मेरी ठुली हजुरआमाका कुनै सन्तान थिएनन्। सन्तान नभएकै कारण उनले आफ्नो देवरको छोरो ल्याएर पालिन्। काजक्रिया गर्ने र सबै सम्पत्ति उसैले पाउनेगरी उनले देवरका छोरालाई सबै सुम्पिइन् तर पनि उनलाई आफन्तहरूले अपुताली, सन्तान नभएको भन्दै ताना मार्न भने छोडेनन्। उनले हरेक प्रकारका सामाजिक हिंसा सहनुपर्यो। महिला भएकै कारण उनले सबै सहेरबसिन्जस्तो लाग्छ।
उनी सबैबाट तिरस्कृत हुन्थिन्। आफ्नो भनेर पालेकाहरूबाट नै अपहेलित हुन्थिन्। देवरकै छोरो पालेकाले आफ्ना भनाउँदाहरू टाढिन खोज्थे।
उनी माइतीका दाजुभाइबाट पनि ठाढा भइन्। माइतीको तानाबाना सुन्दा सुन्दा वाक्क भइन्।
उनलाई शुभ साइतका काम हुँदा टाढै राखिन्थ्यो। देवरको छोरालाई आफ्नो सम्झेर सबै सुम्पिँदा पनि उनले शान्ति पाएकी थिइनन्। बाल्यकालमा मैले अवलोकन गरेको दृश्य थियो यो।
मेरी ठुली आमाको पनि यस्तै यस्तै हालत थियो। सन्तान नभएका कारण धेरै अपहेलना सहनुपर्यो। उनले त श्रीमान्लाई दोस्रो विवाह गर्नसम्म सल्लाह दिएकी थिइन्, कारण जेसुकै होस्। सामाजिक र मानसिक यातना त छँदै छ, उनी डिप्रेसनबाट पनि गुज्रिनुपर्यो।
मेरी ठुली हजुरआमाका कुनै सन्तान थिएनन्। सन्तान नभएकै कारण उनले आफ्नो देवरको छोरो ल्याएर पालिन्। काजक्रिया गर्ने र सबै सम्पत्ति उसैले पाउनेगरी उनले देवरका छोरालाई सबै सुम्पिइन् तर पनि उनलाई आफन्तहरूले अपुताली, सन्तान नभएको भन्दै ताना मार्न भने छोडेनन्।
मान्छेको जीवनमा आफ्ना आफ्ना कथाव्यथा हुन्छन्। मान्छे सबै कुराबाट खुसी कहाँ हुन्छन् र? तर पनि हामी बाँच्नेका आधारहरू खोज्दै जान्छौं। कसरी हुन्छ हामी आफूलाई पूर्ण बनाउने प्रयास गर्छाैं तर कतै न कतै असन्तुष्टिले छोपिहाल्छ।
सन्तान नहुनेका पीडा अलगै छन्। कति जना भन्नुहुन्छ-विवाह गरेको १० वर्ष भइसक्यो, आजसम्म सन्तान भएको छैन, कति गरें गर्भ नै बस्दैन। पूजापाठ, भाकल पनि गरें। कति डाक्टर देखाएँ, भएन। घरपरिवार र आफन्तहरूको ताना सुन्दासुन्दै दिक्क लाग्छ। मनमा लाग्छ-मेरो पनि सन्तान भइदिए कति आनन्द हुन्थ्यो। कसैको वचन सुन्न पर्दैनथ्यो। एउटा सन्तान भइदिएको भए बाँझी भन्दै गरिने अपहेलना सहनु पर्दैनथ्यो।
आज परिस्थिति बदलिएको छ। वर्षाैंदेखि सन्तान नभएकाहरू टेस्ट्युबमार्फत सन्तान पाउन थालेका छन्। ‘यो खुसीको कुरा हो। कसैको घोचपेच पनि सुन्न नपर्ने। कसैको ‘कठै!’ भन्ने शब्द पनि सुन्न नपर्ने,’ एक शर्मा थरकी दिदीले बताइन्।
बाँझी शब्द सुन्दासुन्दै दिक्क भएकी थिएँ। कृत्रिम गर्भधारणमार्फत मैले आमा बन्ने सौभाग्य पाएँ। आज मेरो जीवनबाट बाँझी शब्द हटेको छ।
उनीजस्तै एक जना आन्टीले पनि टेस्ट्युबमार्फत सन्तान प्राप्त गरिन्। विवाह गरेको १६ वर्षपछि उनले सन्तानसुख पाएकी थिइन्। यसरी भेट्दै जाँदा थुप्रै आफन्त साथीभाइहरूले टेस्ट्युब बेबीमार्फत आमाबाबा बन्ने सौभाग्य पाएको देखियो। यस्ता अभिभावकहरूमा हर्षको कुनै सीमा थिएन।
आज परिस्थिति बदलिएको छ। वर्षाैंदेखि सन्तान नभएकाहरू टेस्ट्युबमार्फत सन्तान पाउन थालेका छन्। ‘यो खुसीको कुरा हो। कसैको घोचपेच पनि सुन्न नपर्ने। कसैको ‘कठै!’ भन्ने शब्द पनि सुन्न नपर्ने,’ एक शर्मा थरकी दिदीले बताइन्।
विश्वमा नै अहिले कृत्रिम गर्भाधान अर्थात् टेस्ट्युब प्रविधिमार्फत सन्तान पाउनेको संख्या बढिरहेको छ भने नेपालमा पनि यो प्रविधिबाट नेपालमा पनि सन्तान पाउनेको संख्या बढ्दो छ। यो प्रविधिको पहिलो प्रयोग सन् १९७८ मा लन्डनमा भएको थियो। आज संसारभरका निःसन्तान दम्पतीले यसको लाभ उठाएका छन्।
