१३ आश्विन २०८१ आइतबार
image/svg+xml
स्वास्थ्य

वीरगञ्जमा रहेका तीन भारतीयमा कोरोना संक्रमण

काठमाडौं- वीरगञ्जमा तीन जना भारतीय नागरिकमा कोरोना संक्रमण देखिएको छ। सुरुमा उनीहको नमुना संकलन गरेर वीरगञ्जबाट हेटौंडा पठाइएको थियो। हेटौंडा स्थित प्रयोगशालामा परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ देखिएपछि पुन जाँचका लागि राष्ट्रिय प्रयोगशाला टेकुमा पठाइएको थियो। पुन: परीक्षण गर्दा पनि उनीहरुमा कोरोना परीक्षण देखिएको वाग्मती प्रदेशको सामाजिक विकास मन्त्रालय स्रोतले बतायो। अहिले उनीहरुलाई नारायणी अस्पतालको इसोलेसनमा राखिएको छ। शनिबार उनीहरुमा कोरोना पुष्टिभएको मन्त्रालयलाई जानकारी दिइएको थियो।

उनीहरु वीरगञ्जको छपकैयाँ स्थित जामे मस्जिदमा बस्दै आएका थिए। उनीहरु १० दिन अघि मस्जितमा आएको स्थानीयले बताएका छन्। संक्रमित मध्ये दुई जना दिल्ली र एक जना उत्तरप्रदेशका हुन्। २४ जना मुस्लिम समुदायका व्यक्तिहरुलाई क्वारेन्टाइनमा राखिएको थियो।

लकडाउनको समयमा मस्जिदमा आएका उनीहरुलाई छुट्टै राखिएको थियो। उनीहरुले आफुहरु सप्तरीको मस्लिम धार्मिक सभामा सहभागि हुन आएदेखि घर नफर्किएको बताएका छन्।

 

प्रकाशित: ३० चैत्र २०७६ ०५:५० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App