५ आश्विन २०८१ शनिबार
image/svg+xml

अस्पतालमा कोरोनाबाहेकका बिरामी बढे

एक सातायता वीर अस्पतालमा अन्य बिरामी भर्ना हुने क्रम बढेको हो। अस्पतालमा विभिन्न खाले बिरामी बढ्न थालेपछि कोभिड अस्पतालको सेवा दिइरहेको राष्ट्रिय ट्रमा सेन्टरलाई हटाएर पुरानै सेवा सञ्चालनमा ल्याइएको छ।

धादिङ अस्पतालमा अक्सिजन प्लान्ट संचालन

धादिङ अस्पतालले आफ्नै अक्सिजन प्लान्ट संचालनमा ल्याएको हो। प्लान्ट संचालन गरेसँगै बिरामीको बेडमै पाइपलाइनबाट अक्सिजन पुर्‍याइएको छ। प्लान्टले प्रतिमिनेट ८५–९० लिटरसम्म अक्सिजन उत्पादन गर्ने मेडिकल सुपरिटेन्डेन्ट त्रिभुवनचन्द्र झाले बताए।

बाँकेका अस्पतालमा ८० प्रतिशत शय्या खाली

कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये बाँके जिल्लाका १३ जनामात्रै रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए।

अस्पतालमा सङ्क्रमितको चाप घट्दै

कोरोना सङ्क्रमितको उपचारमा सक्रिय यहाँस्थित महाकाली प्रादेशिक अस्पतालमा सङ्क्रमितको सङ्ख्या धेरैले घट्दै गइरहेको अस्पतालले जनाएको छ।

बाँकेका अस्पतालमा ह्वात्तै घट्यो मृत्युदर

कोरोना सङ्क्रमित बिरामीको उपचार हुँदै आएको बाँकेका अस्पतालमा मृत्युदर ह्वात्तै घटेको छ। दैनिक १५ देखि १७ जनाको मृत्यु हुने गरेकामा अहिले ह्वात्तै घटेको छ।

अस्पतालमा तोडफोड र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेलाई कारबाही हुन्छः गृहमन्त्रालय

गृहमन्त्रालयले स्वास्थ्य संस्थामा तोडफोड गर्ने र स्वास्थ्यकर्मीलाई कुटपिट तथा आक्रमण गर्नेलाई कानुनी कारबाही हुने जनाएको छ।

भेरी अस्पतालमा चिकित्सकहरुको आन्दोलन (फेटोफिचर)

चिकित्सक र नर्समाथि आक्रमण भएको १२ घण्टा बितिसक्दा पनि दोषीलाई कारबाहीको दायरामा नल्याएको भन्दै स्वास्थ्यकर्मीहरु शुक्रबार बिहानैदेखि प्रदर्शनमा उत्रिएका हुन्।

उपत्यकाका अस्पतालमा उपचारको नयाँ व्यवस्था

यी अस्पतालले अब संक्रमितलाई अवस्था हेरी घर पठाउने, भर्ना गर्ने या आइसियुमा राख्ने निर्णय लिनेछन्। नयाँ व्यवस्थाअनुसार संक्रमित पुग्नुपर्नेछ। यसअघि संक्रमित घरैमा बस्ने र अक्सिजन घटेपछि मात्र अस्पताल जाने प्रक्रिया थियो।

अक्सिजन र बेड अभावमा मृत्युदर बढ्यो

रुपन्देहीमा कोरोना संक्रमण र मृत्युदर ह्वात्तै बढेको छ । अस्पतालहरुमा अक्सिजन र शैयाको अभावमा संक्रमितको मृत्युदर बढेको हो । पछिल्लो दश दिनमा यहाँका कोभिड अस्पतालहरुमा उपचारत एक सय जना संक्रमितको मृत्यु भएको छ ।

अस्पतालमा अक्सिजन अभाव : चिकित्सक भन्न थाले अब भगवान भरोसा !

नेपालमा नयाँ भेरियन्टसहितको कोरोना भाइरसको संक्रमणले दिनानुदिन उग्ररुप लिँदै छ। महामारी तीव्र भएसँगै अस्पतालहरुमा अक्सिजनको अभाव पनि उत्तिकै देखिएको छ। कोरोना संक्रमण महामारीको बेला अन्य अस्पतालहरुजस्तै काठमाडौंको वीर अस्पतालमा पनि अक्सिजनको चरम अभाव भएको अस्पतालका कर्मचारी बताउँछन्।

भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

सिसीएमसीको लापरवाहीका कारण थप समस्या परेको हो। भक्तपुर अस्पताललाई प्रदेशस्तरीय अस्पताल भन्दै सिसीएमसीले अक्सिजन वितरणको सिफारिसमा दुई दिनदेखि नाम हटाइदिएपछि भक्तपुर अस्पतालले अक्सिजन पाउन नसक्दा दुर्घटनाको अवस्थामा पुगेको अस्पताल प्रशासनको भनाइ छ।

रोल्पा अस्पतालमा अक्सिजन अभाव: संक्रमितलाई हेलिकप्टरमार्फत काठमाडौं लगियो

अस्पतालमा अक्सिजनको चरम अभाव रहेको छ। ‘भर्ना भएका ८ जना निरन्तर अक्सिजनमा छन्। अरु थप संक्रमित भएमा अक्सिजन दिन सक्ने अवस्था छैन।’ उनले भने।

ठूला सहरबाट बिरामी आउँदा पोखराका अस्पतालमा चाप

राजधानी काठमाडौं सहित वुटबल, भैरहवा, दाङ, नेपालगञ्जका अस्पतालमा कोरोना बिरामीका लागि शैया र अक्सिजन तथा भेन्टिलेटर अभाव छ । अस्पतालमा उपकरण र अक्सिजन अभाव भएका ती ठाउँका बिरामी अहिले उपचार खोज्दै धमाधम पोखरा आउन थालेपछि यहाँका अस्पतालमा चाप बढ्दो छ ।

अस्पतालमा बेड छैन पालो कुर्दै जान्छ ज्यान

अस्पतालको बेड नपाएर घरमा बसेका धेरै संक्रमितको मृत्यु भइसकेको छ। कोरोना संक्रमितले अहिले अस्पतालको वार्डमा कसैको मृत्यु वा निको भएर घर फर्केपछि मात्र भर्नाका लागि पालो पाउने गरेका छन्।

भेरी अस्पतालमा जनशक्ति अभाव: कर्णाली स्वास्थ्य विज्ञानबाट चिकित्सकसहितको टोली जाँदै

नेपालगञ्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट चिकित्सकसहितको टोली सहयोगका लागि आज नेपालगञ्ज जाने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्