२३ आश्विन २०८१ बुधबार
image/svg+xml

असली प्रमिथस को?

दोस्रो विश्वयुद्धताका हिटलरले अणुबम बनाइसक्न लाग्यो भन्ने आशंकाका साथ अमेरिकाले ‘प्रोजेक्ट मेनह्याटन’ नाम दिएर अणुबम बनाउने कार्य शुरु गरेको थियो। त्यसको अगुवाई जे रोबर्ट ओपेनहाइमरले गरेका थिए।

एकै थलोमा अग्रज र अनुज कलाकार

पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा व्यंग्य चित्रकार दुर्गा बराल ‘वात्स्यायन’ क्यानभासमा चित्र कोर्दै गरेको भेटिए। उनीसँगै अन्य कलाकार पनि त्यहीं थिए।

कलाकारलाई कसरी हौस्याउने?

स्कटल्यान्डको निकै प्रख्यात नाटक महोत्सव एडिनबर्ग फ्रिन्ज फेस्टिबलमा जर्जी गिएरले गत साता एकल प्रस्तुत दिनु थियो। विश्वविख्यात महोत्सव भए पनि गिएरको ‘सनसेट’ नामक एकल प्रदर्शनीयुक्त नाटकमा एकजना मात्र दर्शक आए।

जीवन चक्र

उनी धन्दा सकाएर आइन्। बत्ती निभाइन्। छोराको सानो स्वर सुनियो, ‘बाबा, ममीलाई कहिल्यै नरुवाउनुस्, हस्!’

दुई किनारा

पानी मरेको कसैले सुनेको छ? खोला मरेको कसैले सुनेको छ? कसैले देखेको छ खोला बग्न छोडेको,तिमी त्यसरी नै बगिरहनु,मायाको संगम भएर प्रेमको जस्केलोमा अब हामी एक भएनौ र?

सुन्दर-शान्त वसन्तपुर

जीवित देवी कुमारीको घर भएको स्थान, तलेजु भवानी तथा कालभैरव लगायतका मन्दिर वसन्तपुर क्षेत्रमा पर्छन्। आकर्षक कलाकृति कुँदिएका मठमन्दिर र प्रख्यात धार्मिक आस्थाका देवीदेवता भएको यस स्थानलाई खुला संग्रहालयका रूपमा लिने गरिन्छ।

निःसन्तान आमाको मनोदर्द

कति महिलाबाट सन्तान भएनन्, कतिले सौता खेप्नुपर्‍यो। सन्तान जन्माउने आशामा एउटै घरमा तीनवटीसम्म श्रीमती भित्र्याइएको यथार्थ हाम्रैसामु पारदर्शी नै छ तर सन्तान भएन भनेर एउटी महिला कुनै पुरुषसँग गएको कथा पाइन्न ।

विद्रोहले दिएको ऐँठन

विद्रोहीले गरेको अत्याचारका घटनालाई देखाउँदा लाग्छ– दोस्रो विश्वयुद्धका बेला नाजीहरूले यसरी नै यहुदीलाई अत्याचार गरेर थिलो थिलो पारेका होलान्।

विद्वान् राजाको विद्वता

भालेले रिसाएर पोथीलाई भन्दै थियो–‘म त्यो राजाजस्तो बेबकुफ हुँ र, स्वास्नीले जे भन्यो त्यही मान्ने? हेर, कस्तो मूर्ख बनेको त्यो राजा? रानीको कुरा मानेर आफ्नो ज्यान फाल्न आएको। लौ जा, तँलाई त म लात्ती लात्तीले हानेर ठिक पार्छु।’ यसो भन्दै भालेले पोथीलाई लात्तीले हिर्काउन थाल्यो।

इन्टरनेटमा महिला-पहुँच

आफूलाई अभिव्यक्त गर्न, सूचनामा पहुँच स्थापित गर्न र विभिन्न क्षेत्रमा सहभागी हुने अपार अवसर प्राप्त गर्न महिलालाई इन्टरनेट महत्त्वपूर्ण माध्यम बन्न सक्छ। साथै इन्टरनेटको उचित प्रयोग नहुँदा अनौठा चुनौती र जोखिमहरू पनि देखा पर्न सक्छन्।

कति गौण नेपाली भाषा

घरमा सबै बसिरहेको ठाउँमा विचारी बाले मलाई गोडामा टाउको राखेर ढोग्ने गर्नुहुन्थ्यो। ओहो! कत्रो आदर्श। त्यत्रो गाउँको गन्यमान्य मान्छेले मजस्तो बच्चालाई गोडैमा टाउको राखेर ढोग्नुभयो भने मैले पनि ढोग्नुपर्छ भन्ने विचार मेरो मस्तिष्कमा स्वतःस्फूर्त आयो। यो सबै हामीलाई हाम्रो भाषा–संस्कृतिले सिकाएको हो।

राजनीतिकर्मी कैलाश कोइरालाको ‘राजव्यूह’ उपन्यास

चितवनको कांग्रेसी राजनीतिमा सक्रिय युवा हुन् कैलाश कोइराला। राजनीतिबाट उनी एक्कासि साहित्यमा हामफाल्छन्। उनी साहित्यमा आएलगत्तै उनको ‘राजव्यूह’ उपन्यास २०८० मा छापिएर बजारमा आएको छ।

सापसबाट १३ साधक सम्मानित हुँदै

साहित्यिक पत्रकार संघको स्वर्ण महोत्सवको अवसरमा तेह्र विशिष्ट साधकलाई सापस स्वर्ण महोत्सव सम्मानले अभिनन्दन गरिने भएको छ।

जेबी टुहुरे स्मृति पुस्कार कवि पौडेललाई

साहित्यकार अनिल पौडेललाई जेबी टुहुरे फाउन्डेसनद्वारा ‘जेबी टुहुरे स्मृति स्रष्टा, सम्मान–२०८०’ले पुरस्कार प्रदान गर्ने गर्ने भएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्