coke-weather-ad
१२ वैशाख २०८१ बुधबार
image/svg+xml
खेल

भेट्रान फुटबल: सेमिफाइनल समीकरण पूरा

राजधानीमा जारी भेट्रान फुटबल प्रतियोगितामा शुक्रबार सोमिफाइनल समीकरण पूरा भएको छ।

खुमलटार भेट्रान फुटबल क्लब, विभागको त्रिभुवन आर्मी भेट्रान फुटबल क्लब, झापा भेट्रान तथा एसएन केसीले आआफ्ना प्रतिद्वन्द्वीलाई हराउँदै अघिल्लो चरण पार गर्दा भेट्रान फुटबल प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको हो। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुक्रबार भएको दिनको पहिलो खेलमा विभागको टोली त्रिभुवन आर्मीको भेट्रान टोलीले भनीमण्डल भेट्रान क्लबलाई ३–० तथा खुमलटार भेट्रान फुटबल क्लबले फ्रेन्ड्स भेट्रानलाई ५–० ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेका हुन्।

यस्तै दिनको तेस्रो खेलमा झापाले चितवनलाई ४–० ले पराजित गर्दा अन्तिम खेलमा एसएनकेसीले पोखरालाई ४–१ ले हराउँदै अन्तिम चारमा स्थान बनाएका हुन्।

फ्रेन्ड्सलाई हराउँदै अघिल्लो चरणको यात्रा तय गर्दा खुमलटारले पहिलो हाफमा एक गोल गरेको थियो भने दोस्रो हाफमा थप तीन गोल गर्दै अघिल्लो चरणको यात्रा तय गरेको हो। खुमलटारको जितमा रितेश खड्काले दुई गोल गर्दा भगवान् थापा, निमा लामा र टासी छिरिङले एकएक गोल गरे।

प्रतिस्पर्धात्मक बनेको पहिलो हाफको पाँचौं मिनेटमा रीतेशले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए। ५१औं मिनेटमा भगवान्ले गोल गर्दै खुमलटारलाई २–० को अग्रता दिलाएका थिए। निमाले ५५औं मिनेटमा, टासीले ५७औं मिनेटमा तथा रीतेशले ६०औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै टोलीलाई ५–० को जित निश्चित गराएका थिए।

भेट्रान फुटबलअन्तर्गत शुक्रबारै सम्पन्न अर्को खेलमा आर्मीलाई अन्तिम चारमा स्थान दिलाउने क्रममा राजु तामाङ, विकर्ण श्रेष्ठ र हरि महतोले एकएक गोल गरे। आर्मीले छैटौं मिनेटमा राजु तामाङको गोलबाट अग्रता निकाल्दा विकर्णले ३६औं तथा हरि महतोले ४९औं मिनेटमा गोल गरेका थिए।

यस्तै क्वार्टरफाइनलअन्तर्गत दिनको तेस्रो खेलमा चितवन भेट्रान्सलाई ४–० ले पराजित गर्दै झापा अन्तिम चारमा पुग्यो। झापाको जितमा नरेन्द्रमणि लिम्बुले दुई गोल गरे। यस्तै अंकुरकुमार खड्की र रमेश गुरुङले एकएक गोल गरे। चौथो क्वार्टरफाइनलमा एसएनकेसीले पोखरा ११ भेट्रान टोलीलाई ४–१ ले स्तब्ध बनाउँदै अन्तिम चारमा स्थान बनायो।

एसएनकेसीले उत्कृष्ट उपविजेता टोली बन्दै क्वार्टरफाइनलमा स्थान बनाएको थियो। यससँगै प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ। आइतबार आर्मी र झापाबीच पहिलो सोमिफाइनल हुँदा दोस्रो सेमिफाइनल खुमलटार र एसएनकेसीबीच हुनेछ।

फुटबलर्स मिसन टुगेदरको आयोजनामा जारी प्रतियोगिताको विजेताले ५ लाख र उपविजेताले २ लाख ५० हजार पाउनेछन्। १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विधागत रूपमा उत्कृष्ट खेलाडीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ।

प्रकाशित: १३ कार्तिक २०७८ ०३:३९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App