४ मंसिर २०८१ मंगलबार
image/svg+xml
खेल

जुनियर यु–१४ एसियाली टेनिस : शिभाली र स्वराह सेमिफाइनलमा

नेपालकी शिभाली गुरुङ र स्वराह थापा इमर्जिङ एथलिट्स जुनियर यु–१४ एसियाली टेनिस प्रतियोगिताको गर्ल्स सिंगल्सको सेमिफाइनलमा प्रवेश गरेका छन्।

सातदोबाटोस्थित टेनिस कोर्टमा मंगलबार भएको खेलमा  शिभालीले भारतकी सौन्दर्या जैशवाललाई ६–० र ६–० ले सहजै पराजित  गरिन् । स्वराह र भारतकी नयिम हुसेनबीचको खेलमा नयिम ४–३ ले अगाडि रहेको अवस्थामा नयिम रिटायर्ड हर्ट भएपछि स्वराह विजयी भइन् । सोही स्पर्धामा बंगलादेशकी हुमीराह हैदरले नेपालकी सरा पन्तलाई ६–१ र ६–० तथा माल्दिभ्सकी आइसथ करिन सइजनले नेपालकी साल्भी शेरचनलाई ६–१ र ६–२ को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान पक्का गरे ।

नेपाल टेनिस संघ र एथलिट्स इमर्जिङद्वारा संयुक्त रुपमा आयोजना भएको प्रतियोगितामा ब्वाइज सिंगल्समा भारतका तनिश नन्दाले अस्ट्रेलियाका भेडान्त चालिसेलाई ६–० र ६–०, नेपालका वृजेश अर्यालले भारतका कृष्णसिंह रघुवंशीलाई ६–० र ६–१, नेपालका असभ सम्राट हाडाले बंगलादेशका मुहम्मद हैदरलाई ६–२ र ६–२, नेपालका विश्वविशेष डल्लाकोटीले नेपालका स्पन्दन उदासलाई ६–४ र ६–४, नेपालका अभि अग्रवालले नेपालका युभेनमान श्रेष्ठलाई ६–० र ६–०, हङकङका लाप यिन लले नेपालका सहनवाज आलमलाई ६–१ र ६–१ तथा भारतका हर्ष मर्वाहाले बंगलादेशका रकिन रहमानलाई ६–३ र ६–० ले पाखा लगाउदै क्वाटरफाइनलमा पुगे। न्युजिल्यान्डका जेक्स रुप पनि क्वाटरफाइनलमा प्रवेश गरे।

ब्वाइज डबल्समा नेपालका वृजेश अर्याल र विश्वविशेष डल्लाकोटीको जोडीले बंगलादेशका हैदर र हङकङका लापको जोडीलाई ६–२ र ६–२ तथा नेपालका अर्यासराज पौडेल र स्पन्दन उदासको जोडीले नेपालका साङगे रोकाया र युभेनमान श्रेष्ठको जोडीलाई ६–३ र ६–० को सेटमा पन्छ्याउँदै सेमिफाइनलमा स्थान बनाए । त्यस्तै, नेपालका अभि अग्रवाल र भारतका तनिश तथा भारतका हर्ष मर्वाहा र बंगलादेशका रकिन रहमानको जोडीले पनि सेमिफाइनलमा स्थान सुरक्षित गरे।

गर्ल्स डबल्समा नेपालकी शिभाली गुरुङ र माल्दिभ्सकी आइसथ करिन सइजनको जोडीले भारतका सौन्दर्य र इक्सिटा रञ्जन नाभ्याको जोडीलाई ६–१ र ६–१ तथा बंगलादेशी हुमिराह र भारतकी नयिम हुसेनको जोडीले नेपालका साल्भी शेरचन र मेरिशा थापाको जोडीलाई ६–० र ६–२ को सोझो सेटमा पराजित गर्दै फाइनल यात्रा तय गरे।

प्रकाशित: ४ मंसिर २०८१ २०:०६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App