१२ मंसिर २०८१ बुधबार
image/svg+xml

जनस्वास्थ्यका मापदण्ड लागू गरेर परीक्षा सञ्चालन गर्न निर्देशन

प्रतिनिधिसभा, शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा जनस्वास्थ्यका मापदण्ड प्रयोग गरेर मात्र सञ्चालन गर्न निर्देशन दिएको छ।

स्वाथ्य मापदण्ड पालनामा गम्भीर हुन विज्ञको सुझाव

कोभिड-१९ को महामारीबाट जोगिन सरकारले लागू गरेका जनस्वास्थ्यका मापदण्ड गम्भीररूपमा पालना गर्न विज्ञले सुझाएका छन्।

फुङलिङका बजार पसल अब साँझ ५ बजेसम्म खुल्ने

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर साउन १ गतेबाट ताप्लेजुङको फुङ्लिङका बजार पसल साँझ ५ बजेसम्म नै खुल्ला राख्ने निर्णय भएको छ।

दिगो वन व्यवस्थापनको मापदण्ड के?

नेपालको कुल भूभाग मध्ये ४४.७४ प्रतिशत भूक्षेत्र वनले ओगेटेको छ। त्यस मध्ये एक तिहाई अर्थात २३ लाख ९० हजार हेक्टर वन समुदायको प्रत्यक्ष निगरानीमा रहेको छ। यसबाट देशभरिका २९ लाख घरधुरीले प्रत्यक्ष लाभ प्राप्त गरिरहेका छन्। नेपालको वन क्षेत्रमा सामुदायिक वनको कति ठूलो महत्व रहेको छ भन्ने कुरा यसबाट थाहा हुन्छ।

नेपाली कांग्रेस: सदस्यता छानबिन मापदण्डमा सहमति

नेपाली कांग्रेसका पदाधिकारी र पूर्वपदाधिकारीसहित शुक्रबार बसेको बैठकले प्रक्रिया नपुर्‍याईकन क्रियाशील सदस्यता सिफारिस गरिएको पाइए अस्वीकार गर्नेगरी छानबिन मापदण्ड टुंगो लगाएको छ। बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको थियो।

स्वास्थ्य मापदण्ड पूरा गर्दै किनमेल

अहिले सबैतीर निषेधाज्ञा छ। यहि बीचमा उपभोक्तलाई उपभोग्य सामान जोहो गर्ने बेग्दै चिन्ता रहन्छ।

बाँकेमा कोरोना संक्रमण नियन्त्रण बाहिर : २५ दिनभित्र १ सय ५५ जनाको मृत्यु

नेपालगन्जस्थित भेरी अस्पताल, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल, आइसोलेसन सेन्टर र होमआइसोलेसनमा मृत्यु हुने क्रम रोकिएको छैन।

स्वास्थ्य मापदण्डलाई कडाइका साथ पालना गराउन प्रधानमन्त्रीको निर्देशन

पछिल्ला दिनमा कोरोनाको दोस्रो लहर बढ्दै गएको र दैनिक सङ्क्रमितको सङ्ख्यामा उल्लेख्य वृद्धि भएपछि आज कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसिएमसी) अधिकारीसँग छलफलका क्रममा प्रधानमन्त्रीले स्वास्थ्य मापदण्डको पालनामा कडाइ गर्न आग्रह गरेका हुन्।

‘मापदण्ड पालना नगरे संक्रमण भयावह’

मंगलबार भर्चुअल सम्मेलनमा दक्षिण एसियाली मुलुकमा कोरोना संक्रमण उच्च गतिमा फैलिएको र नेपालमा पनि अवस्था फरक नरहेको भन्दै संक्रमण नियन्त्रण गर्न हरेक व्यक्ति, टोल सुधार समिति, गैरसरकारी संस्था, स्थानीय तहका हरेक निकाय, प्रदेश सरकार र संघीय सरकार सबैे गम्भीर हुनुपर्ने बताए।

जनस्वास्थ्य मापदण्डमा कडाइ

कोरोना संक्रमणको दर फैलिएसँगै लकडाउनको विषय प्रचारको रूपमा आएको छ। यसको पक्ष/विपक्षमा उत्तिकै कुरा हुने गर्छ। तर, कोरोना संक्रमण नियन्त्रणका लागि लकडाउन समाधान होइन, बरु जनस्वास्थ्य मापदण्डको पालना अनिवार्य सर्त हो।

मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी कारवाहीमा

चितवनमा मापदण्डविपरीत पशु ढुवानी गर्ने ३६ सवारी साधन कारवाहीमा परेका छन्। चालु आर्थिक वर्षको हालसम्म ३६ सवारी साधनले मापदण्डविपरीत पशु ढुवानी गरेको पशु क्वारेन्टाइन चेक पोष्ट रामनगर चितवनका प्रमुख डा कृष्ण पौडेलले जानकारी दिए।

हेलचक्र्याइँ गरे संक्रमण भयावह

जनस्वास्थ्य मापदण्ड पालनामा लापरबाही जारी रहे छिटै दैनिक ११ हजारजनाका दरले कोरोना संक्रमण बढ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औंल्याएको छ। यस हिसाबले आगामी असारसम्ममा ६ लाखभन्दा बढीमा कोरोना संक्रमण हुने आकलन गरिएको छ।

जनस्वास्थ्यको मापदण्डलाई उच्चतम रुपमा पालना गर्न आवश्यक : स्वास्थ्य मन्त्री

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री हृदयेश त्रिपाठीले कोभिड–१९ सङ्क्रमणको महामारी अन्त्य नहुन्जेल मास्क लगाउन, भौतिक दूरी कायम गर्न र साबुनपानीले हात धुनेलगायतका स्वास्थ्य मापदण्ड पूरा गर्ने कार्य कायम राख्न आह्वान गरेका छन्।

एकै खाले प्रतिष्ठानमा बनेको मापदण्डमा कर्णालीलाई बिभेद

गत फागुन २४ गते सरकारले पाटन, पोखरा र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति नियुक्तिका लागि सूचना निकाल्यो। उपकुलपतिको कार्यकाल सकिएपछि नयाँ उपकुलपति नियुक्तिका लागि सरकारले थालेको यो कार्य निकै बिभेदपूर्ण छ।

डोलेश्वर महादेव दर्शन गर्न आउनेले मास्क लाउनैपर्ने

भक्तपुरको केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा महाशिवरात्रीमा दर्शन गर्न आउने भक्तजनले अनिवार्य मास्क लाउनुपर्ने भएको छ। हजारौंको संख्यामा मन्दिरमा आउने भक्तजनलाई ध्यानमा राखेर सरकारले तोकेका सबै स्वास्थ्य मापदण्ड पालना गर्दै दर्शनको व्यवस्था मिलाइएको उक्त मन्दिरको संरक्षण तथा विकास समितिले जनाएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्