हार्दिक धन्यवाद छ यहाँहरूलाई!
यहाँहरूले मलाई कहिले भीरबाट धकेल्नुभो कहिले सिस्नु घारीमा फ्याँक्नुभो कहिले विष खुवाउनुभो कहिले बन्दूकले हान्नुभो तर म मरिनँ। यहाँहरूले मलाई कहिले खाल्डोमा पुर्नुभो कहिले सर्पले टोकाउनुभो कहिले हात्तीले कुल्चाउनुभो कहिले ग्याँस च्याम्बरमा हाल्नुभो तर म मरिनँ।