६ जेष्ठ २०८१ आइतबार
image/svg+xml
समाज

फुङलिङका बजार पसल अब साँझ ५ बजेसम्म खुल्ने

स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर साउन १ गतेबाट ताप्लेजुङको फुङ्लिङका बजार पसल साँझ ५ बजेसम्म नै खुल्ला राख्ने निर्णय भएको छ।

अब मेची राजमार्गको ताप्लेजुङ खण्डमा बिना रोकतोक सवारी सञ्चालन हुने भएका छन्। पालिकास्तर र शाखा सडकमा भने पालिकाले निर्धारण गरे अनुसार सवारी सञ्चालन हुने गरी निर्णय भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले जानकारी दिए।

फुङ्लिङका बजार पसल दिँउसो १ः०० बजेसम्म मात्र सञ्चालन हुँदै आएकोमा गत असार २१ मा बसेको बैठकले असार ३१ सम्म फुङ्लिङका बजार पसल दिँउसो १ः०० बजे सम्ममात्र सञ्चालन गर्ने निर्णय गरेको थियो।

प्रजिअ पाण्डेले होटल तथा रेष्टुरेन्ट पनि अब बेलुकी ८ः०० बजे सम्म सञ्चालन हुने निर्णय भएको जानकारी दिए। स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर सरकारी तथा गैर सरकारी संघसंस्था र बैंक तथा बित्तीय संस्थाको आन्तरिक कार्य सञ्चालनलाई नियमित गरने निर्णय पनि बैठकले गरेको छ।  

भौतिक रुपमा उपस्थित भई गरिने शैक्षिक संस्थाको पठनपाठन भने तत्कालै सुरु नगरिने भएको छ। इलाम, पाँचथर र झापा समेतले मुख्य राजमार्गमा सार्वजनिक यातायात समेत सञ्चालन गर्ने निर्णय गरिसकेकोले ताप्लेजुङले समेत मुख्य राजमार्ग क्षेत्रमा सवारी सञ्चालन हुन पाउने निर्णय लिएको उनले बताए। बजार पसल खुले पनि यातायात सहितका क्षेत्र आशिंक रुपमा मात्र सञ्चालन हुने भएकोले जिल्ला प्रशासन कार्यालयले साउन ७ सम्मलाई निषेधाज्ञा आदेश भने जारी गरेको छ। यो आदेश साउन १ गतेबाट साउन ७ सम्मलाई हुनेछ। 

प्रकाशित: ३० असार २०७८ १२:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App