१३ आश्विन २०८१ आइतबार
image/svg+xml

वाग्मतीमा बानियाँ, केसी र प्रधानको उम्मेदवारी

सभापतिका तीनवटै उम्मेदवारले प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्। बानियाँको समूहबाट उपसभापतिमा मदनकृष्ण श्रेष्ठ र धर्मराज गौतम, महामन्त्रीमा राजु श्रेष्ठ र तिलक रुवाली, सहमहामन्त्रीमा हरिशरण श्रेष्ठ, महेन्द्र थिङ र निरु खड्काले उम्मेदवारी दिएका छन्।

कांग्रेसको महाधिवेशन प्रचार ब्यानर सार्वजनिक

नेपाली कांग्रेसले बिहीबार सातमध्ये ६ प्रदेशमा प्रदेश अधिवेशन उद्घाटनका क्रममा पार्टीको १४औँ महाधिवेशनको प्रचार ब्यानर सार्वजनिक गरेको छ।

एकसट्ठी जिल्लामा कांग्रेसको अधिवेशन सम्पन्न, बिहीबारदेखि प्रदेश अधिवेशन

कांग्रेसको १४औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ।

कांग्रेस चितवनको अधिवेशन अन्योलमा

नेपाली कांग्रेस चितवनका निर्वाचन अधिकृत कमलमोहन पोख्रेलले राजीनामा दिएसँगै अधिवेशन अन्योलमा परेको हो।

कांग्रेस महाधिवेशनः दुवै गुटभित्र साझा उम्मेदवार बनाउन दबाब

कांग्रेसको विधानअनुसार सभापतिमा विजयी हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी ल्याउनुपर्छ, नभए बढी मत ल्याउने दुईजनाबीच दोस्रो चरणको मतदान हुन्छ। दोस्रो चरणको निर्वाचन हुने अवस्था आउन नदिन दुवै पक्षकाले आफ्नो समूहबाट एकमात्र उम्मेदवार बनाउन शीर्ष नेता र आकांक्षीलाई सुझाइरहेका छन्।

फेरि सर्‍यो कांग्रेस महाधिवेशन कार्यतालिका

संशोधित तालिका अनुसार मंसिर १६ गते सातै प्रदेशको अधिवेशनको उद्घाटन गर्ने नेताहरूबीच समझदारी बनेको छ। १७ गते प्रदेश सभापतिसहित पदाधिकारी र कार्यसमितिको मनोनयन दर्ता गर्ने र १८ गते निर्वाचन गर्नेगरी कार्यतालिका परिवर्तन गरिएको छ। यसअघि कांग्रेसले मंसिर १६ र १७ गतेका लागि प्रदेश अधिवेशनको मिति तय गरेको थियो।

कांग्रेस सहमहामन्त्रीमा युवाको आकर्षण

यसअघि एक मात्र सहमहामन्त्री पद रहेको कांग्रेसमा नयाँ व्यवस्थाअनुसार अब आठजना सहमहामन्त्री हुनेछन्। यो पदमा संस्थापन र इतर पक्षबाट गरी दुई दर्जन आकांक्षी देखिएका छन्।

कांग्रेसको निर्वाचन समिति संयोजकमा यादवको राजीनामा, घिमिरे मनोनित

कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि २६ गतेसम्म काठमाडौँमा हुँदैछ।

जिल्लापछि नेताहरूको ध्यान प्रदेश नेतृत्वमाः प्रदेश सभापतिमा को–को छन् आकांक्षी?

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रतिनिधिसभा क्षेत्रका अधिवेशन सकिएसँगै शीर्ष नेताहरूको ध्यान प्रदेश अधिवेशनतर्फ केन्द्रत हुन पुगेको छ। दुई तिहाइ जिल्लाका अधिवेशन प्रक्रिया सुरु भएसँगै कांग्रेसको संस्थापन र इतर समूह प्रदेशको परिणाम आफ्नो पक्षमा पार्न सक्रिय भएका हुन्।

दाङमा कांग्रेसको नेतृत्वका लागि चारजनाबीच प्रतिस्पर्धा

सभापतिका लागि संस्थापन ईतरका वर्तमान सचिव शंकर डाँगी, संस्थापन पक्षीय निवर्तमान सचिव कमलकिशोर घिमिरे, गत प्रदेशसभा उम्मेदवार जानकीलाल बस्नेत र निवर्तमान क्षेत्रीय सभापति भुपबहादुर डाँगीबीच प्रतिस्पर्धा भएको हो।

कांग्रेसको क्षेत्रीय कार्यसमितिमा महिला नेतृत्व

कांग्रेसको १४औँ महाधिवेशन अन्तर्गत जिल्ला कार्यसमिति सभापतिका उम्मेदवार सुरेन्द्रकुमार दाहाल पक्षबाट श्रेष्ठले क्षेत्रीय कार्यसमितिको नेतृत्वमा उम्मेदवारी दिएका थिए। क्षेत्रीय कार्यसमितिमा श्रेष्ठको पक्षकै अधिकांश उम्मेदवार विजयी भएका छन्।

बाँकेका ६ वटा प्रदेश सभा क्षेत्रमा आज उम्मेदवारी मनोनयन

बिहान १० बजेदेखि निर्वाचन कार्यक्रम सुरु गर्ने तालिका बने पनि कोहलपुर र राप्ती सोनारीको मत गणना समयमा नसकिएको र परिणाम आउन ढिला भएकाले यस कार्यक्रमलाई केही असर पर्ने जिल्ला निर्वाचन अधिकृत एवम् वरिष्ठ अधिवक्ता रेवतीरमण भट्टराईले बताए।

बाँकेका आठ मध्ये पाँच पालिकामा कांग्रेसको संस्थापन पक्षको जित

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत बाँकेका ५ वटा पालिकामा संस्थापन(देउवा) पक्ष र ३ वटामा संस्थापन इतर( कोइराला/पौडेल) पक्षले जितेको छ।

१८ बर्षीया रक्षा प्रदेश प्रतिनिधिमा निर्वाचित

नोपली कांग्रेसको १४ औं महाअधिवेशन अन्तर्गत प्रदेश क्षेत्रको अधिवेशनमा मोरङको निर्वाचन क्षेत्र ६ (ख) बाट प्रदेश प्रतिनिधिमा विराटनगर १२ की १८ वर्षिया रक्षा यादव निर्वाचित भएकी छिन्।

कैलालीमा आजदेखि वडा अधिवेशन सुरु

वडा अधिवेशनको अन्तिम नामावली कात्तिक २८ गतेभित्रै सार्वजनिक गर्दै ३० गते पालिका अधिवेशन गर्ने तालिका रहेको सभापति शाहको भनाइ छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्