७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
खेल

अफ्रिकन रुट्स सेमिफाइनलमा

हेटौंडामा बागमती गोल्डकपको उपाधि प्रतिस्पर्धाका लागि फर्किनुअघि अफ्रिकन रुट्स एसोसिएसनले पोखरामा आइतबार मछिन्द्र क्लबलाई २–१ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ। १९औं संस्करणको आहा राराको पहिलो सहभागितामा मछिन्द्रलाई पराजित गर्दै अफ्रिकन टोली बाग्मती गोल्डकपको उपाधिका लागि हेटाैंडा प्रस्थान गरेको छ। अफ्रिकन टोलीले सोमबार रुस्लान थ्री स्टारसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।  

शारीरिक रूपमा अग्ला र बलिया खेलाडी सम्मिलित अफ्रिकी टोलीले सुरुदेखि नै दबाब बनाइराख्यो। खेलको २३औं मिनेटमा म्यान अफ दी म्याच मोउसाले गोल गर्दै अग्रता दिलाए। मछिन्द्रका कप्तान रञ्जित धिमालको खुट्टाबाट फुत्किएको बललाई एनजिमीले कलेक्ट गर्दै मोउसालाई पास उपलब्ध गराए। मोउसालाई कुनै गल्ती नगरी हानेको ग्रास बल मछिन्द्रका गोलकिपर विशाल श्रेष्ठले रोक्ने प्रयास गरे। तर उनको प्रयास विफल हुँदा बल सेकेन्ड बारमा गोल हुन पुग्यो।  

खेलको ८३औं मिनेटमा डिजोमोको क्रस पासमा एनजिमीले गोल गर्दै अफ्रिकन रुट्स एसोसिएसनलाई २–० गोलको अग्रतामा पु¥याए। खेलको अतिरिक्त समयमा सुनील बलको पासमा अभिषेक रिजालले गोल गर्दै खेल २–१ को स्थितिमा झारे। तर खेलमा फर्किन मछिन्द्रलाई धेरै ढिलो भइसकेको थियो। अन्ततः पोखराको बसाइ छोट्याउँदै मछिन्द्र आहा रारा गोल्डकपबाट बिदा हुन पुग्यो। सोमबारको खेल मनाङ मस्र्याङदीले संकटाविरुद्ध खेल्नेछ। 

प्रकाशित: २३ चैत्र २०७७ ०५:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App