coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
खेल

एमाले अध्यक्ष र गृहमन्त्री मैत्रीपूर्ण खेल हेर्न दशरथ रंगशालामा

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाड नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला पुगेका छन्।

खेलाडीको हौसला बढाउन अध्यक्ष ओली रंगशाला पुगेको उनको सचिवालयले जनाएको छ। सरकारको प्रतिनिधित्व गर्दै गृहमन्त्री खाड खेल हेर्न मैदान खाड पुगेका हुन्।

नेपाल र भारतको दोस्रो मैत्रीपूर्ण खेलको पहिलो हाफ शून्य गोलको बराबरीमा सकिएको छ।

यसअघि शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेल १-१ को बराबरीमा सकिएको थियो।

प्रकाशित: २० भाद्र २०७८ १३:०७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App