४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
स्वास्थ्य

ताप्लेजुङका लागि आयो १ सय २० थान र्‍यापिड परीक्षण किट

ताप्लेजुङ- प्रदेश नं १ सरकारले ताप्लेजुङका लागि १ सय २० थान कोराेना भाइरस (कोभिड–१९)को द्रुत गतिमा परीक्षण गर्ने र्‍यापिड परीक्षण किट (आरडीटी) पठाएको छ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लागत रुपमै परीक्षण गर्न मिल्ने गरी जिल्ला–जिल्लामा पठाउन दिएको जिम्मेवारी अनुसार उक्त परिमाणका किट आउँदै गरेको स्वास्थ्य कार्यालय ताप्लेजुङका निमित्त प्रमुख राजकुमार पोखरेलेले जानकारी दिए। प्रदेश नं १ सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयको सवारी पाँचथरको फिदिम सम्म आउने भएकोले त्यहाँ सम्म यहाँका लागि प्राप्त किट आई पुगेको र शनिबार (आज) साँझसम्ममा फुङ्लिङ आई पुग्ने समेत पोखरेलले जानकारी दिए। आरडीटी कोरोना संक्रमणको स्थिति पत्ता लगाउन प्रयोग गरिन्छ।

संघीय सरकारले क्वारेन्टाइनमा राखिएकाहरुको आरडीटीमार्फत परीक्षणको नतिजापछि मात्र उनीहरुलाई सामान्य जीवनमा फर्काउने नीति लिएर जिल्ला–जिल्लामा र्‍यापिड परीक्षण किट पठाएको छ। अहिले ताप्लेजुङमा ३ जना मात्र क्वारेन्टाइनमा रहेका छन्। भारतसहित तेस्रो मुलुकबाट फर्किएकाहरुको सुक्ष्म लगत तयार भईरहेकोले क्वारेन्टाइनमा रहेका शंकास्पद र अन्य केहिमा र्‍यापिड परीक्षण किट प्रयोग गर्न सकिने कोरोना नियन्त्रण तथा व्यवस्थापन जिल्ला समितिको तयारी छ। उच्च ज्वरो आएका र कोभिड–१९ का लक्षण देखिने बिरामी आएमा पनि यसको प्रयोग गर्न सकिने तयारी छ।

अहिले सम्म यहाँ कोभिड–१९ का लक्षण देखिने कोहि पनि अस्पतालको सम्पर्कमा नआएको र नबुझिएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामाले बताएका छन्। यसअघि उच्च ज्वरो आएका १, भारतबाट फर्किएकी १ युवती र फ्रान्सबाट कतार ट्राजिन्ट हुँदै फर्किएकी कोरोना संक्रमित युवतीसंगै आएका युवा समेत गरी ३ जनाको स्वाब टेष्ट नतिजा पनि नेगेटिभ आएको थियो।

प्रकाशित: २९ चैत्र २०७६ ११:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App