एकादेशमा बुद्धिमान राजाले राज्य गर्थे। उनी धेरै विषयमा पारङ्गत थिए। उनको राज्यमा जनता सुखी थिए। जनतालाई कुनै किसिमको दुःख थिएन। एक किसिमले त्यो राज्य राम राज्य नै थियो। सबै जनता सुखपूर्वक हाँसीखुसी आआफ्ना काम गरेर जीवन व्यतीत गर्थे।
राजा ज्यादै असल थिए, जनताका सुखदुःखमा निकै ध्यान पुर्याउँथे। त्यस देशमा चोरी, डकैती, लुटपाट, व्यभिचारजस्ता कुनै पनि नराम्रा काम हुँदैनथे। त्यहाँका जनता सबैले आआफ्ना खेतीपाती, व्यापार, उद्योगधन्दा लगायत आफूले जानेका काम गरेर सुखपूर्वक बाँच्न पाउने अवसर पाएका थिए। कसैले कसैको चोरी गरेर, ढाँटेर, छलेर खानुपर्ने अवस्था थिएन किनभने त्यो देशमा कोही पनि बेरोजगार थिएनन्। त्यस देशका सम्पूर्ण कर्मचारीहरू पनि कसैमाथि अन्याय अत्याचार गर्ने भन्ने अवस्थै थिएन।
कुनै पनि जनतालाई केही पर्यो कि राजा कहाँ गएर आफ्ना समस्या भन्न पाउँथे। राजाले पनि कसलाई जे समस्या पर्यो, त्यसको तत्कालै समाधान गरिदिन्थे। जग्गा नहुनेलाई जग्गा दिएर हुन्छ कि पैसा नभएकालाई पैसा दिएर हुन्छ, राजाले जनताको सेवा हरतरहले गर्दैआएका थिए। जनताले पनि राजाको जयजयकार गर्दै सुखपूर्वक जीवनयापन गरिरहेका थिए।
त्यो राजाको एउटा विलक्षण प्रतिभा थियो। आफ्नो देशमा कहाँ के भइरहेको छ भन्ने कुरा राजाले स्वतः पत्ता लगाउँथे। राजालाई कसैले केही भन्नै पर्दैनथ्यो। यसो हुनाले पनि त्यस देशको शासन व्यवस्था निकै राम्रो थियो।
एकदिन राजाले भोजन गरिरहेका बेला अकस्मात राजालाई हाँसो उठ्यो र भोजन गर्दागर्दै हाँसे। राजा यसरी हाँसेको देखेर रानीले सोधिन्– ‘हजुर किन यसरी एक्कासी हाँस्नुभएको?’ राजाले पनि केही होइन, त्यसै हाँसेको भनेर टार्न खोजे तर रानी मान्दै मानिनन्। तब राजाले समय आएपछि बताउँला भने।
एकादेशमा बुद्धिमान राजाले राज्य गर्थे। उनी धेरै विषयमा पारङ्गत थिए। उनको राज्यमा जनता सुखी थिए। जनतालाई कुनै किसिमको दुःख थिएन। एक किसिमले त्यो राज्य राम राज्य नै थियो। सबै जनता सुखपूर्वक हाँसीखुसी आआफ्ना काम गरेर जीवन व्यतीत गर्थे।
वास्तवमा के भएको रहेछ भने राजाले भोजन गरिरहेका बेला राजाको थाल वरिपरि कमिलाहरू आएर कुरा गरेको सुनेर राजा हाँसेका रहेछन्। राजाले पशुवाक्य बुझ्ने विद्या जानेका रहेछन्। ती कमिलाहरू खानेकुरालाई लिएर एक आपसमा झगडा गरेको सुनेर राजा हाँसेका रहेछन् तर यो कुरा राजाले कसैलाई थाहा दिन नहुने रहेछ।
त्यस्तै वाचाबन्धन गरेर पशुवाक्य बुझ्ने विद्या राजाले प्राप्त गरेका रहेछन् तर रानीलाई त के मतलब। त्यस्ता कुरा राजा हाँसेको कारण पत्ता लगाई छाड्ने उद्देश्यले राजालाई सोधेको सोध्यै गर्न थालिन्।
