४ मंसिर २०८१ मंगलबार
image/svg+xml

कोरोना संकटमा स्वास्थ्यकर्मी कै पीर

जिल्ला अस्पताल कालीकोटमा तीन जना विशेषज्ञ चिकित्सकको दरबन्दी छ। तर विडम्बना यो अस्पताल लामो समयदेखि विशेषज्ञ चिकित्सकविहीन छ। प्रदेशकै ठूलो अस्पताल प्रदेश अस्पताल सुर्खेतमा ५० जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए पनि ६ जना मात्र विशेषज्ञ चिकित्सक छन्। यति मात्र होइन कर्णालीमा दरबन्दीअनुसार विशेष र अन्य स्वास्थ्यकर्मीको अभाव छ, जसले यहाँका बासिन्दा गुणस्तरीय स्वास्थ्य सेवा पाउनबाट वञ्चित छन्।

ताप्लेजुङबाट थप एकको स्वाब परीक्षणका लागि पठाइयो

ताप्लेजुङबाट थप १ जनाको स्वाब परीक्षणका लागि पठाइएको छ। निमित्त स्वास्थ्य प्रमुख राजकुमार पोखरेलले एक महिलाको स्वाब परीक्षणका लागि कोशी अञ्चल अस्पताल बिराटनगर पठाइएको जानकारी दिए।

ओखलढुंगाका ४ जनाको रिपोर्ट पनि नेगेटिभ

कोरोना परीक्षणका लागि ओखलढुंगाबाट धरान पठाइएको स्वाबको रिपोर्ट पनि नेगेटिभ आएको छ। जिल्ला अस्पताल रुम्जाटारको आइसोलेसनमा रहेका ४ जनाको नमुना परीक्षण रिपोर्ट नेगेटिभ आएको हो।

उदयपुरमा २६ जनाको कोरोना रिपोर्ट नेगेटिभ

कोरोना भाइरस (कोभिड–१९) को संक्रमण आशंकामा उदयपुरको कटारी बेलसोतस्थित क्वारेन्टाइनमा राखिएका सबैको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ। भारतबाट आएका दुई समूहका ३ महिलासहित २६ को रिपोर्ट नेगेटिभ आएको हो।

नगरपालिकाले क्वारेन्टाइनमा बसेका १८ कामदारलाई आफ्नै गाउँ ल्यायो

जिल्लको हलेसी तुवाचुङ नगरपालिकाले मोरङको टाँडीस्थित क्वारेन्टीनमा राखिएका १८ मजदुरलाई बसमार्फत गाउँमा ल्याएको छ। भारतका विभिन्न स्थानमा मजदुरी काम गरेर घर फर्कने क्रममा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशंकामा चैत ११ गतेदेखि सुर्यदल गणले तयार पारेको क्वारेन्टाइनमा राखिएका १८ जनालाई टाँडीबाट बस मार्फत गाउँमा ल्याइएको हो। क्वारेन्टाइनमा राखिएका कामदारको नमूना परीक्षण गर्दा कोरोनाको रिपोर्ट  ‘नेगेटिभ’ देखिएपछि उनीहरूलाई बस मार्फत शनिबार साँझमा नगरपालिका ल्याइएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर इवन राईले बताए।

कोरोनाबाट अहिलेसम्म १४ गैरआवासीय नेपालीको मृत्यु

विश्वभर फैलिएको कोरोना महामारी (कोबिड–१९) बाट शनिवार साँझसम्म मृत्यु हुने गैरआवासीय नेपाली (एनआरएनए) को संख्या १४ पुगेको छ।

वीरगञ्जमा रहेका तीन भारतीयमा कोरोना संक्रमण

वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको छ। सुरुमा उनीहको नमुना संकलन गरेर वीरगञ्जबाट हेटौंडा पठाइएको थियो।

सुदूरपश्चिममा १९ सय ७५ जनाको र्‍यापिड टेस्ट, सबै नेगेटिभ

सुदूरपश्चिमका ९ वटै जिल्लामा कोभीड १९ को र्यापिड टेष्ट गर्न थालिएको छ। बिहिवार शुरु भएकोमा शनिबारसम्म १९ सय ७५ जनाको र्यापिड किटद्वारा टेष्ट भएको छ। सवै जनाको नेगेटिभ रिपोर्ट आएको छ।

आइसोलेसनबाट भागेका व्यक्तिको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’

उदयपुरको कटारी अस्पतालको आइसोलेसन वार्डमा राखिएको अवस्थामा भागेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम हैदेमा फेला परेका एक पुरुषको स्वाब परीक्षण रिपोर्ट ‘नेभेटिभ’ आएको छ।

धनगढीबाट पाल्पा भित्रिएका ४४ को र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ

पाल्पाका ४४ जनाको र्‍यापिड टेस्ट रिपोर्ट नेगेटिभ आएको छ। जिल्लाको तीन स्थानमा गरिएको परीक्षणमा कोरोना भाइरस (कोभिड–१९) को नतिजा नेगेटिभ देखिएको हो।

वीर अस्पतालबाट पनि कोरोना परीक्षण सुरु

सरकारले सात दिन यता कोरोना भाइरस (कोभिड–१९)को नयाँ संक्रमण फेला नपरेको जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शनिबार आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सात दिन यता कुनैपनि नयाँ संक्रमण नभेटिएको बताए।

आदिवासी जनजाति चलचित्र महासंघले बाड्यो स्वास्थ्य सामग्री

आदिवासी जनजाति चलचित्र महासंघले नेपालका विभिन्न अस्पतालहरूमा पिपिई लगायतका स्वास्थ्य सामग्री वितरण गरेको छ। विश्वभर महामारीको रूपमा फैलिएको  कोरोना भाइरस (कोभिड–१९) को संभावित जोखिम न्यूनीकरणका लागि नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाको सहयोगमा आवश्यक सामग्री वितरण गरेको हो।

ताप्लेजुङका लागि आयो १ सय २० थान र्‍यापिड परीक्षण किट

प्रदेश नं १ सरकारले ताप्लेजुङका लागि १ सय २० थान कोराेना भाइरस (कोभिड–१९)को द्रुत गतिमा परीक्षण गर्ने र्‍यापिड परीक्षण किट (आरडीटी) पठाएको छ।

कपिलवस्तुमा कैदी बन्दीका लागि क्वारेन्टाईन

कोरोना भाइरस (कोभिड– १९) संक्रमण हुन नदिन कपिलवस्तु कारागारमा क्वारेन्टाईन संचालन गरिएको छ। कारागार भवनको दोश्रो ब्लकमा खाली रहेका महिला वार्डमा  तत्कालका लागि  चार वेडको क्वारेन्टाईन संचालनमा ल्याईएको हो। कारागारमा आउने नयाँ कैद बँन्दीलाई लक्षित गरि  क्वारेनटाईन संचालन गरिएको छ।

प्रदेश १ : दुवै विधिबाट परीक्षण, सबैको रिपोर्ट नेगेटिभ

रदेश १ मा शनिबारदेखि र्‍यापिड डाइग्नोष्टिक टेष्ट र पिसिआर विधिबाट कोरोना परीक्षण सुरु भएको छ। वीपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र कोशी अस्पताल विराटनगरमा पिसिआर विधिबाट र प्रदेशका सबै जिल्लामा आरटिडि विधिबाट परीक्षण थालिएको प्रदेश सरकारले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्