विवि याक्खा
‘ए भुनियाँ के माई (आमा मैथिलीमा) जल्दी गरेर हामी गाँवा जान्छु’ भन्दै लालुराम कराए।
श्रीमानको कुरा सुनेर बोल्यो चम्पकली–हाँ भुनियाँ, के पाप खाना हालिसकेछु। कौना जल्दी छ रे?
खाना खाइसकेपछि भन्यो लालुरामले–आज शहर के बढिया आदमी आइहाल्छ तु भि चल हामरसाथ।
कार्यक्रम चलिरहेको थिए। लालुराम र चम्पकलीलाई मुनिका कुराले छोयो अनि आफ्नो भुनियाँको पनि त्यस्तै कल्पना गरे।
कार्यक्रम सकिएपछि मुनिले भुनियाँका बाबुआमालाई आफ्नै उदाहरण दिंदै छोरी पढाउन कुरा राखिन्। उनी पनि यहींकी थिइन्।
मुनिका कुरा सुनेर भुनियाँका बाबाले कर गर्दै भन्यो – ठिक छ बैहिन तपाईंले देखाइदिनुभो त यो समाजलाई। हामी पनि बेटियाको पठाई गराएर देखाइदिहाल्छु अनि बातमा साधी।
अनि कसरी आउँदैन रे परिवर्तन। यो सबै सम्भव छ रे। घुम्टो उठाएपछि भन्दै उनी मनमनै छोरी पठाउने बाचा गर्दै चुपचाप बसे।
उपस्थित गन्यमान्य अतिथि लगायत मुनिसितै सम्पूर्ण महानुभावले आआफूले सक्ने जति सयोग गर्ने बाचाका साथ बिदा लिए।
सबैको होस खुल्यो र अन्त्यमा उनीहरू पनि घरतर्फ लागे।
प्रकाशित: १० माघ २०७८ ०४:३२ सोमबार