१३ मंसिर २०८१ बिहीबार
image/svg+xml

एमालेले तय गर्यो उम्मेदवार सिफारिस मापदण्ड

नेकपा एमालेले राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेदवारको मापदण्ड र सिफारिसको विधि तय गरेको छ ।  एमालेका महासचिव ईश्वर पोखरेलको अध्यक्षतामा बसेको केन्द्रीय सचिवालयको बैठकले राष्ट्रिय सभा सदस्यका लागि मापदण्ड तय गर्दै सोही अनुसार प्रदेश कमिटिहरुलाई माघ ५ गते भित्रै नाम सिफारिस गर्न भनेको छ  र एकल संक्रमणिय मतको तालिम प्रदान गर्ने निर्णय पनि गरेको छ ।

मापदण्ड पूरा नगर्ने ग्यास उद्योग कारबाहीमा

गुणस्तर मापदण्ड पूरा नगर्ने ५३ वटा ग्यास प्लान्ट (उद्योग) माथि सरकारले कारबाही प्रक्रिया सुरु गरेको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले पटक–पटक नेपाल गुणस्तर चिह्न (एनएस) लिन पत्राचार गरे पनि ग्यास उद्योगले अटेर गरेपछि कारबाहीस्वरुप पिडिओ (प्रोडक्ट डेलिभरी अर्डर) नदिन नेपाल आयल निगमलाई निर्देशन दिएको हो । निगमले ग्यास उद्योगीलाई इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट ग्यास आयात गर्न अनुमति दिने पत्रलाई पिडिओ भनिन्छ ।

न सरकारको आस न मापदण्ड

विकट गाउँ । न मोटर बाटो न निर्माण सामग्री नै । तिप्लिङका दावा लामाले आफ्नै शैलीमा घर ठड्याएका छन् । २०७२ साल वैशाखमा गएको भूकम्पले बस्दै आएको घर ढलाएपछि लामा परिवारको टहरामा बास हुन पुग्यो । दुई बर्खा टहरामा गुजारेपछि उनले आफ्नै पहलमा घर बनाए ।

ग्यास उद्योगको मापदण्ड

ग्यास उद्योग र बस्तीबीचको कायम हुनुपर्ने दूरी कानुनतः निर्धारित छ । त्यसको पालना गराउने जिम्मेवारी उद्योग मन्त्रालय र आयल निगमको हो । यी दुईले त्यसको जिम्मेवारी एकअर्कामा पन्छाउने गरेका छन् । उद्योग खोल्ने अनुमति दिँदा दुवै निकायले आआफ्नो जिम्मेवारी पूरा गरेको देखिएको छैन ।

होटल तथा रिसोर्टको अन्तरार्ष्ट्रिय मापदण्ड तोकिने

सरकारले हाल सञ्चालनमा रहेका होटल, रेष्टुराँ तथा रिसोर्टलाई अन्तररार्ष्ट्रिय मापदण्ड तोकी सोहीअनुरुपको वर्गीकरण गर्ने भएको छ। होटल तथा रिसोर्टको स्तर वर्गीकरणका लागि विसं २०७० मा बनेको मापदण्डलाई समसामयिक र सान्दर्भिक गरी अन्तरराष्ट्रिय होटल स्तर मापदण्ड वर्गीकरणबमोजिम बनाउन लागिएको हो।

कांग्रेसले तय गर्यो उम्मेदवार छनोट मापदण्ड

नेपाली कांग्रेसले मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा समानुपातिकतर्फबाट सांसद् बनेका नेताहरूलाई नदोहो¥याउने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको पार्टी कार्यसम्पादन समितिको बैठकले उम्मेदवार छनोटको मापदण्ड तय गरेको हो ।

मापदण्ड विपरीत भवन कारबाहीमा आलटाल

हनुमानढोका दरबारसँगै निर्माणाधीन व्यापारिक प्रायोजनको भवन मापदण्डविपरीतको भए पनि सरोकारवाला निकायले कारबाहीको चासो दिएका छैनन् । भवनको मपदण्ड अध्ययन गर्न खडा भएको समितिले मापदण्डविपरीत भएको भन्दै प्रतिवेदन बुझाइसक्दा पनि कारबाहीको प्रक्रिया थालिएको छैन ।

