा बस्यौं। प्रहरीले हामीमाथि अनेक तरहले अनुसन्धान गर्यो। कतिपय बेला आरोप स्वीकार गर्न शारीरिक र मानसिक यातना समेत दियो।’

प्रहरीले आफूहरुको मोवाइलको कल डिटेल पनि चेक गरेको र एक महिनासम्म दिदीको मोवाइल प्रहरीको नियन्त्रणमै राखेको तर, कुनैपनि कोणबाट घटनामा आफूहरुको संलग्नता पुष्टि नभएपछि प्रहरीले छोडेको उनले स्पष्ट पारिन्।
तर, प्रहरीले घट्नामा आफूहरुको संलग्नता पुष्टि हुने कुनै तथ्य फेला नपरेको भन्दै छोडे पनि समाज, राष्ट्रिय मिडिया र सामाजिक सञ्जालले आफूहरुलाई अपराधीको रुपमा चित्रित गर्न नछोडेको उनको गुनासो छ।

अनुसन्धानको लागि काठमाडौंबाट अहिलेसम्म प्रहरीको ७ टोली कञ्चनपुर गैसकेको सुनाउँदै उनले आफूहरु दोषी भएको भए प्रहरीले किन प्रमाणित नगरेको त भन्दै प्रश्न गरिन्। 

कार्यक्रममा दिदी बबिता बमले आफूहरु दोषी प्रमाणित भए जेल जान तयार रहेको बताइन्। उनले थपिन्, ‘दोषी को हो भनेर राज्यले छानबिन गर्ने हो। यो सरकारको काम हो। नेपाल मानव अधिकार संगठनले आफ्नो प्रतिवेदनमा लेखेका सबै कुरा झुटो छन्। झुटो कुरा लेखेर हाम्रो बद्नाम गरियो। यदि लेखेको कुरा प्रमाणित भए हामी जेल जान तयार छौं।’
बिना आधार र प्रमाण, र सत्य तथ्य नबुझी एकपक्षीय रुपमा आफूहरुको चरित्र हत्या गर्ने प्रतिवेदन ल्याएको नेपाल मानव अधिकार संगठनविरुद्ध अदालत जाने समेत उनले चेतावनी दिइन्। 

आफूले निर्मला पन्तलाई राम्रोसँग नचिनेको पनि दाबी गर्दै उनले भनिन्, ‘निर्मला हाम्रो घरमा एक/दुई चोटी आएकी हुन्। तर, म राम्रोसँग चिन्दिन्।’

त्यस्तै कार्यक्रममा रोशनी र बबिताकी आमा इन्द्रा बमले यो प्रकरणमा आफ्ना छोरीहरुको नाम मुछेर चरित्र हत्या गर्ने काम भएको गुनासो पोखिन्। उनले भनिन्, ‘निर्मला पनि मेरी छोरी हुन्। उनले न्याय पाउनुपर्छ। दोषी पत्ता लगाउनुपर्छ।’

प्रकाशित: १४ माघ २०७५ ११:१७ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App