के सिकाए पाखुराले, के सिकाए पाइलाले?
के सिकाए पाखुराले, के सिकाए पाइलाले? भोग्नुपर्ने रै’छ आफैं, ढल्छ जीवन भन्न थाले। तास, जूवा खेल्न थाल्यौं, खाल घुम्दै दाउ लाग्यो, सिद्धियो बस् खेल हाम्रो, मुस्कुरायो मात्र खाले।
के सिकाए पाखुराले, के सिकाए पाइलाले? भोग्नुपर्ने रै’छ आफैं, ढल्छ जीवन भन्न थाले। तास, जूवा खेल्न थाल्यौं, खाल घुम्दै दाउ लाग्यो, सिद्धियो बस् खेल हाम्रो, मुस्कुरायो मात्र खाले।
पुडासैनी सकारात्मक सोचका लेखक हुन्। उनका अन्य नियात्रा कृतिमा जस्तै यस कृतिमा पनि समाजमा स्थापित विचार र व्यवहारबारे विकल्पबाट सोच्नुपर्ने हुन्छ। त्यसो गर्दा फरक सत्यको उजागर हुने उनको मान्यता छ।
आयोजकले यात्रीहरूलाई खाजा, खाना, प्रमाणपत्र र टिसर्ट पनि प्रदान गर्नुभएको थियो। कार्यक्रमबाट बँचेको पैसा महावीर पुनको राष्ट्रिय आविष्कार केन्द्रलाई दिनु यो साइकल र्यालीको अर्काे महत्वपूर्ण कुरा थियो।
पलपल तिम्रै सम्झनामा रुने बानी पर्यो, आँसुले नै पूरै शरीर धुने बानी पर्यो।अरू केही छैन साथ, यादहरू आउँदा, कोल्टे फेरी–फेरी तस्वीर छुने बानी पर्यो।
नेपाल एक स्वतन्त्र राष्ट्र भएकाले ‘अखिल भारतीय’ शब्दको गणेशमान सिंहले विरोध गरेका थिए। गणेशमान आबद्ध ‘नेपाल प्रजा परिषद्’को ‘प्रजा’ शब्दको विरोध गर्नेहरू पनि थिए। नेपालीले आफूलाई ‘जनता’को रूपमा अघि सार्नुपर्छ भन्ने उनीहरुको तर्क थियो। यसरी परिवर्तनका लागि धर्म र राजनीतिका शब्द, अर्थ र व्यवहारभित्र पसेर बहस भएका थिए।
कनसुत्लाले गाउँघरको माटाको छाप्रामा बस्ने साथीलाई चिठी पठाएछ। चिठीमा लेखिएको रहेछ, ‘हेर साथी, तिमी र तिमीजस्ता बस्ने निरीह गाउँका निश्छल मनहरूलाई भनिदेऊ–काठमाडौंमा त ठुलाठालु सधैं फुपूको श्राद्ध गर्दा रहेछन्।
निभेको मैन तड्पिएको उज्यालो एक सकस। काँचको ऐना कैले ऊ कैले हामी बिम्ब अनेक। मेरो चिहान तिम्रो अस्थिपन्जर अध्कल्चो प्रेम।
अधबैंसे र डाक्टरबीच संवाद चलेकै थियो। यसै बीचमा बेडमा सुतेकी महिलाले पुर्लुक्क आँखा हेरिन्। दुई जना बीचको संवाद कति बुझिन्, कति बुझिनन्। ओठ काँपेको मधुर स्वरमा भनिन्, ‘सर, सक्नुहुन्छ आमा र बच्चा दुवै बचाइदिनु। सक्नुहुन्न बच्चाचाहिँ बचाइदिनु।’