६ आश्विन २०८१ आइतबार
image/svg+xml
खेल

कतारको तेस्रो रंगशाला तयार

२०२२ को विश्वकप आयोजक कतारले तेस्रो रंगशाला तयार भएको बिहीबार घोषणा गरेको छ ।

रंगशाला तीन वर्षको अवधिमा निर्माण भएको भएको जनाएको हो । नवनिर्मित रंगशालामा क्लब विश्वकपको सेमिफाइलन खेल तयारी गर्ने लक्ष्य राखिएकाले छिट्टै निर्माण गरिएको  हो । उक्त खेल डिसेम्बरमा तय भएको हो । नयाँ रंगशालाको उद्घाटन भने अनुमतिका कारण केही समयका लागि धकेलिएको छ ।  

‘कतारको पूर्वाधार विकास समितिले बिहीबार फिफा विश्वकप २०२२ को तेस्रो रंगशाला निर्माण गरेको छ,’ कतार समाचार संस्थाले जनाएको छ ।

एजुकेसन सिटी नाम दिएको उक्त रंगशालामा विश्वकपका अन्तिम आठ खेल सञ्चालन गरिने तयारी गरिएको छ । प्रतियोगिता आयोजनापछि उक्त रंगशलाका २० हजार सिटको मूल्य बराबरको रकम विकासशील देशका रंगशाला निर्माणका लागि सहयोग गरिने जनाएको छ ।

कतारले साढे दुई वर्षपहिले ४० हजार क्षमता भएका दुई रंगशाला निर्माण गरेको थियो । एल–जानौव र खालिफा अन्तर्राष्ट्रिय रंगशाला निमार्ण गरेको  जनाएको थियो । आगामी संस्करणका लागि अझै पाँच नयाँ रंगशाला निर्माण हुँदै छन् ।

प्रकाशित: २६ जेष्ठ २०७७ ०३:१५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App