६ वैशाख २०८१ बिहीबार
कला

कहर

कविता

भुवन शिवाकोटी चौघरे

आँखाबाट झर्ने आँसु

दिलको रगतमा

केही समानता छन्

यी

पीडाका उत्पादन

अक्सर

चोट परेपछि

शरीरबाट नै निस्कन्छन् 

परन्तु

रगतको रङ रातो छ

आँसुको रङ पानी जस्तै छ

आँसु झरेपछि सुक्छ  अक्सर

सुकेपछि देखिंदैन

रगत

जम्छ र टाटो बस्छ

जसलाई

तिमी छेउमा आउँछ्यौ

कोट्याउछौ।

प्रकाशित: १२ माघ २०७८ ०५:४७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App