२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

कतिबेला फ्याँकिएछु नालीको छेउमा

गजल

चिरञ्जीवी ढकाल

म अफिसको कममा फसें, भन्नुहुन्छ सधैं,

आउँदिन घर यतै  बसें,  भन्नुहुन्छ सधैं।

जान्न–जान्न त भने तर साथीले कर गर्‍यो,

लहलहैमा भट्टीमा  पसें,  भन्नुहुन्छ सधैं।

छुँदै छुन्न भने कसम, पासाले कर गरी,

लौ त  भनेर कम्मर कसें, भन्नुहुन्छ सधैं।

जब परे अधरमा, अधरको चुस्की अहो,

पिउँदा काममै घुँडा धसें, भन्नुहुन्छ सधैं।

कतिबेला फ्याँकिएछु, नालीको छेउमा म त,

बिउँझिंदा पो छाँगाबाट खसें, भन्नुहुन्छ सधैं।

प्रकाशित: १० माघ २०७८ ०३:२१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App