९ मंसिर २०८१ आइतबार
image/svg+xml

विराट गोल्डकप: घरेलु टोली विराटनगरलाई हराउँदै एपिएफ फाइनलमा

बुधबार राति भएको खेलमा घरेलु टोली विराटनगरलाई ३–२ गोलमा पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो। एपिएफको फाइनल यात्राका नायक मणि लामा भए । उनले अन्तिम समय टोलीका लागि गोल संख्या थप्ने काम गरे। एपिएफ विराट गोल्डकपको फाइनलमा दोस्रो पटक प्रवेश गरेको छ।

विराट गोल्डकपः अफ्रिकनलाई पुनः हराउँदै संकटा सेमिफाइनलमा

विराटनगरको सहिद रंगशालामा मंगलबार राति भएको खेलमा काठमाडौंको संकटा क्लब विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको छ।

मेयर कप ब्याडमिन्टन प्रतियोगिताः सिमा राजबंशी सेमिफाइनलमा

कस्तुरी कलेज इटहरीकी सिमा राजबंशी प्रदेश नं. १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगितामा महिला एकल तर्फ अन्तिम चारमा प्रवेश गर्न सफल भएकी छिन्।

विराट गोल्डकपः क्वाटरफाइनलमा पंजाब पुलिस, अन्तिम समयमा आएन मनाङ

भारतको पंजाब पुलिस क्लब विराटनगरमा जारी विराट गोल्डकपको क्वाटर फाइनलमा प्रवेश गरेको छ । विराट गोल्डकप ट्रष्टले आयोजना गरेको प्रतियोगिताअन्तर्गत शुक्रबार राति सहिद रंगशालामा सम्पन्न खेलमा रुपन्देहीको गोर्खा ब्वाइज क्लबलाई टाइब्रेकरमा ४–२ गोलमा पराजित गरेको हो ।

अफ्रिकन रुट्स सेमिफाइनलमा

हेटौंडामा बागमती गोल्डकपको उपाधि प्रतिस्पर्धाका लागि फर्किनुअघि अफ्रिकन रुट्स एसोसिएसनले पोखरामा आइतबार मछिन्द्र क्लबलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ।

गणेशमान सिंह स्मृति बक्सिङ: मोहन र सुरज क्वार्टरफाइनलमा

बुधबार भएको पुरुष ४९ केजी तौलसमूहमा मोहनले बक्समान्डुका अभिराज तामाङ र सुरजले ताल्चीखेलका हेविचन्द्र साम्पाङलाई हराउँदै अन्तिम आठमा स्थान बनाएका हुन्।

टाइब्रेकरबाट मच्छिन्द्र सेमिफाइनलमा

नेपाल लिग विजेता मच्छिन्द्र क्लब छैटौं अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकपको सेमिफाइनल माप्रवेश गरेको छ। सोमबारको खेलमा बुटवलको गोर्खा स्पोर्टिङ क्लबलाई टाइब्रेकरमा पराजित गर्दै मच्छिन्द्रले सेमिफाइनल स्थान पक्का गरेको हो।

महिला भलिबलः उपविजेता हुँदै नेपाल सेमिफाइनलमा

१३ औं दक्षिण एसियाली खेलकुद प्रतियोगिता (साग) महिला भलिबलमा नेपाल सेमिफाइनलमा प्रवेश गरेको छ।

पाहुना टोली सिक्किम क्वार्टरफाइनलमा प्रवेश

पाहुना टोली एफसी सिक्किमले झापाको डोमालाल राजवंशी रंगशालामा शनिबारदेखि सुरु अन्नपूर्ण हाम्रो पूर्वाञ्चल अन्तर्राष्ट्रिय गोल्डकपमा विजयी सुरुआत गरेको छ। उद्घाटन खेलमा आयोजक जायोन स्पोर्ट्स क्लबलाई ५–२ गोलले पराजित गर्दै सिक्किम क्वार्टरफाइनलमा प्रवेश गरेको हो।

राप्रपा अध्यक्ष थापा सेमिफाइनलमा

भुटानमा जारी पाँचौं संस्करणको भुटान–भारतमैत्री टेनिस प्रतियोगितामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापा सेमिफाइनलमा प्रवेश गरेका छन्।

सडन डेथबाट क्यामरुनी टोली फाइनलमा

लिग च्याम्पियन सिक्नेचर मनाङ मस्र्याङ्दी क्लबको चुनौतीलाई सडन डेथमा पन्छाउँदै पहिलो पटक सहभागी बनेको पाहुना टोली क्यामरुनको डफिन्स फुटबल क्लब परिवार मनकामना केवलकार पोखरा कपको फाइनलमा प्रवेश गरेको छ। शनिबार पोखरा रंगशालामा सडन डेथमा क्यामरुनी टोलीले मनाङलाई ५–४ गोलअन्तरले पराजित गर्दै उपाधि निकट पुग्यो।

बंगलादेश एसिया कप क्रिकेटको फाइनलमा, उपाधिका लागि भारतसँग भिड्ने

युएइमा जारी एसिया कप क्रिकेटमा पाकिस्तानलाई हराउँदै बंगलादेश फाइनलमा प्रवेश गरेको छ। बुधबार राति आबुधावीमा सम्पन्न सुपर फोरको अन्तिम खेलमा पाकिस्तानलाई ३७ रनले पराजित गर्दै बंगलादेशले उपाधिका लागि भारतसँगको भेट पक्का गरेको हो।

ब्याड्मिन्टनमा उत्साहजनक सफलता

इन्डोनेसियामा जारी १८ औं एसियाली खेलकुद (एसियाड) अन्तर्गत ब्याडमिन्टनको पुरुष टिम इभेन्ट्समा नेपाल क्वाटरफाइनलमा प्रवेश गरेको छ।

फ्रान्स विश्वकप फुटबलको फाइनलमा, बेल्जियम १–० ले पराजित

फ्रान्स रूसमा जारी २१ औं संस्करणको फिफा विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ।

पेनाल्टी सुट अाउटमा रुसको विश्वकप यात्रा रोक्दै क्रोएसिया सेमिफाइनलमा

रोमाञ्चक खेलमा आयोजक रुसलाई पेनाल्टी सुट आउटमा पराजित गर्दै क्रोएसिया सन् १९९८ पछि पहिलो पटक विश्वकपको सेमिफाइनलमा स्थान बनाउन सफल भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्