राजी
स्वदेशी बादलहरूबारे गहिरो अनुसन्धान गरे। अन्तिम प्रयासका लागि पुनः मिटिङ बसे। सबैलाई एकान्तमा लगियो। केही शब्द सुनाइयो। यो सुन्नेबित्तिकै सबैको अनुहार हँसिलो भयो। विदेशी बादलहरूको मनमा च्वास घोच्यो। - कस्तो विडम्बना, सेवाका लागि बर्सिन पनि कमिन बाँडेर राजी गराउनुपर्ने?