६ आश्विन २०८१ आइतबार
image/svg+xml

रंगशाला निर्माणमा ऐतिहासिक सहमति

पछिल्लोे पटकको छलफलमा पाँच बिघामा रंगशाला, अन्य जमिनमा मुस्लिम समुदायको करवला, केही जमिन हिन्दु समुदायलाई र बाँकी जमिन वडा कार्यालय, सार्वजनिक पार्क, स्कुल बनाउने सहमति भएको छ।

नाम विवादले बन्न सकेन रंगशाला

नाममा विवाद हुँदा कतिपय योजना त्यत्तिकै थन्किएका छन्। दलगत स्वार्थका कारण झापाको ठूलो योजना मानिएको रंगशाला निर्माण अलपत्र छ। नाम विवादले कमल गाउँपालिका–५ मा निर्माण हुने आदिवासी रंगशालाको काम अघि बढेको छैन।

फलेबासमा रंगशाला शिलान्यास

पोखरा रंगशालाअन्तर्गत फुटबल मैदान निर्माणको झन्डै डेढ वर्षपछि गण्डकी प्रदेशका दुई जिल्लामा खेलकुका पूर्वाधार थपिँदै छन् ।

फुटबल मैदान, एथलेटिक्स ट्रयाक तथा कभर्ड हलको योजना

पोखरा रंगशाला फुटबल मैदान निर्माणका झन्डै डेढवर्षपछि गण्डकी प्रदेशका दुई जिल्लामा खेलकुदका पूर्वाधार थपिदैं छन् । नवलपुरमा कावासोतीमा फुटबल मैदानसहितको अन्य पूर्वाधार बनाउने तयारीसहित विस्तृत परियोजना प्रतिवदेन बन्दै छ । पर्वतको फलेवास नगरपालिकामा पनि गण्डकी प्रदेशकै एथलेटिक्सको लागि आवश्यक ट्रयाकसहित फुटबल मैदान, कभर्ड हल निर्माण शुरु गरिदै छ ।

कावासोतीमा वैकल्पिक रंगशालाको डिपिआर बनाइँदै

नवलपुरमा गण्डकी प्रदेशको वैकल्पिक रंगशाला निर्माण गर्ने योजना अघि सारिएको छ । नवलपुरको कावासोतीमा ट्य्राक एन्ड फिल्डसहितको भौतिक पूर्वाधारयुक्त स्पोर्ट्स कम्प्लेक्स निर्माण गरिनेछ ।

‘बन्द रंगशालामा फुटबल खेलाउनु पागलपन’

फ्रयांक स्टम्बस आर्सनलका समर्थक हुन् । उनले विगत ३० वर्षमा आर्सनलको घरेलु मैदानमा एक खेल पनि छुटाएका छैनन् । मे ३१ मा उनले लेखेका थिए, ‘बन्द रंगशालामा हुने फुटबल फुटबल होइन । मलाई डर लागिरहेको छ ।’ यो सिजन उनका लागि मार्च १३ मै समाप्त भइसकेको थियो, किनभने त्यस दिन इङ्ल्यान्डमा पनि कोभिड १९ का कारण फुटबल गतिविधि पूर्ण रूपमा स्थगित भएको थियो ।

कतारको तेस्रो रंगशाला तयार

रंगशाला तीन वर्षको अवधिमा निर्माण भएको भएको जनाएको हो । नवनिर्मित रंगशालामा क्लब विश्वकपको सेमिफाइलन खेल तयारी गर्ने लक्ष्य राखिएकाले छिट्टै निर्माण गरिएको हो । उक्त खेल डिसेम्बरमा तय भएको हो । नयाँ रंगशालाको उद्घाटन भने अनुमतिका कारण केही समयका लागि धकेलिएको छ ।

प्रिमियर लिग, आजबाट सामूहिक अभ्यास अनुमति

इङ्लिस प्रिमियर लिग क्लबका खेलाडीहरूले मंगलबारबाट सामूहिक अभ्यास गर्न पाउने भएका छन् । कोरोना भाइरसको महामारीका कारण रोकिएका फुटबल गतिविधि विभिन्न विकल्पका साथ सुचारु हुने क्रममा छन् । प्रिमियर लिगले जुन १२ मा लिग पुनः सुचारु गर्ने गरी तयारी गरिरहेको छ । सोमबार बसेको प्रिमियर लिग क्लबको बैठकले सानो समूहमा अभ्यास गर्न अनुमति दिने भएको हो ।

क्रिकेट मैदान र कभर्ड हलमा सिट राख्ने टेण्डरको म्याद फेरी थपियो

पोखरा रंगशालाभित्रको क्रिकेट मैदानको स्तरोन्नति गर्न आह्वान गरिएको टेण्डरको म्याद तेस्रो पटक थप्दा बहुउद्देश्यीय कभर्ड हलमा सिट राख्ने टेण्डर पहिलो पटक म्याद थप गरिएको छ । क्रिकेट मैदान स्तरोन्नति र सिट राख्ने टेण्डरको म्याद एक साता थपिएको छ । क्रिकेट मैदानलाई अन्तराष्ट्रियस्तरको बनाउन र कभर्ड हलमा २ हजार सिट राख्न गत चैतमा टेण्डर आह्वान गरिएको थियो ।

पोखरामा नेपालकै पहिलो ज्येष्ठ नागरिक कभर्ड हल

अब ज्येष्ठ नागरिकले योगाभ्यासँगै अन्य व्यायाम गर्न पोखरा रंगशाला झर्नुपर्ने अवस्था रहेन् । पोखरा–१९ लामाचौर घार्मीमा नेपालकै पहिलो ज्येष्ठ नागरिक बहुउद्देश्यीय कभर्ड हल तयार गरिएको छ । बृद्धबृद्धाहरुको लागि डे केयर सेन्टर समेत बनाउन सकिन्छ ।

पुलिस उपाधिनजिक

विभागीय टोली नेपाल पुलिस क्लब पोखरामा जारी आहा ! रारा गोल्डकपको उपाधिनजिक पुगेको छ। पोखरा रंगशालामा बुधबार थ्री स्टार क्लबविरुद्ध ३–० को सहज जित निकाल्दै पुलिस आहा !

शंकरनगरलाई उपाधि

भैरहवाको सिद्धार्थ रंगशालामा जारी एसियन च्यालेन्जर ट्रफी ट्वान्टी–२० क्रिकेट प्रतियोगिताको उपाधि शंकरनगर क्रिकेट क्लबले जितेको छ ।

शनिबारदेखि बुढा सुब्बा गोल्डकप

मोफसलको चर्चित फुटबल प्रतियोगिता अन्तर्राष्ट्रिय आमन्त्रण बुढा सुब्बा टुबोर्ग गोल्डकपको २२औं संस्करण आज शनिबादेखि सुरु हुँदै छ।

खप्तड गोल्डकपको ट्रफी सार्वजनिक

अगामी फागुन ९ गतेदेखि धनगढीमा सञ्चालन हुने सुदूरपश्चिम अन्तर्राष्ट्रिय आमन्त्रण खप्तड गोल्डकपको ट्रफी सार्वजनिक गरिएको छ।

प्रेरणा र अमनले जिते उपाधि

अन्तर्राष्ट्रिय टेनिस फेडेरेसन(आइटिएफ)को विश्व वरीयता जुनियर यु–१८ टेनिस प्रतियोगिताको महिलातर्फ प्रेरणा कोइरालाले उपाधि जितेकी छन्।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्