४ मंसिर २०८१ मंगलबार
image/svg+xml
स्वास्थ्य

आइसोलेसनबाट भागेका व्यक्तिको कोरोना परीक्षण रिपोर्ट ‘नेगेटिभ’

खोटाङ– उदयपुरको कटारी अस्पतालको आइसोलेसन वार्डमा राखिएको अवस्थामा भागेपछि खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम हैदेमा फेला परेका एक पुरुषको स्वाब परीक्षण रिपोर्ट ‘नेभेटिभ’ आएको छ। कोरोना भाइरस (कोभिड–१९)को संक्रमणको आशंकामा कटारी आइसोलेसनमा राखिएको अवस्थामा गत चैत १४ गते भागेपछि दुर्छिमको हैदेमा आफन्तको घरमा फेला परेका उदयपुरको ताप्ली गाउँपालिका–४ ठानागाउँका नेपाली थरका ३९ वर्षीय पुरुषको स्वाब परिक्षणकाक्रममा कोरो‘ना भाइरसको रिपोर्ट नेभेटिभ’ देखिएको हो।

नमूना परिक्षण रिपोर्ट ‘नेगेटिभ’ देखिएसँगै उनमा कोरोनाको संक्रमण नभएको पूष्टी भएको खोटाङका प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले बताए। चैत २३ गतेदेखि स्वास्थ्य चौकी दुर्छिमको क्वारेन्टीनमा राखिएका नेपालीको स्वाव परिक्षणका लागि बिहिबार विपि कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो। भारतको सिलीगुढी हुँदै काँकडभिट्टाबाट घर फर्कनेक्रममा नेपालीलाई चैत १२ गतेदेखि कटारी अस्पतालको आइसोलेसनमा राखिएको थियो। किर्तीमानको सम्पर्कमा रहेका कारण हैदेका दुई परिवारका आठ जना समेतलाई क्वारेन्टीनमा राखिएको छ। नगरपालिकाका स्वास्थ्य शाखा संयोजक प्रकाश घिमिरेले पनि नेपालीको नमूना परिक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको बताए।

यसअघि गत चैत ४ गते कतारबाट नेपाल फर्किएका खोटाङका दुई मध्ये जन्तेढुंगा गाउँपालिका–३ का राई थरका युवाको नमूना परीक्षण रिपोर्ट नेगेटिभ देखिएको थियो। फ्रान्सबाट कतार हुँदै नेपाल आएकी एक युवतीमा कोरोना संक्रमण भएको पूष्टी भएपछि तिनै युवतीसँग कतारबाट काठमाडौंसम्मको यात्रा गरेका उनको स्वाव परिक्षणका लागि चैत २१ गते राति धरान पुर्‍याइएको थियो। सोही जहाजबाट फर्किएका केपीलासगढी गाउँपालिकाका एक जना भने धरानमा क्वारेन्टीनमा राखिएका छन्।

प्रकाशित: २९ चैत्र २०७६ १२:०० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App