मापदण्ड विपरीत सडक विस्तार

सोलखुुम्बुमा ग्रामीण सडक विस्तारको क्रममा प्रभावकारी सर्भे नहुँदा यातायात सञ्चालनमा समस्या परेको छ । कच्ची सडकको ट्र्याक खोल्नुअघिको प्राविधिक सर्भे सहि नहुँदा ग्रेड नमिलेका सडकमा सवारी चलाउन समस्या भएको हो ।

मापदण्ड विपरीत बनाइएका संरचना भत्काइने

काठमाडौं महानगरपलिकाले महानगरभित्रका भित्री सडक फराकिलो बनाउने भएको छ। महानगरपालिकाले ४० वटा भित्री सडकलाई एकैपटक विस्तार गर्न लागेको हो । केही वर्षयता सुस्ताएको भित्री सडक विस्तारले फेरि पूर्णता पाउने भएको छ ।

युरो–४ मापदण्डको तेल आयो

नेपाल आयल निगमले न्यून प्रदूषण र धेरै माइलेज दिने युरो–४(फोर) स्ट्यान्डर्ड (मापदण्ड)को डिजेल र पेट्रोल आयात सुरु गरेको छ। इन्डियन आयल कर्पोरेसन (आइओसी) बाट शनिबारदेखि युरो–४ मापदण्डको पेट्रोल र डिजेल ल्याउन थालेको निगमले जनाएको छ।

एमालेले तोक्यो उम्मेदवार चयन मापदण्ड

स्थानीय तह निर्वाचनमा उम्मेदवारको मापदण्ड निर्धारण गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले पार्टीका सबै कार्यक्रम चुनावकेन्द्रित बनाउने निर्णय गरेको छ। पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बिहीबार बसेको स्थायी कमिटी बैठकले गाउँ/नगरपालिकामा उम्मेदवारी तोक्ने अधिकार मातहतका कमिटीलाई प्रदान गरेको छ।

उमेर मापदण्डले वैदेशिक रोजगारीमा जाने महिलालाई समस्या

मन्त्रालयले खाडी मुलुकमा घरेलु कामदारका रूपमा जाने महिलाको न्यूनतम उमेर २४ वर्ष र इजरायलको केयर गिभरलाई २५ वर्ष तोकेको छ। जबकि अन्य जुनसुकै देशमा जान उमेरको मापदण्ड छैन।

१२६ दिनपछि काठमाडौंमा विश्व स्वास्थ्य संगठनकै मापदण्डको हावा

लामो समयदेखि राजधानीवासीले धुलो–धुँवाबाट ठूलो सास्ती बेहोरिरहेका थिए । हाम्रो श्वासलाई आवश्यक न्यूनतम अक्सिजनको अभाव झेल्नुपरिरहेको थियो। शनिबारयता एक्कासि प्रदूषण स्वात्तै घटेर काठमाडौंको वायुस्तर विश्व स्वास्थ्य संगठनकै मापदण्डअनुसार सुध्रन पुग्यो।

राजदूत नियुक्तिमा खै मापदण्ड?

भागबन्डाको राजनीतिले कूटनीतिलाई दूषित पार्न थालेको २७ वर्ष भयो। २०४६ सालको परिवर्तनपछि यस्तो विसंगति बढेको हो। कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी जुन दलले सरकारको नेतृत्व गरे पनि राजदूत नियुक्तिलाई कार्यकर्ता भर्ती गर्ने माध्यमका रूपमा प्रयोग गरेको देखिन्छ।

युरोपियन मापदण्डको विद्युतीय सवारी नेपाली बजारमा

नेपालमा विभिन्न कारणले वातावरण प्रदुषण बढ्दै गइरहेको छ। वातावरणीय प्रदुषणको प्रमुख कारणमध्ये धुलो तथा धुवायुक्त सवारी साधन पनि हो। बढ्दो वातावरणीय प्रदुषणका कारण दिनप्रतिदिन सर्वसाधारणको स्वास्थ्यमा पनि विभिन्न संक्रमण बढ्दै गएको पाइन्छ। इन्धनबाट चल्ने पुरानो सवारी साधनका कारण पनि वातावरण प्रदुषण बढ्दै गएको हो।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्