२३ आश्विन २०८१ बुधबार
image/svg+xml
कला

तिमीले दियौ तिम्रो साथ

गीत

एन.वि. दाहाल

तिम्रो बोली सुनेको छु मैले

मिठो लाग्छ दिन अनि रात।

हाम्रो लोली मिलेको छ है 

तिमीले दियौ तिम्रो साथ।

बहार आयो तिमीसँगै

जिन्दगीको संघारमा।

गार्हो भएन हामीसँगै

तर्न नदीको जंघारमा।

म त निराश थिएँ तिमी आयौ, 

र त म तिमीसँगै रमाएरै फुलें।

तिमी पनि एक्लै थियौ हामी,

 दुवैको पिरतीले सबैलाई भुलें।

झरीभरि तिमी बादलभरि तिमी, 

जताततै छ्यौ तिमी दुखसुख छामी।

तिमी यादभरि तनभरि पनि तिमी, 

उमेरको खुड्किलामा चढिरहयौं हामी।

प्रकाशित: १० माघ २०७८ ०६:४५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App