६ आश्विन २०८१ आइतबार
image/svg+xml

तनावपूर्ण बन्यो मैत्रीपूर्ण खेल

मौरिससका मिडफिल्डर एड्रियन बोल्टारले नेपालका स्ट्राइकर अञ्जन विष्टमाथि खराब फाउल गरेपछि महर्जनले उनलाई सोझै रातो कार्डको दर्शन गराउँदै मैदानबाट बाहिर पठाएका थिए। त्यसलगत्तै दुवै टोलीका खेलाडी विवादमा उत्रिए। सोही विवादबीच नेपालका मिडफिल्डर पूजन उपरकोटीले मौरिससका खेलाडीमाथि बलले प्रहार गरेपछि महर्जनले उनलाई दोस्रो पहेँलो कार्डको दर्शन गराउँदै मैदानबाट बाहिर पठाए।

रंगशालाको स्वामित्व महानगरपालिकाले लिन्छः मेयर दाहाल

भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालले गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको स्वामित्व अब भरतपुर महानगरपालिकाले लिने बताएकी छन्।

धुर्मुस सुन्तलीको रंगशाला (दुस्) साहस

यज्ञमा कवोल गरेको रकम त २५ प्रतिशत पनि नउठ्ने अवस्था भएको नेपालमा कुनै धार्मिक आस्था तथा समाजसेवासँग नजोडिएको अभियानमा पैसा नजुट्नु आश्चर्य हैन।

सहिद स्मारक ‘ए’ डिभिजन लिगः विभागमा पहिलो विदेशी खेलाडी

जापानी गोलकिपर युया कुरियामालाई भित्राएको दिन विभागीय टोली एपिएफले सोमबार फ्रेन्ड्स क्लबमाथि ३–१ को जित निकालेको हो। उनी विभागीय टोलीबाट नेपालको घरेलु फुटबल खेल्ने पहिलो विदेशी खेलाडीसमेत हुन्।

खचाखच दर्शक कुर्दैछ पोखरा रंगशाला (फोटोफिचर)

पोखरा रंगशालाबाट हेर्दा हिमाली श्रृंखला झनै आकर्षक देखिन्छ। यतिबेला रंगशाला परिसरमा खेलकुदका ठुला इभेन्ट नभएपनि रंगशालाका पूर्वाधारले झनै आकर्षण बढाएको छ।

सुदीप र स्वागता उत्कृष्ट

सुदीप थारू, स्वागता खैजु, युवराज विक र सुमुया देवान युथ एथलेटिक्स च्याम्पियनसिपको आआफ्नो उमेरसमूहमा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन्।

एपिएफसँगको जितपछि सातदोबाटो शीर्षमा

तीन खेलमा सात अंक जोडेको सातदोबाटो शीर्ष स्थानमा उक्लिएको छ भने एक खेल कम खेलेको मनाङ मस्र्याङ्दी दोस्रो स्थानमा छ। पहिलो खेलमा सातदोबाटोले फ्रेन्ड्ससँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको थियो भने दोस्रो खेलमा थ्री स्टार क्लबलाई १–० ले स्तब्ध पारेको थियो।

खेलकुद पूर्वाधार संरक्षणमा चुनौति

कास्की जिल्लामा खेलकुदका धेरै पूर्वाधार थपिएका छन्। पोखरा रंगशालाभित्रै राष्ट्रिय खेलकुद परिषदले अर्बौ रुपैयाँ लगानी गरेकोछ । भिन्दाभिन्दै खेल संघहरुले पनि पूर्वाधार निर्माण गरेका छन्। कतिपय पूर्वाधार संघ र परिषद बीच साझेदारीमा बनेका छन्।

प्रशिक्षक तालिम सम्पन्न

बाग्मती प्रदेश खेलकुद विकास परिषद्ले दक्ष खेलाडी उत्पादन गर्न दक्ष जनशक्ति आवश्यक हुने भन्दै आयोजना गरेको एकहप्ते प्रशिक्षक तालिम सम्पन्न भएको छ।

गुमनाम सम्मान

नेपाली महिला राष्ट्रिय टोली र बंगलादेशबीच बिहीबार दशरथ रंगशालामा पहिलो मैत्रीपूर्ण खेल दौरान फरक दृश्य देखियो। नेपाल र बंगलादेशका महिला खेलाडी राष्ट्रिय गानका लागि मैदानमा उभिँदा देखिएको त्यो दृश्यबारे न अखिल नेपाल फुटबल संघ (एन्फा) का पदाधिकारी जानकार थिए, न त मैदानमा खेल हेर्न उपस्थित सञ्चारकर्मी र दर्शक नै।

एमाले अध्यक्ष र गृहमन्त्री मैत्रीपूर्ण खेल हेर्न दशरथ रंगशालामा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाड नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला पुगेका छन्।

पहिलो खेलमा बराबरी

कप्तान तथा गोलकिपर किरणकुमार लिम्बुले राष्ट्रिय टोलीबाट सर्वाधिक खेलको कीर्तिमान बराबरी गरेको दिन नेपालले भारतविरुद्धको पहिलो मैत्रीपूर्ण खेलमा १–१ को नतिजा निकालेको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्