बाँझोपन कैयौं दम्पतीका लागि संकट हो। जसका कारण हजाराैं मानिसले मानसिक तनाव झेल्नुपरेको हुन्छ। मानसिक तनाव हीनताबोध र अपूर्णता महसुस भएसँगै उत्पन्न हुने गर्छ। तर आज यो अवस्थामा कमी आएको छ। कसले के भन्छ, कसले के गर्छ भन्दै कसैसँग डर र भयभीत भएर बस्नुुभन्दा आफूलाई खुला राख्नु अति आवश्यक छ।
‘ओहो! सन्तान नै भएन हगि!’ बाँझी शब्द सुनेर वाक्क भएकाहरू पनि आज कृत्रिम गर्भाधानबाट सन्तुष्टि भएका देखिए।
सन्तान नभएर डिप्रेसनमा गएका धेरै दम्पती आज यो टेस्ट्युब बेबीमार्फत खुसी र सुखी भएका छन्। निःसन्तान दम्पतीलाई जीवन खेप्न धेरै गाह्रो हुन्छ। यस्ता निःसन्तान दम्पतीका लागि हरेक सुविधा दिँदै आधुनिक प्रविधिबाट धेरैले ढिलै भए पनि चिकित्सकहरूको परामर्श लिई अभिभावक बन्ने सौभाग्य प्राप्त गरेका छन्। निराश भएर आएकाहरू पनि खुसी भएको देख्दा मन चङ्गा हुन्छ।
बाँझोपन कैयौं दम्पतीका लागि संकट हो। जसका कारण हजाराैं मानिसले मानसिक तनाव झेल्नुपरेको हुन्छ।
कुनै समय एउटा सन्तान नभएको पीडा कतिले सहे, कति महिलाले यातना भोगे, कतिले शरीरभरि निलडाम डामे, बोक्सी भने। हाम्रा दिदी, काकी, भाउजू, छोरीले हरेक प्रकारका सामाजिक, धार्मिक यातना भोगे।
आमा बन्न पाउनु हरेक महिलाको सौभाग्य हो। कुनै पनि विवाहित नारी आमा नबन्ने बेलासम्म आधा महसुस गर्छिन्। महिलाका लागि आमाको भूमिका महत्वपूर्ण छ।
महिलाले शृंखलाबद्ध रूपमा यातना पाएका छन्। सन्तान भएन भने यसको प्रश्न पुरुषलाई कमैले सोध्छन् तर महिलालाई हरेक समय यही प्रश्न सोधिरहेका हुन्छन्। बच्चा नपाउनुको स्पष्टीकरण पाइलैपिच्छे दिइरहनुपर्छ।
यो समाजमा नारीप्रति गरिने व्यवहार र भिन्नता पुरानै कथा महसुस हुन्छन्। समाजकै अगाडि विवाह गरेर समाजकै अगाडि पेट बोक्नुपर्छ। कुनै पनि पुरुषलाई सन्तान भएन भने कुनै नाम राखिँदैन तर महिलालाई बाँझी भन्ने शब्दले निकै रुवाउँछ र अपुतालीको नाम दिएर धेरैको मन दुखाइन्छ।
कति महिलाबाट सन्तान भएनन्, कतिले सौता खेप्नुपर् यो। सन्तान जन्माउने आशामा एउटै घरमा तीनवटीसम्म श्रीमती भित्र्याइएको यथार्थ हाम्रैसामु पारदर्शी नै छ तर सन्तान भएन भनेर एउटी महिला कुनै पुरुषसँग गएको कथा पाइन्न।
महिलाले शृंखलाबद्ध रूपमा यातना पाएका छन्। सन्तान भएन भने यसको प्रश्न पुरुषलाई कमैले सोध्छन् तर महिलालाई हरेक समय यही प्रश्न सोधिरहेका हुन्छन्। बच्चा नपाउनुको स्पष्टीकरण पाइलैपिच्छे दिइरहनुपर्छ।
दुई घण्टाको सिनेमा हेर्छौं, आमा नभएकी महिलाको कथा हेर्छौं, कथाभित्र महिलाको चेतना गुमेका दृश्य देख्छौं, पीडा देख्छाैं, त्याग देख्छौं। भित्री मन जलेको देखिन्छ, सामाजिक तनाव पनि देखिन्छ। अर्काको सन्तानलाई सजिलै उठाएर ल्याएको पनि देखाइन्छ तर वास्तविक जीवनमा यो भन्दा पनि दयनीय अवस्था छ।
जे भए पनि आज कृत्रिम गर्भाधान अर्थात् टेस्ट्युब बेबीबाट धेरै दम्पतीले अभिभावक बन्ने सौभाग्य पाएका छन्। यस्तो मौका पाएका दम्पती दंग भएका छन्। उनीहरूको खुसी देख्दा रमाइलो लाग्छ। रित्तो हात आएका उनीहरू फर्कंदा सन्तान लिएर फर्कन्छन्। यतिबेला निःसन्तान आमालाई लाग्छ–अब मलाई कसैले बाँझी भन्दैन।
प्रकाशित: २० श्रावण २०८० ०३:०५ शनिबार