coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

प्रशिक्षक तालिम सम्पन्न

बाग्मती प्रदेश खेलकुद विकास परिषद्ले दक्ष खेलाडी उत्पादन गर्न दक्ष जनशक्ति आवश्यक हुने भन्दै आयोजना गरेको एकहप्ते प्रशिक्षक तालिम सम्पन्न भएको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न प्रशिक्षण कार्यक्रममा बाग्मती प्रदेशअन्तर्गत १३ जिल्लाका कुल ३१ जनाको सहभागिता रहेको थियो। सहभागीमध्ये ३० जनाले प्रयोगात्मक र लिखित दुवै परीक्षा उत्तीर्ण गरेका छन्। उनीहरूलाई परिषद्का सदस्यसचिव सूर्यलाल भण्डारीले प्रमाणपत्र प्रदान गरे। बाग्मती प्रदेश खेलकुद विकास परिषद्ले विभिन्न चार खेलको प्रशिक्षक प्रशिक्षण कार्यक्रमका लागि सहयोग गरेको थियो, जसमा एथलेटिक्ससहित ब्याडमिन्टन, रग्बी र आइटिएफ तेक्वान्दोका प्रशिक्षक प्रशिक्षण तालिम समावेश थिए। सदस्यसचिव भण्डारीले स्थानीय, जिल्ला तथा प्रदेशस्तरबाट दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्य नै रहेको बताए।

प्रशिक्षार्थीमध्ये एक रामेछापका लालबहादुर थापाले प्रशिक्षण कार्यक्रम अत्यन्तै उपयोगी भएकाले यस्ता कार्यक्रम प्रत्येक वर्ष हुनुपर्ने उल्लेख गरे। प्रशिक्षार्थीलाई नेपाल एथलेटिक्स संघका वरिष्ठ मुख्य प्रशिक्षक चन्द्रबहादुर गुरुङ, वरिष्ठ प्रशिक्षकहरू धनीराम चौधरी र कान्ति महतोले प्रशिक्षण दिएका थिए। 

प्रकाशित: १४ आश्विन २०७८ ०२:४८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App