एकदिन होइन, दुईदिन होइन, सधैं त्यही कुरा लिएर रानीले कचकच गर्न थालिन्। राजाले पनि कैयौं पटक त्यस्तो कुरा मलाई नसोध, त्यो कुराले तिमीलाई पनि र मलाई पनि राम्रो गर्दैन। त्यो कुराको रहस्य मैले कसैलाई बताउन मिल्दैन। मेरो गाथगद्दीमाथि नै खतरा छ, मेरो ज्यानै जान सक्छ भनी सम्झाउँदा पनि रानीले नमानी ज्यादै हठ गर्न थालेपछि राजाले पनि हार खाएर भने– ‘लौ हुन्छ त। मैले त्यो कुराको रहस्य खोल्ने छु तर यहाँ दरबारमा होइन किनभने त्यो रहस्यमय कुरा मैले तिमीलाई खोलाको पानीमा आधा शरीर दुबाएर भन्नुपर्ने हुन्छ। जब मैले त्यस कुराको रहस्य खोल्ने छु, तत्कालै मेरो मृत्यु त्यही खोलामा नै हुनेछ।
अतः अझै समय छ। तिमी जिद्दी नगर रानी।’ यति भनेर सम्झाउँदा पनि रानीले नमानेपछि स्त्रीहठका सामु केही नलागेपछि राजाले भोलि बिहानै सिकार खेल्न जान तयार हुन सेनालाई आदेश दिए।
भोलिपल्ट बिहान सबेरै राजारानी सिकार खेल्ने बहानामा एक टुकडी सेना लिई जंगलको बाटो लागे। जाँदाजाँदै साँझ परेपछि जंगलको नजिक गाउँमा बास बसे। राजाले बास बसेको ठाउँमा गाउँका एकजोडी कुखुराका भाले र पोथी झगडा गरिरहेको सुने। भालेले रिसाएर पोथीलाई भन्दै थियो–‘म त्यो राजाजस्तो बेबकुफ हुँ र, स्वास्नीले जे भन्यो त्यही मान्ने? हेर, कस्तो मूर्ख बनेको त्यो राजा। रानीको कुरा मानेर आफ्नो ज्यान फाल्न आएको? लौ जा, तँलाई त म लात्ती लात्तीले हानेर ठिक पार्छु।’
यसो भन्दै भालेले पोथीलाई लात्तीले हिर्काउन थाल्यो। अन्त्यमा पोथीले भालेसँग माफी मागी र भालेको पछि लागेर गई।
एकदिन होइन, दुईदिन होइन, सधैं त्यही कुरा लिएर रानीले कचकच गर्न थालिन्। राजाले पनि कैयौं पटक त्यस्तो कुरा मलाई नसोध, त्यो कुराले तिमीलाई पनि र मलाई पनि राम्रो गर्दैन। त्यो कुराको रहस्य मैले कसैलाई बताउन मिल्दैन।
राजा झसङ्ग भए। ‘हो त नि, म यो रानीको लहैलहैमा लागेर यसको हठ पूरा गर्न म आफ्नो ज्यानै दिन तयार भएर किन यहाँ आएको हुँला? जाबो कुखुराको भालेले आफ्नो पोथीलाई तह लगाएर लग्यो भने म त मानिस हुँ। त्यसमाथि राजा पनि।’ यति विचार आउनेबित्तिकै राजाले रानीलाई आफ्नो नजिक बोलाएर भने, ‘ए रानी ! हामी यहाँ किन आएको?’ रानीले भनिन्– ‘हजुरको रहस्य थाहा पाउन।’ राजाले भने–‘मेरो मृत्यु हुने रहस्य पनि थाहा पाउने?’ रानीले पनि ‘हो’ भनिन्।
रानीले यति मात्र के भनेकी थिइन्, राजाले रानीलाई लात्ती हिर्काउन थाले। अझै सोध्ने मेरो रहस्य? लौ भन् भन्दै लात्तीले हिर्काइ नै रहे। तब रानीले पनि रुँदै माफी मागिन्। आइन्दा हजुरसँग यस्तो हठ गर्दिनँ, यस्तो कुरा सोध्दिनँ भनेर रानीले राजाको खुट्टा समाइन्। तब राजारानी भोलिपल्टै दरबार फर्किए।
प्रकाशित: २० श्रावण २०८० ०२:२९ शनिबार